बाग्मती प्रदेश

‘सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ’

‘सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ’

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मङ्गलबार प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तर–मन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने बताउए हुन् । उहाँनले विगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधारित भई तर्जुमा गर्न र वर्तमान कोभिडको महामारीले पारेका असरलाई सम्बोधन हुने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिए। मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्यता हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने भएकाले यसमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा…
Read More
काठमाण्डूका नाकामा एन्टिजन परीक्षणका लागि जनशक्ति अभाव

काठमाण्डूका नाकामा एन्टिजन परीक्षणका लागि जनशक्ति अभाव

काठमाण्डू भित्रिने नाकामा अनिवार्य एन्टिजन परीक्षण गर्ने निर्णय भएको झन्डै एक साता हुन लाग्दा पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको अधिकारीहरूले बताएका छन्। काठमान्डू उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्नेक्रममा रहेकोले नाका रहेका स्थानीय निकायलाई कडाइका साथ एन्टिजन परीक्षण र निगरानी बढाउन जिम्मा दिइएको थियो। तर स्थानीय निकायले भने नागढुङ्गा, दक्षिणकाली साँगा लगायतका मुख्य नाकामा एन्टिजन परीक्षणका लागि आवश्यक जनशक्तिको प्रबन्ध हुन नसकेकोले उक्त परीक्षणले गति नलिएको बताइएको छ। लक्षण नभएका यात्रुको एन्टिजन परीक्षण आवश्यक नरहेको र भारत तथा सीमाक्षेत्रबाट भित्रिएका सवारी साधनका यात्रुलाई विशेष प्राथमिकताका साथ परीक्षण गरिने तयारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।-बीबीसी
Read More
दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडाैं । मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक समयमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १० कमलविनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार गएराति भएको दुर्घटनामा गम्भीर घाइते कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजुको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । त्यसैगरी मध्यपुरथिमि नगरपालिका–९ बोडेमा बा ५ ख ४३११ नं को पानीको ट्याङ्करले…
Read More
नुवाकोटमा १ जनामा कोरोना संक्रमण

नुवाकोटमा १ जनामा कोरोना संक्रमण

नुवाकोट । नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा तादी गाउँपालिकाको खरानीटारको क्वारेन्टाइनमा रहेका ३४ वर्षीय पुरुष रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितलाई खरानीटार अस्पतालको आइसोलेसनमा राखिएको र उनको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमितसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कट्याक टे्रसिङको काम भइरहेको छ । हालसम्म नुवाकोटमा ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनीहरुमध्ये १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अन्य ७ जना उपचाररत रहेका छन् ।
Read More
अब ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने

अब ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने

काठमाडाैं । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए । एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उनले उल्लेख गरे । “घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने निश्चित छ”, उनले भने, “यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।” अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने उनको भनाइ थियो ।…
Read More
एक सैनिकद्वारा गोली चलाएर आत्महत्या

एक सैनिकद्वारा गोली चलाएर आत्महत्या

काठमाडौं । स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गोली चलाएर आत्महत्या गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् । छाउनी अस्पतालका कार्यरत एक अधिकृतका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला आत्महत्या गरेका हुन् । आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले  आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका बिष्टको घटनास्थलमै मृत्यु भएको हो ।
Read More
धादिङमा थपिए १६ जना कोरोना संक्रमित

धादिङमा थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं । धादिङमा बुधवार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टेकु अस्पतालमा गरिएको परीक्षणमा १६ जनाको कोरोना पोजेटिभ आएको जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा आज मात्रै २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । हालसम्म १५ जनाको कोरोनाको कारण ज्यान गएको र ६ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
Read More
भक्तपुरमा १ हजार क्षमताको होल्डिङ सेन्टर

भक्तपुरमा १ हजार क्षमताको होल्डिङ सेन्टर

भक्तपुर । विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ । सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया आजदेखि शुरु गरेको हो । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो । पहिलो उडानका रूपमा म्यान्मा सेनाको जहाजबाट आएका नेपालीमध्ये प्रदेश नं १ र २ का नागरिकलाई होल्डिङ सेन्टरमा राख्ने तयारीका साथ वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै भक्तपुर अस्पताल र सेनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालित छन् । सो सेन्टरमा नेपाल रेडक्रस…
Read More
बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष

बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष

काठमाडाैं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड–१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान समयमा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालेको हो । सरकारले यही जेठ ३२ सम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ । बैठकमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बन्दाबन्दीका अवसरमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो । बैठकले विदेशबाट आउने नागरिकलाई राख्ने होल्डिङ सेन्टर व्यवस्थित बनाउने र उनीहरुलाई सहजरुपमा व्यवस्थापन…
Read More
वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते

काठमाडाैं । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए। त्यसैगरी आगामी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो । रासस
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.