फोटो फिचर

बारामा जिप दुर्घटना, एक जनाको मृत्यु १२ जना घाइतेछ

बारामा जिप दुर्घटना, एक जनाको मृत्यु १२ जना घाइतेछ

  बारा, वैशाख १- बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको…
Read More
चुनावअगाडि गरिने तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा

चुनावअगाडि गरिने तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा

  काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअगाडि गरिने नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन्। नयाँ वर्षको अवसरमा मित्रपार्कमा आयोजित चियापान समारोहमा बोल्दै उनले यसले तालमेलले कुनै पार्टीलाई पनि राम्रो नगर्ने बताए। उनले तालमेल नेपालको लोकतन्त्रको दीर्घकालीन हितमा छ कि छैन भनेर उचित समयमा छलफल गर्नैपर्छ, बहस गर्नैपर्छ भन्ने लाग्छ। स्थानीय निर्वाचनमा स्थानीय मुद्दाभन्दा पनि बढी गठबन्धनको विषयले चर्चा पाएकोमा पनि उनले असन्तुष्टि जनाए। 'मैले केही समयअघि केन्द्रीय समिति बैठकमा राखेको कुरा स्मरण गर्छु, राजनीतिक व्यवस्था, खासगरी संसदीय व्यवस्थाभित्र दलहरुका बीचमा तालमेल नहुने होइन। तर हामी जुन खालको तालमेलको संस्कृतितर्फ जाँदैछौँ। यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन,' उनले…
Read More
अमेरिकामा रेलभित्र अन्धाधुन्ध गोली हानेर १० जना घाइते बनाउने व्यक्ति पक्राउ

अमेरिकामा रेलभित्र अन्धाधुन्ध गोली हानेर १० जना घाइते बनाउने व्यक्ति पक्राउ

  न्युयोर्क। २४ घण्टाको खोजीपछि न्युयोर्क प्रहरीले अन्ततः ब्रुकलिन सबवे स्टेसनमा मंगलबार भएको बन्दुक हमलाका दोषिलाई पक्राउ गरेको छ । प्रहरीले फ्रान्क रोबर्ट जेम्सलाई म्यानहट्टनको पूर्वी गाउँबाट गिरफ्तार गरेको हो । सर्वसाधारणले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो । क्राइम स्टोपर्स नाम गरेका एक सर्वसाधारणले ६२ वर्षीय जेम्सलाई पूर्वीगाउँमा हिँडिरहेको अवस्थामा देखेका थिए । स्थानीय समयअनुसार मंगलबार बिहान रेलभित्र उनले चलाएको गोली लागेर १० जना घाइते भएका थिए भने अन्य दर्जनौं घाइते भएका थिए । घाइतेमध्ये कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको थियो । सो घटना अतिवादी हमलासँग सम्बन्धित भए रनभएको विषयमा प्रहरीले थप अनुसन्धान…
Read More
केपी ओलीको टिप्पणी : जनादेश शब्दले गठबन्धनको सातो जान्छ

केपी ओलीको टिप्पणी : जनादेश शब्दले गठबन्धनको सातो जान्छ

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय तहको निर्वाचनबाट भाग्ने ठाउँ नभएको दोहोर्‍याएका छन् । निर्वाचनकै सन्दर्भमा उनले गठबन्धनलाई जनादेश भन्नेबित्तिकै सातो जाने लक्ष्यविहीन समूहको संज्ञा दिएका छन् । ‘ताजा जनादेश भन्ने शब्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन अराजक समूहका कुनै आफ्ना एजेण्डा छैनन्,’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चार पृष्ठ लामो शुभकामना सन्देशमा सत्ता गठबन्धनको विरोध गर्दै देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।
Read More
२०७९ साल देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

२०७९ साल देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

  काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताएका छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले २०७९ संघ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताए । संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने नेपालको भनाइ छ । 'समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ,' नेपालले सन्देशमा भनेका छन् । 'बितेको वर्ष २०७८…
Read More
काठमाडाैँको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय !

काठमाडाैँको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय !

  काठमाडाैँ । सुन्धारा जाने बाटोमा भएका दुई आकाशेपुलमा मानिसको भीड अत्यधिक थियो। त्रिपुरेश्वरपट्टिको पुलमा फुटपाथ पसलेहरू इयरफोन र मोबाइलका ग्लासजस्ता सामान फिँजाएर बसेका थिए। पुलमा पाँचछ जना युवती यताउता गरिरहेका थिए। केहीले सलले मुख छोपेका थिए भने केहीले मास्क । एक युवतीले जिन्स पाइन्टमा क्रप टिसर्ट लगाएकी थिइन्। अर्की एक जनाले स्कर्ट र सेतो सर्ट लगाएकी थिइन्। पुलमा ओहोर–दोहोर गरिरहेका उनीहरू पुलमा अडेस लागेर बसेका पुरुषको नजिक जाँदै कुराकानी गरिरहेका थिए। एक जना पुरुषसँग उनीहरूले के कुरा गरिरहेका छन् भनेर चासो राखियो, ‘यिनीहरू को हुन् ? तपाईंलाई के भने?’ अकमकाएर उनले भने, ‘केही होइन। ‘जाने हो’ भनेर सोध्दै थिए।’…
Read More
चीनको सिनजियाङमा उइगर समुदायका मुस्लिमहरूमाथि अत्याचार बढ्दै

चीनको सिनजियाङमा उइगर समुदायका मुस्लिमहरूमाथि अत्याचार बढ्दै

  बेइजिङ चीन, ३० चैत्र – मार्च एएनआई चिनियाँ विदेशमन्त्री वाङ यीले हालै इस्लामावादमा भएको ओआईसी सम्मेलनमा चीनले मुस्लिम राष्ट्रहरूको हित हेर्नेछ भन्ने आश्वासन पूर्णतया विरोधाभासपूर्ण छ। चीनको सिनजियाङमा उइगर समुदायका मुस्लिमहरूमाथि व्यापक अत्याचार भइरहेको छ। पाकिस्तानले पनि यस मुद्दामा उइघुरहरूको नरसंहारलाई बेवास्ता गरेको छ। यो समाचार पनि पढ्नुहोला – सिन्ज्याङ प्रान्त बारे मौन किन छ्न मुस्लिम देशहरू ? द्दण्ज्ञठ देखि, चिनियाँ सरकारले लगभग ज्ञ।ड मिलियन उइगर र अन्य टर्किक अल्पसंख्यकहरूलाई सिनजियाङमा हिरासतमा राखेको छ। सम्भावित धार्मिक अतिवाद र आतंकवादलाई रोक्नको प्रयासले “आतंकवादी पूँजीवाद” निम्त्याएको थियो – उइगरहरूलाई सुरक्षा खतराको रूपमा ब्रान्डिङ गरेर दमनलाई औचित्य दिँदै चीनले उनीहरूलाई निगरानी र…
Read More
साम्राज्ञीका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

साम्राज्ञीका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका लागि अभिनय गर्दिनन् स्क्रिप्ट पढेर आफ्नो साथमा काम गर्ने कलाकार चित्त बुझ्यो भने मात्रै काम गर्दिन् । सिनेमा क्षेत्रमा हुने गरेका कुनै पनि विभेदविरुद्ध बोल्न सक्ने साम्राज्ञी एकसमय अभिनेता भुवन केसीका विरुद्ध यौन दुव्र्यवबहारको टिप्पणी गरेर चर्चामा आएकी छिन् । सामाजिक सञ्जालमा सक्रिया साम्राज्ञीका केही तस्विर हामीले उनकै फेशबुकबाट लिएका छौं । हेरौं उनका बोल्ड तस्विर ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.