भ्रष्टाचार/ अनुसन्धान

नागरिकताका बनाउन झुटो विवरण दिने दुई जनालाई ५० हजार जरिवाना

नागरिकताका बनाउन झुटो विवरण दिने दुई जनालाई ५० हजार जरिवाना

इलाम । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ । इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका–५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यस्तो फैसला सुनाएको हो । भुवनसिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो’ भन्दै झुटो विवरण दिइ नागरिकता बनाउन प्रयास गरेका थिए। जन्मदर्ताका आधारमा चेतन भुवनसिंहको छोरो हो भनी सनाखत गर्ने स्थानीय लीला विश्वकर्मा, शिरबहादुर कामी, कुमारी तामाङ, ललिता विश्वकर्मा र चन्द्रबहादुर घलेले भने अदालतबाट सफाइ पाएका छन्।
Read More
कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ

कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ

नेपालगन्ज, १६ कात्तिक : बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएको थियो । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसलाई बदर गरेसँगै बाँकी कैद भु्क्तानका निम्ति रिगललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले निजलाई आज अपराह्न पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो । रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले…
Read More
सशस्त्र प्रहरी महानिरीक्षकविरुद्ध अख्तियारमा उजुरी

सशस्त्र प्रहरी महानिरीक्षकविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । १६ वर्षमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन लागेकाहरूलाई नियमित बढुवा नगरेर आईजीपी निकट मानिसहरुले आर्थिक चलखेल गरेको उजुरकर्ताको आरोप छ । बढुवामा आर्थिक चलखेल गर्न संगठन भित्रबाट इन्स्पेक्टर नवराज गुरुङ र गणेश मल्ल तथा बाहिर नरेश भट्ट र सुमन अधिकारीलाई आईजीपीले नै प्रयोग गरेको उजुरकर्ताले दावी गरेका छन् । २०७८ चैत २७ मा अवकाशमा जान लागेका खनालले आर्थिक वर्ष २०७५–०७६ मा पोशाक शीर्षकमा विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा विभिन्न शीर्षकमा रकमान्तर गरी दुरुपयोग गरेको उजुरीमा उल्लेख गरिएको छ । अख्तियारमा परेको उजुरीमा भनिएको छ–‘इन्धनको…
Read More
आजदेखि सर्वोच्च अदालतका सेवा कटौती, ५ किसिमका मात्रै मुद्धा हेरिने

आजदेखि सर्वोच्च अदालतका सेवा कटौती, ५ किसिमका मात्रै मुद्धा हेरिने

काठमाडौं । न्यायाधीशसहित ३१ जनामा कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले आज (बुधबार) देखि​ १४ दिनसम्मका लागि विभिन्न सेवा कटौती गरेको छ। अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश, मुख्य रजिस्ट्रारसहित अदालतमा कार्यरत ३१ जनामा कोरोना पुष्टि भएको हो। यसैकारण आज माघ ५ देखि १८ गतेसम्मलाई विभिन्न सेवा कटौती गरिएको सर्वोच्च अदालतले जनाएको छ। त्यस अवधिसम्म ५ किसिमका मात्रै मुद्दा हेरिनेछ। प्रवक्ता दाहालका अनुसार बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित मुद्दाको नियमित सुनुवाइ हुनेछ। त्यस्तै मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी काम/कारबाही पनि नियमित रूपमा सञ्चालन हुनेछन्। सर्वोच्चले मुलुकी फौजदारी कार्यविधि संहिता,…
Read More
ललिता निवास जग्गा प्रकरणः बिष्णु पौडेलका छोरा र न्यायाधीश रेग्मीमथि मुद्दा चलाउन अख्तियारमा अर्को उजुरी

ललिता निवास जग्गा प्रकरणः बिष्णु पौडेलका छोरा र न्यायाधीश रेग्मीमथि मुद्दा चलाउन अख्तियारमा अर्को उजुरी

काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी स्वामित्वको जग्गा गैरकानूनी रुपमा अतिक्रमणमा संलग्न सर्वोच्च् अदालतका न्यायाधीश कुमार रेग्मी र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलका छोरा नवीन पौडेललाई कानूनी कारवाही गर्न माग गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा निवेदन दिदै रेग्मी र पौडेललाई कारवाही गर्न माग गरेको हो । ललिता निवासको जग्गा न्यायाधीश रेग्मी र पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीनले आफ्नो नाममा गरेका थिए । अख्तियारले छानबिन गरेपछि उनीहरुले जग्गा फिर्ता गर्ने भनेपछि आयोगले उनीहरुमाथि मुद्धा नचलाउने निर्णय गरेको थियो । ‘यति…
Read More
धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

