विचार

नेपाल-चीन सीमाका मुख्य मामिला

नेपाल-चीन सीमाका मुख्य मामिला

बुद्धिनारायण श्रेष्ठ नेपाल–चीन सीमारेखाको संयुक्त सुपरिवेक्षण गरी भत्के–बिग्रेका सीमास्तम्भ मर्मत सम्भार एवं लोप भएका खम्बा यथास्थानमा पुनर्निर्माण गर्ने, सीमा नदीको बहाव परिवर्तन भएको देखिए सीमा सन्धि भई सन् १९६१–६२ मा सीमांकन गरिएका समयको नदी धारलाई नै कायम राख्ने र दशगजा क्षेत्रलाई सफा राख्ने काम गरी चौथो सीमा प्रोटोकल तयार पार्न सन् २००६ मा नेपाल–चीन संयुक्त सीमा समिति गठन गरिएको थियो । नेपाल-चीन सीमाका मुख्य मामिला समितिले सन् २०१० सम्ममा काठमाडौं र बेइजिङमा आलोपालो गरी ६ पटक संयुक्त बैठक गरेको थियो । समितिको छैटौं बैठक २०१० अप्रिल ४ देखि १० सम्म काठमाडौंमा भएको थियो । बैठकमा सगरमाथाको उचाइ घटेकाले नक्सामा कम लेख्नुपर्छ भनी चीनले…
Read More
वर्तमान भू–राजनीतिमा चिनियाँ अर्थ व्यवस्थाको असर

वर्तमान भू–राजनीतिमा चिनियाँ अर्थ व्यवस्थाको असर

विपिन देव काठमाडौं । सन् २०२४ लाई परिवर्तनको वर्ष भनिए तापनि सकारात्मक परिवर्तनको अनुभूति र अनुभव मानव समुदायले प्रत्याभूत गर्न सकेको छैन । सन् २०२४ मा ६० वटा मुलुकहरूले चुनावी प्रक्रियाद्वारा आफ्नो शासन पद्धतिमा परिवर्तनको अनुभव गर्ने जमर्को गरेको छन्। अर्को कुरा संसार कुरुक्षेत्रको रूपमा रूपान्तरण हुँदै छ। भर्खरै अमेरिकी सदनले युक्रेनलाई उपलब्ध गराउने ६० बिलियन अमेरिकी डलरको पराकम्पन रसिया–युक्रेन युद्धमा देखिनेछ भने इजरायल र हमासको युद्धमा इरानको सहभागिताले मध्यएसिया र खाडी मुलुकहरूको अमनचयन अपहृत हुने सम्भावनालाई नकार्न सकिँदैन। इजरायलको प्रतिकारात्मक क्षमताको प्रकोपवाट जोगिन इरानका राष्ट्रपतिले पाकिस्तानमा भ्रमण गर्नु आफैँमा अर्थपूर्ण रहेको छ। यी पृष्ठभूमिका पछाडि चीनको भूमिका के–कस्तो हुनेछ…
Read More
पोखरा एयरपोर्टले श्रीलंकाको हम्बनटोटा पोर्टकै नियति भोग्ने त होइन ?

पोखरा एयरपोर्टले श्रीलंकाको हम्बनटोटा पोर्टकै नियति भोग्ने त होइन ?

२०२० बाट आरम्भ भएको कोरोना महामारीले २०२२ मा पुग्दा विश्वलाई हल्लाइदियो । श्रीलंकामा २०२० बाट कमजोर हुन आरम्भ भएको अर्थतन्त्र २०२२ मा पुग्दा श्रीलंकाका प्रधानमन्त्रीले देशलाई ‘बैंकरप्ट’ घोषणा गर्नुपर्ने अवस्थामा पुग्यो । १९४८ मा स्वतन्त्र भएपछि ७० वर्षको इतिहासमा श्रीलंका बैंकरप्सीको अवस्थामा कहिल्यै पुगेको थिएन । सिंगापुरका राष्ट्रपति ली क्वान यु श्रीलंकाको भ्रमणमा गएका बेला सिंगापुरलाई श्रीलंकाजत्तिको बनाउने सपना बोकेर आफ्नो देश फर्केका थिए रे ! जुन वर्ष (सन् २०२३) श्रीलंका टाट पल्टेर जनता भोकभोकै जीवनसँग लडिरहेका थिए, त्यही वर्ष सिगापुर प्रतिवर्ष प्रतिव्यक्ति आय यूएस डलर ८२ हजार पुर्‍याएर प्रतिव्यक्ति आयमा संसारको दोस्रो स्थानमा विराजमान भइराखेको थियो । जम्मा ६०…
Read More
एक सन्तान नीतिको दुष्परिणामबारे ढिलो गरी जागेको चीन

