राेजगार

सैनिक अस्पतालले मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग्यो, स्टाफ नर्स मात्रै ५० जना माग

सैनिक अस्पतालले मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग्यो, स्टाफ नर्स मात्रै ५० जना माग

काठमाडौं । नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो । जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् । त्यस्तै, १० जना बिएनरबिएस्सी नर्स माग गरिएको छ । बिएनरबिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् । एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ । २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।
Read More
लोक सेवा आयोगद्धारा शाखा अधिकृतका सबै विज्ञापन स्थगन

लोक सेवा आयोगद्धारा शाखा अधिकृतका सबै विज्ञापन स्थगन

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत भर्नाका लागि खुलाइएका सबै विज्ञापन स्थगन गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै गत मंसिर २९ गते प्रकाशित राजपत्राङ्कित सबै विज्ञापन स्थगन गरेको हो । तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचना र न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय संसद् सेवाका खुला तथा समावेशी समूहका सबै विज्ञापन अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको आयोगले जनाएको छ । यसमा अहिलेलाई आवेदन लिन बन्द गरिएको आयोगको सूचनामा उल्लेख छ।
Read More
प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

काठमाडौं : लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो । तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने संघीय संसद सेवा (प्राविधिक) का लागि ७ सिट छुट्याइएको छ । यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ । १४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।
Read More
इजरायल जान छानिए ११७५ जना श्रमिक (नामावलीसहित)

इजरायल जान छानिए ११७५ जना श्रमिक (नामावलीसहित)

काठमाडौं । इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिक नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम इजायल सरकारलाई पठाएको थियो । इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको छ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् । छनोटमा परेर जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ । शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप…
Read More
नेपाली सेनामा प्राविधिकतर्फ ७७ अधिकृत पदमा जागिर खुल्यो

नेपाली सेनामा प्राविधिकतर्फ ७७ अधिकृत पदमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरुमा दरखास्त आव्हान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले असोज ६ गते बुधबार सूचना प्रकाशित गर्दै दरखास्ता आव्हान गरेको हो । सेनाले जारी गरेको सूचनामा भनिएको छ–‘नेपाली सेनाका स्वीकृत दरबन्दी भित्र रिक्त रहेका देहायका पदहरुमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई रु. १० को टिकट टाँसी दरखास्त पेश गर्न आव्हान गरिन्छ ।’ नेपाली सेनाले २१ वटा फरक फरक पदमा गरी ७७ जना कर्मचारी माग गरेको हो ।
Read More
गुप्तचरमा खुल्यो जागिर (विज्ञापनसहित)

गुप्तचरमा खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ। विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको हो। अनुसन्धान अधिकृत २१ जना माग भएको छ। अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो। अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ। साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। सहायक सूचक पदमा भने एसएलसी…
Read More
अमेरिकाको सहयोगमा संचालित प्रोजेक्टले १८ जिल्लाको लागि १०+२ गरेका कर्मचारी माग्यो

अमेरिकाको सहयोगमा संचालित प्रोजेक्टले १८ जिल्लाको लागि १०+२ गरेका कर्मचारी माग्यो

Position: Community Trainer Project: KISAN II Project Employment Type: Part Time Number of Vacancies: Few Minimum Education: 10+2 or equivalent Job Location: BAGMATI PRADESH Sindhupalchowk: Melamchi Nagarpalika (Ward 11), Indawati Gaupalika (Ward 4, 6), Helambu Gaupalika (Ward 3, 4, 7) Kavre: Panauti Nagarpalika (Ward 4, 8), Banepa Nagarpalika (Ward 1, 2, 3, 4), Mandandeupur Nagarpalika (Ward 7), Panchkhal Nagarpalia (Ward 12) Nuwakot: Bidur Nagarpalika (Ward 3), Belkotgadhi Nagarpalika (Ward 11, 13), Dupcheshwor Gaupalika (Ward 5, 6), Panchkanya Gaupalika (Ward 2), Likhu Gaupalika (Ward 4) Makwanpur: Thaha Nagarpalika (Ward 1, 4, 11), Manahari Gaupalika (3, 6, 7, 8, 9) LUMBINI PRADESH…
Read More
वैदेशिक रोजगारको अवसर : आकर्षक तलबसहित कतारमा भारी संख्यामा पुरुष कामदारको माग

वैदेशिक रोजगारको अवसर : आकर्षक तलबसहित कतारमा भारी संख्यामा पुरुष कामदारको माग

काठमाडाैँ । कतारको स्ट्राक सेक्युरिटी सर्भिस नामक एक कम्पनीले भारी सख्यामा पुरुष कामदारको माग गरेको छ । कम्पनीले १ सय ७५ जना पुरुष कामदारको माग गरेको हो । कामदार स काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ४७ हजार बढि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले एड्भान्स म्यानेजमेन्ट ग्रुप प्रा ली सामाकोशी २६ काठमाडौंमा चैत्र ११ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले…
Read More
कतारले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, तलब कति ?

कतारले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, तलब कति ?

काठमाडाैँ । कतारको दोहा शहरमा रहेको चाइना रेलवाइ एटीनस् बुरेउ ग्रुप कम्पनी र बुन्जर इभेन्टस् कम्पनीले भारी सङ्ख्यामा नेपाली महिला पुरुष कामदारको माग गरेको छ । कम्पनीले कार्पेन्टरमा ५० जना पुरुष, मसोनमा ५० जना पुरुष प्लम्बरमा २० जना परुष र ग्राउन्ड स्टेवार्डमा ५ जना महिला गरि जम्मा १२५ जना नेपाली कामदारको माग गरेको हो । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३८ हजार बढि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले मोविरा रिक्युटमेन्ट कन्सलटेन्सी…
Read More
प्रधानमन्त्री रोजगार कार्यक्रम : १२७ युवाले गाउँमै रोजगारी पाए

प्रधानमन्त्री रोजगार कार्यक्रम : १२७ युवाले गाउँमै रोजगारी पाए

खाेटाङ । रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १२७ युवाले गाउँमै रोजगारी पाएका छन् । गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार छनोट गरेर उनीहरुको जीविकोपार्जनका लागि गाउँमै रोजगारी दिइएको हो । ती युवालाई प्रतिव्यक्ति जनही दैनिक रु ५१७ पारिश्रमिक दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । “हरेक टोलमा रोजगार उपभोक्ता समिति बनाएर युवा परिचालन गरिएको छ”, उनले भने, “ कार्यक्रममार्फत गाउँमै रोजगार पाएपछि स्थानीय बासिन्दा पनि उत्साहित भएका छन् ।” ती युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय भवनको रङगरोगन गर्ने, विद्यालय वरपर बगैँचा निर्माण गर्ने, विद्यालय तथा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.