प्रवास

युक्रेनबाट ५ सय ११ नेपाली पुगे सुरक्षित स्थानमा

युक्रेनबाट ५ सय ११ नेपाली पुगे सुरक्षित स्थानमा

काठमाडौँ । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए । समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन् । हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् । उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । युक्रेनबाट निस्केका मध्ये ४०…
Read More
भूतपूर्व ब्रिटिश गोर्खा गुरुङ दोश्रो पटक काउन्सिलर पदका लागि उत्रिए चुनावी मैदानमा

भूतपूर्व ब्रिटिश गोर्खा गुरुङ दोश्रो पटक काउन्सिलर पदका लागि उत्रिए चुनावी मैदानमा

लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा लक्ष्य गुरुङ दोश्रो पटक काउन्सिलर पद जित्नका लागि चुनावी मैदानमा उत्रिएका छन् । यसअघि हेल वडाबाट काउन्सिलर जितेर दुई वर्ष उपमेयर भइसकेका गुरुङ यो पटक नयां वडामा प्रतिष्पर्धामा उत्रिएका हुन् । गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट बार्नेट काउन्सिल अन्तर्गत एजवेरबरी वडामा प्रतिष्पर्धा गर्दै छन् । बेलायतको इलेक्टोरल बाउन्ड्री कमिशनले प्रत्येक १० वर्षमा ‘बाउण्ड्री रिभ्यू’ गर्ने भएकाले उनलाई नयां वडा परेको हो । करिब साढे ९ हजार मतदाता रहेको उक्त वडा नयां र दुई जना काउन्सिलर उठेकाले गुरुङलाई यसपटक चुनौती देखिएको छ । ‘हेल र एजवेयर मिसिएर नयां वडा बनाइएकाले परिणाम अहिले नै भन्न सकिने स्थिति…
Read More
भिजिट भिसामा अलपत्र परेकाहरुका लागि ‘मार्सल टिम’ गठन

भिजिट भिसामा अलपत्र परेकाहरुका लागि ‘मार्सल टिम’ गठन

काठमाडौं । श्रम गन्तव्य मुलुक पुगेर समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि ‘मार्सल टिम’ गठन गरिएको छ। रोजगारीको आश्वासनमा भिजिट भिसामा मलेसिया, दुबई लगायत खाडी मुलुक पुगेर पीडित भएकाहरुको सम्बोधन गर्न यस्तो टीम गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए । पीडितको समस्या तत्कालै समाधानका लागि मार्सल टिम बनाइएको उनको दाबी छ । यस्तो मार्सल टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने, नेपाल प्रहरीका प्रतिनिधि लगायत रहने छन् । मन्त्री श्रेष्ठले यसले ठग र दलालहरुलाई तह लगाउने दाबी गरे । ‘पीडितहरुको कुरा सुन्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनका लागि तत्काल यसले एक्सन गर्छ। यो…
Read More
को-को जान पाउँछन् खाडी र मलेसिया ?

को-को जान पाउँछन् खाडी र मलेसिया ?

काठमाडौँ — सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका कारण खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक लगाउने यसअघिको आदेश संशोधन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै माघ १० गते सोमबारदेखि भिजिट भिसामा ती राष्ट्रहरुमा जान लगाइएको प्रतिबन्धमा केही खुकुलो पारेको जनाएका हुन् । उनका अनुसार सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघ/संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधि, बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जानेहरुका लागि अनुमति दिने उल्लेख छ । सरकारले कोरोना संक्रमण र अन्य कारण देखाउँदै शुक्रबार अर्को आदेश…
Read More
१८ हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

१८ हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

काठमाडाैँ – राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा दर्ता गराएको हो । नियमावलीअनुसार हराएका राहदानीबारे इन्टरपोललाई समय–समयमा अद्यावधिक गर्नुपर्ने प्रावधन छ । यसै हप्ता परराष्ट्र मन्त्रालयले जारी गरेको नेपालको परराष्ट्र मामिलासम्बन्धी वार्षिक प्रतिवेदनमा विभागले हराएको राहदानीको विवरण नियमित रूपमा इन्टरपोललाई पठाउँदै आएको जनाइएको छ । वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७।/७८ को विवरणमात्र समावेश गरिएको छ । विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालय, १९ इलाका प्रशासन कार्यालय र विदेशस्थित ४० नेपाली कूटनीतिक…
Read More
एनआरएनए निर्वाचन फेरि स्थगित, निर्वाचन प्रकृयाबाट बिचलित हुन खोजेको आरोप

