भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युएईमा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा गएका छन् । सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन उनी युएई गएका हुन् । दुवै देशले प्रमुख व्यापार र यातायात मार्गमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । मोदीको पछिल्लो आठ महिनामा यो तेस्रो युएई भ्रमण हो । मंगलबार अबुधाबीमा भएको सामुदायिक कार्यक्रममा हजारौँ प्रवासीहरूलाई सम्बोधन गरेका मोदीले आज त्यस क्षेत्रको सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । युएईमा झण्डै ३५ लाख भारतीय रहेका छन् ।
