ताइवानको तटीय क्षेत्रमा चिनियाँ सेनाको घेराबन्दी
काठमाडौं । चीनले ताइवानको तटीय क्षेत्रलाई चारैतिरबाट घेरेर सैन्य अभ्यास गरिरहेको छ । चिनियाँ लिबरेसन आर्मी-पीएलएको इस्टर्न थिएटर कमाण्डले ताइवानको उत्तर, दक्षिण र पूर्वी भागमा हवाई, जल र स्थल सेनालाई आक्रामक सैन्य अभ्यास गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त अभ्यासलाई चीनले ‘२०२४ बी’ नाम दिएको छ । केहि दिनअघि ताइवानका राष्ट्रपति चीङ तेले ताइवानको नेतृत्व गर्न चीनको कुनै अधिकार नरहेकाले उसको नियन्त्रण स्वीकार्य नहुने चेतावनी दिनुभएको थियो । सोही वक्तव्यको जवाफमा चीनले ताइवानलाई घेराबन्दी गरेर सैन्य अभ्यासलाई तीव्रता दिएको बताइएको छ । अभ्यास क्रममा ताइवानमा आक्रमणको अनूकरण गरिएको चिनियाँ सेनाले बताएको बीबीसीले जनाएको छ । यसैबीच ताइवानको रक्षा मन्त्रालयले…