काठमाडौं : धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरे । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको छ । उजुरीकर्ताले विभिन्न दातृ निकायको सहयोग, विदेशमा रहेका नेपालीहरुको सहयोग तथा सरकारी संयन्त्रको रकम समेतको सहयोगमा बन्दै गरेको रंगशालामा खर्च भए बराबरको काम नभएको र फाउण्डेसनले नै भ्रष्टाचार गरेको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारमा उजुरी परेसँगै उक्त उजुरी…
Read More
चार्टर्ड उडानमा भएकाे अनियमितता छानबिन गर्न समिति गठन

चार्टर्ड उडानमा भएकाे अनियमितता छानबिन गर्न समिति गठन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी देशमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर्ड उडानमा भएको अनिमियताका विषयमा छानबिन गर्न समिति गठन भएको छ । आज बिहीवार मन्त्रालयका सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मन्त्रालयका उप सचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् । गठन भएको समितिले भोलि शुक्रबारदेखि काम सुरु गर्ने संयोजक लुईँटेलले जानकारी दिए । ‘कोरोना महामारीको समयमा खाडी देशमा काम गर्ने नेपाली श्रमिकको उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएका अनियमतिताका बारेमा छानबिन समिति बनेको…
Read More
ललिता निवास प्रकरण : कसले रोक्यो सीआईबीको छानबिन प्रतिवेदन ?

ललिता निवास प्रकरण : कसले रोक्यो सीआईबीको छानबिन प्रतिवेदन ?

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुद्दा नचलाई मंगलबार हदम्याद गुज्रिएको छ। राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरी को केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदन विभागमै फिर्ता गरिएको आरोप सरकारमाथि लागेको छ। तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईसम्म उक्त जग्गा हिनामिनामा मुछिएका छन्। तर, राजनीतिक नेतृत्व विरुद्ध मुद्दा चलाउँदा सत्ता गठबन्धन नै संकटमा पर्नसक्ने भएकाले मुद्दा चलाउन सरकार पछि हटेको आरोप छ। नेपाल र डा। भट्टराईलाई जोगाउनकै लागि यो मुद्दाको हदम्याद गुजारेको वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको दाबी छ। सीआईबीको प्रतिवेदनअनुसार दोषीमाथि मुद्दा नचलाएर सरकारी वकिलको कार्यालयले सीआईबीलाई नै प्रतिवेदन फिर्ता पठाएको थियो। ‘सीआईबीले तीन वर्ष…
Read More
सरकारी वकिलले सीआईबी फर्काइदियो ललिता निवासको अनुसन्धान प्रतिवेदन

सरकारी वकिलले सीआईबी फर्काइदियो ललिता निवासको अनुसन्धान प्रतिवेदन

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले गरेको कीर्तेसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फिर्ता पठाइदिएको छ । सीआईबीले सरकारी जग्गा चार पटक कीर्ते गरी व्यक्तिको नाममा सारिएको भन्दै ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिल कार्यालयले अझै अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सीआईबीलाई नै फर्काइदिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले थप अनुसन्धान गर्नुपर्ने देखिएकाले सो प्रतिवेदन फिर्ता पठाइएको बताए । उनले के के विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्नेबारे खुलाउन चाहेनन् । सीआईबीले सरकारी…
Read More
उपभोक्तामाथि लुट मच्चाउने गोल्छाको हुलास अटोक्य्राफ्टमाथि किन हुँदैन कारबाही ?

उपभोक्तामाथि लुट मच्चाउने गोल्छाको हुलास अटोक्य्राफ्टमाथि किन हुँदैन कारबाही ?

काठमाडौं । स्वदेशमै सवारीसाधनको एसेम्बल गर्ने नाममा चिरपरिचित व्यापारिक घराना गोल्छा अर्गनाइजेशनअन्तर्गतको अटोक्य्राफ्ट कम्पनी ‘हुलास अटोक्य्राफ्ट’ले उपभोक्तामाथि लुट मच्चाइरहेको छ । अटोक्राफ्टले सस्तोमा पाटपूर्जा आयात गरेर नेपाली उपभोक्तामाथि महङ्गोमा मोटरसाइकल विक्री गरिरहेको तथ्य यसअघि धेरैपटक उजागर भइसकेको भए पनि कम्पनीले आफ्नो गल्ती सुधार गर्न चासो देखाएको छैन । उपभोक्तामाथि बजाज मोटरसाइकलले ब्रह्मलुट गरिरहँदा सरकारले समेत कुनै चासो दिएको छैन । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा हुन् । उनी अहिले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष समेत छन् । तर, उनकै कम्पनीले उपभोक्तामाथि लुट मच्चाइँदा सरकार भने निकम्माझैं बनेको छ । उनी महासंघको नेता भएकै कारण उनको उद्योगमाथि सरकारले कारबाहीको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.