राेजगार

भारतसँग भएका असमान सन्धि–सम्झौता खारेज गरौं : नेकपा प्रवक्ता श्रेष्ठ

भारतसँग भएका असमान सन्धि–सम्झौता खारेज गरौं : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँग विगतमा भएका सन्धि–सम्झौता खारेज गर्न माग गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा उनले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताए । श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने बताए । पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले नेपाल सीमा समस्या वार्ताकै माध्यमबाट समाधान गर्न तयार रहेको बताए । ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।
Read More
लोक सेवाले सार्वजनिक गर्‍यो सहसचिवको अन्तरवार्ता तालिका

लोक सेवाले सार्वजनिक गर्‍यो सहसचिवको अन्तरवार्ता तालिका

काठमाडौंं । कोरोना संक्रमण जोखिमका कारण पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू स्थगित गरेको लोक सेवा आयोगले पुनः परीक्षा लिने प्रक्रिया थालेको छ । आयोगको सोमबार बसेको बैठकले सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरेको छ । सहसचिवको अन्तरवार्ताबाहेकका परीक्षाहरु भने यसअघि नै सम्पन्न भइसकेको थियो । प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धातर्फ असार २ गतेदेखि १२ गतेसम्म अन्तरवार्ता हुने छ । यसैगरी नेपाल लेखापरीक्षणतर्फ आन्तरिक प्रतिस्पर्धातर्फको अन्तरवार्ता असार १४ गते निर्धारण गरिएको छ । नेपाल प्रशासन सेवातर्फ खुला तथा समावेशीको द्वितीय चरणको मामिला प्रस्तुतीकरण कार्यक्रम असार १५, १६ र १७ गते हुने छ। यस्तै अन्तरवार्ता कार्यक्रम भने असार १८ देखि २६ गते निर्धारण…
Read More
७ लाख रोजगारी सिर्जना गर्ने सरकारको योजना

७ लाख रोजगारी सिर्जना गर्ने सरकारको योजना

काठमाडौं । कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ । विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था र स्वदेशकै उद्योगधन्दा व्यापार व्यवसाय सबै बन्द हुँदै स्वदेशी श्रम बजारमा पनि रोजगारी गुमेको अर्को अवस्थाले सरकारलाई रोजगारी व्यवस्थापनमा चुनौती छ तर यस्तो चुनौतीलाई धेरै हदसम्म समाधान गर्नेगरी सरकारले योजना बनाएको देखिन्छ । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा यसका कार्यक्रम र अन्य नीतिगत व्यवस्थाबाट कम्तीमा सात÷आठ लाख रोजगारी सिर्जना गर्ने योजना बनाइएको छ । उनका अनुसार आगामी आर्थिक वर्षका लागि विनियोजित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.