एक सन्तान नीतिको दुष्परिणामबारे ढिलो गरी जागेको चीन

एजेन्सी । चीन विश्वसामु खुल्न थालेको चार दशकभन्दा लामो समयसम्म पनि त्यहाँको सरकारको नीति–निर्माण प्रक्रिया गोप्य रह्यो । यहाँ चीनको जनसंख्या नियन्त्रण नीति, तथ्यांक गोप्य राख्दाको परिणाम र तिनलाई चुनौती दिने मेरो व्यक्तिगत प्रयासबारे चर्चा गर्दै छु । सन् १९८० मा एकजना रकेट वैज्ञानिक सोङ जियान र अर्थशास्त्री चियान सुयानले चीनको जनसंख्या सय वर्षमा ४.२ अर्बमाथि पुग्ने प्रक्षेपण गर्दै एक खुला पत्र लेखे । उक्त प्रक्षेपणले चिनियाँ अधिकारीलाई त्रसित बनायो । त्यसपछि सरकारले एक बच्चा नीति लागू गर्‍यो । यथार्थमा एक सन्तान नीति लागू नगरेको भए पनि चीनको जनसंख्या धेरैमा १.६ अर्बसम्म पुगेर ओरालो लाग्न थाल्ने थियो । चीनमा हुर्किंदा मैले व्यक्तिगत रूपमा एक सन्तान नीतिको…
Read More
आर्थिक मन्दी र चिनियाँ युवाको बेचैनी

आर्थिक मन्दी र चिनियाँ युवाको बेचैनी

सन् १९८५ मा पपगायक जर्ज माइकल र एन्ड्रु रिडगेले पहिलो पटक चीन पुगेका थिए। यसरी चीन पुग्ने पहिलो पश्चिमा पपगायक समूह उनीहरूकै बनेको थयो। सांगीतिक कार्यक्रमका सहभागीलाई आ–आफ्नो सिटमा बस्न निर्देशन दिइएको थियो। तर त्यतिबेला पनि चिनिया युवाहरू यी पपगायकलाई देख्न लालायित थिए। कम्युनिस्ट देश भएकाले त्यति स्वतन्त्रता नभए पनि त्यतिबेला चीन बिस्तारै विश्वसामु खुल्दै थियो र आर्थिक सुधारलाई अगाढि बढाउँदै थियो। तर त्यसको ३ दशकमा अर्थतन्त्र दु्रुत गतिमा अगाडि बढेको थियो र चीनमा नयाँनयाँ अवसर सिर्जना भएका थिए। ठूलो संख्यामा चिनियाँ युवा विदेश अध्ययन गर्ने र भ्रमण गर्ने अवसर पाएका थिए। यो अवधिमा हुर्केका युवाहरूमा भविष्यप्रति नयाँ आशाको सञ्चारसमेत…
Read More
तिब्बती भूमिमा सगरमाथाको नक्सा

तिब्बती भूमिमा सगरमाथाको नक्सा

बाबुराम विश्वकर्मा सगरमाथा शिखर चुम्ने आरोहीले नेपालको भूमि टेक्नैपर्छ । सगरमाथा शिखरलाई लिएर उत्तरी छिमेकी चीनसँग बेलाबेला नेपालले झमेला झेल्नुपरेको छ । नेपालको एकलौटी र सार्वभौम आधिपत्य कायम रहेको सगरमाथा–चुचुरोको नयाँ उचाइ घोषणामा सन् २०२० मा चीनलाई सामेल गरिएपछि सगरमाथा उचाइ फेरि विवादमा तानियो । बेमौसमको बाजा बजाउन नेपाली नेतालाई बेलाबेला रहर लाग्छ । त्यसैको नतिजा हो, सन् २०२० मा चीनसँग मिलेर गरिएको सगरमाथाको संयुक्त उचाइ घोषणा । विश्व समुदायले मान्यता दिएको सगरमाथा चुचुरोको प्रचलित र सार्वभौम उचाइ ८,८४८ मिटर हो । नेपाल र संसारका अधिकांश देशले मान्यता दिएको यो उचाइलाई विस्थापित गर्न नयाँ उचाइ घोषणा गरिएको थियो । ८ डिसेम्बर २०२० मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र…
Read More
चिनियाँ कम्पनीहरूको नेपालमा साख गुम्दै

