भारत ७८ औँ स्वतन्त्रता दिवस मनाउँदै, लालकिल्लाबाट मोदीको सम्बोधन

काठमाडौँ । भारतले ७८ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक १५ अगस्तमा भारतले स्वतन्त्रता दिवस मनाउने गर्छ ।

सो अवसरमा नरेन्द्र मोदीले लाल किल्लाबाट तिरङ्गा फहराएका छन् । उनले सो क्रममा आज हामीलाई सास लिने सौभाग्य मिलेको बताएका छन् ।

लालकिलामा भव्य कार्यक्रम भइरहेको छ । भारतभर र विदेशस्थित भारतीय दूतावासहरुले पनि स्वतन्त्रता दिवस मनाइरहेका छन् ।

मोदीले सम्बोधनका क्रममा देशका महापुरुषहरुप्रति ऋणी रहेकोसमेत बताएका छन् । ११ औँ पटक तिरङ्गा फहराएका मोदीले आज सरकारले खुद जनताका जरुरत पूरा गरिरहेको बताएका छन् ।

यसअघि बिहान मोदीले राजघाटमा पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली दिएका थिए ।

यसपटकको स्वतन्त्रता दिवसको थिम ‘विकसित भारत’ रहेको छ । स्वतन्त्रताको सय वर्ष पूरा भएको उपलक्ष्यमा सन् २०४७ सम्म भारतलाई एक विकसित राष्ट्र बनाउने लक्ष्य राखिएको छ ।

मोदीले देशमा भइरहने पटक पटकका चुनावले प्रगतिको बाटोलाई रोकिरहेको भन्दै एक देश एक चुनावको नीति अपनाउनु पर्ने बताएका छन् ।

उनले परिवारवाद, जातिवादले भारतमा लोकतन्त्रलाई ठूलो नोक्सानी गरेको भन्दै अब सामन्ने मेरो भारत देखिएको उल्लेख गरे ।