एनआरएनए निर्वाचन फेरि स्थगित, निर्वाचन प्रकृयाबाट बिचलित हुन खोजेको आरोप

लण्डन : गैरआवासीय नेपाली संघको आइतवार र सोमवार हुने भनिएको निर्वाचन स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो । निर्वाचन गरिने भन्दै पटक पटक प्रतिबद्धता जनाएका पन्तलाई निर्वाचन प्रकृयाबाट बिचलित हुन् खोजेको आरोप लागेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ । निर्वाचन समितिको विज्ञप्तिमा “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन…
Read More
एनआरएनएसँगको मुद्धामा सरकार हार्‍यो, निर्वाचनका लागि कानुनी बाटो खुला

एनआरएनएसँगको मुद्धामा सरकार हार्‍यो, निर्वाचनका लागि कानुनी बाटो खुला

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। यससँगै संघको १०औं महाधिवेशन र निर्वाचन प्रक्रियाअघि बढाउन कानुनी बाटो खुलेको छ। न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको इजलासले यस्तो आदेश दिएको हो। परराष्ट्र मन्त्रालयका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र सुशील पन्तले बहस गरेका थिए। संघका अध्यक्ष कुमार पन्तले अब १०औं महाधिवेशन र निर्वाचन सहज भएको प्रतिक्रिया दिएका छन्। परराष्ट्रले संघलाई पत्र लेख्दै विवाद समाधान गरी महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिएको थियो। असोज २२ र मंसिर ३ गते पठाएको पत्रमा पन्त नेतृत्वको कार्यसमितिको कार्यकाल १८ अक्टोबर २०२१ मै पूरा…
Read More
नेपाली जनसम्पर्क समिति बेलायत सभापतिमा उम्मेदवारी दिने नेतृ कोपिला सुब्वाको घोषणा

नेपाली जनसम्पर्क समिति बेलायत सभापतिमा उम्मेदवारी दिने नेतृ कोपिला सुब्वाको घोषणा

लण्डन । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायतको सभापति पदमा कोपिला सुब्वाले उम्मेदवारी दिने घोषणा गरेकी छन । आगामी नोभेम्बर २७ शनिवारका दिन हुने नेपाली जनसम्पर्क समिति (एनपीसीसी युके)को पाँचौ अधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । विधि विधान र पद्धतिको पालना गर्दै सामुहिक रुपमा नेपाली जनसम्पर्क समितिको नेतृत्व गर्न आफु तयार भएको बताउदै नेतृ सुब्वाले कांग्रेस पार्टीले लिएको समाजवादी सिद्धान्तलाई विदेशबाट सहयोग सहयोग गर्ने प्रतिवद्धता मतदाता समक्ष गरेकी छिन । बेलायतस्थित संघसंस्थासँग हातेमालो गर्दै अघि बढन तयार रहेको उनको भनाइ छ । जनसम्पर्क समितिलाई विश्वासिलो र भरपर्दो संगठनका रुपमा विकास गर्न आफ्नो नेतृत्व आवश्यक रहेको सुब्वाको दावी…
Read More
एनआरएनएको कार्यकाल ६ महिना थप, प्रतिनिधिका गुनासा सम्बोधन गर्न स्वतन्त्र समिति गठन

एनआरएनएको कार्यकाल ६ महिना थप, प्रतिनिधिका गुनासा सम्बोधन गर्न स्वतन्त्र समिति गठन

लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए । कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ । यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो । मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन…
Read More
आफ्नै बच्चा मारेको अभियोगमा मलेसियामा नेपाली महिला पक्राउ, प्रेमी फरार

आफ्नै बच्चा मारेको अभियोगमा मलेसियामा नेपाली महिला पक्राउ, प्रेमी फरार

काठमाडौं । मलेसियामा बच्चा जन्माएर हत्या गरेको आरोपमा प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ । आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबुका अनुसार मलेसियाको मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर मारेको पाइएपछि ती महिलालाई पक्राउ गरिएको हो । कोठाभित्र कालो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा मृत शिशु फेला परेपछि २८ वर्षीय महिलालाई नियन्त्रणमा लिइएको र उनी नेपाली भएको त्यहाँको प्रहरीले जनाएको छ । तर परिचय खुलाइएको छैन । उनले आफ्ना प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.