चिनियाँ कम्पनीहरूको नेपालमा साख गुम्दै

श्रीमननारायण विसं २०७२ सालमा मधेस केन्द्रित राजनीतिक दलहरूले नवनिर्मित संविधानप्रति असन्तुष्टि जनाउँदै सिमानाका केन्द्रित सडक आन्दोललाई लामो समयसम्म निरतन्रता दिँदा भारतसितको व्यापार प्रभावित भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यतिबेला देशका प्रधानमन्त्री थिए । भारतमाथिको व्यापारिक निर्भरतालाई कम गर्न उनले चीनसित अनेकौं सम्झौता गरे । खास गरिकन चीनबाट इन्धन किन्ने सम्झौता समेत गरे । त्यताबाट एकाध ट्रक पेट्रोल अनुदानमा आएपछि त्यसलाई ठूलो उपलब्धिका रूपमा र भारतको विकल्पको रूपमा प्रचारप्रसार गरियो । त्यतिबेला ठूलै हल्लीखल्ली गरेर पारवहन तथा यातायात सम्झौता गरियो तर त्यसको प्रोटोकोल टुंग्याउन नै तीन वर्ष लाग्यो । त्यतिबेलै सातवटा चिनियाँ बन्दरगाहको उपयोग गर्ने सम्झौता भयो…
Read More
पोखरा विमानस्थल र चिनियाँ ऋणको पासो

पोखरा विमानस्थल र चिनियाँ ऋणको पासो

कृष्ण तिमल्सिना चीनले अन्ततः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको लगानीमा नेपाललाई फसाएको छ। विमानस्थल निमार्णका लागि भएको लगानी सम्झौता विपरित चीनले अहिले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत निमार्ण भएको भन्दै महंगो ऋणको पासोमा फसाएको हो। यसअघि उक्त विमानस्थल चीनको ऋण लगानीमा बनेको भनिएको थियो। अघिल्लो बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल चीनको महत्वाकांक्षी परियोजना बीआरआई अन्तर्गत भएको बताएका हुन्। तर चीनका राजदूतले त्यसो भनिरहँदा कुनै पनि नेपाली अधिकारीले तत्काल प्रश्न गरेनन्। जहाँ पर्यटनमन्त्री सुदन किराती आफैं उपस्थित् थिए। मन्त्री किराँतीले सम्झौता शर्त विपरितको…
Read More
तीब्र आर्थिक वृद्धि हासिल गरिरहेको चीनमा एकाएक देखिएको संकट के हो ?

तीब्र आर्थिक वृद्धि हासिल गरिरहेको चीनमा एकाएक देखिएको संकट के हो ?

धिरज पौड्याल चीन विश्वको दोश्रो ठूलो अर्थतन्त्र हो । पछिल्लो दुई दशकमा चीनले द्रुत गतिमा आर्थिक वृद्धि हासिल गर्दै कुल गार्हस्थ उत्पादनको आकार करिब २०० खर्ब डलर बराबर बनाएको छ । यद्दपि, सन् २०१६ पछि भने देशको आर्थिक वृद्धिदरमा केही कमी देखिँदै आएको छ । सन् २०१६ पछि चीनको आर्थिक वृद्धिदरमा संकुचन आउनुको कारण, यसको ब्याजदर र कडा बैंकिङ तथा मौद्रिक नीतिसँगको सम्बन्धलाई यस लेखमा चर्चा गर्नेछौं । दोस्रो ठूलो अर्थतन्त्र बनाउन चीनले लिएको नीति सन् १९७० को दशकमा चीनले गरेको आर्थिक पुनर्संरचना र सुधारले अर्थ व्यवस्थालाई खुलारुप दियो । निजी व्यवसाय र वैदेशिक लगानीलाई प्रोत्साहन गर्यो । व्यवसाय प्रवद्र्धन…
Read More
यसरी फैलाउँदै छ चीनले नेपालमा ‘सौम्य शक्ति’

यसरी फैलाउँदै छ चीनले नेपालमा ‘सौम्य शक्ति’

निष्णु थिङ चीनसँग नेपालको सम्बन्ध प्राचीन कालदेखिकै हो। पछिल्लो समय भने यो सम्बन्धमा खासगरी चिनियाँ सौम्य शक्तिको नीति हावी भएको देखिन्छ। सन् २०१५ को भूकम्प र संविधान जारी भएपछिको अवस्थामा नेपालमा प्रभाव ह्वात्तै बढाएको चीनको सौम्य शक्ति यहाँका विभिन्न क्षेत्रमा कार्यान्वयन भइरहेको छ। अनि त्यो संस्कृति, शिक्षा, पहिले कम्युनिस्ट अनि अहिले सी चिनफिङ विचारधारा, धर्म, व्यापार, भाषा, पर्यटन, अध्ययन–अनुसन्धान, प्राज्ञिक तह, चीन अध्ययन केन्द्र, विश्वविद्यालय, पुस्तक प्रकाशनदेखि सामान्य दैनिक जीवनसम्मका आयाममा प्रतिविम्बित छ। होउ यान्छी राजदूत भएर आएको दुई महीनामै चिनियाँ दूतावासद्वारा १०७औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले ‘चरी जस्तै उड्न पाए, गगनको तलतिर’ बोलको नेपाली गीतमा नृत्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.