नेपाल-चीन सीमाका मुख्य मामिला
बुद्धिनारायण श्रेष्ठ नेपाल–चीन सीमारेखाको संयुक्त सुपरिवेक्षण गरी भत्के–बिग्रेका सीमास्तम्भ मर्मत सम्भार एवं लोप भएका खम्बा यथास्थानमा पुनर्निर्माण गर्ने, सीमा नदीको बहाव परिवर्तन भएको देखिए सीमा सन्धि भई सन् १९६१–६२ मा सीमांकन गरिएका समयको नदी धारलाई नै कायम राख्ने र दशगजा क्षेत्रलाई सफा राख्ने काम गरी चौथो सीमा प्रोटोकल तयार पार्न सन् २००६ मा नेपाल–चीन संयुक्त सीमा समिति गठन गरिएको थियो । नेपाल-चीन सीमाका मुख्य मामिला समितिले सन् २०१० सम्ममा काठमाडौं र बेइजिङमा आलोपालो गरी ६ पटक संयुक्त बैठक गरेको थियो । समितिको छैटौं बैठक २०१० अप्रिल ४ देखि १० सम्म काठमाडौंमा भएको थियो । बैठकमा सगरमाथाको उचाइ घटेकाले नक्सामा कम लेख्नुपर्छ भनी चीनले…
