समाज

चीनको नयाँ ग्रेटवालले छायाँमा पार्दैछ नेपाललाई, मिचिदैंछ सिमाना

चीनको नयाँ ग्रेटवालले छायाँमा पार्दैछ नेपाललाई, मिचिदैंछ सिमाना

काठमाडाै‌ । हिमालयको काखमा चिनियाँ तारबार र कंक्रीटको पर्खालले तिब्बत र नेपाललाई अलग पारेको छ। संसारकै सबैभन्दा एकान्त स्थानहरूमध्ये एकमा रहेको यो क्षेत्रमा चिनियाँ सुरक्षा क्यामेराहरूले गार्ड टावरहरूमा तैनाथ हतियारधारी सुरक्षाकर्मीहरूको साथमा निरन्तर निगरानी गरिरहेका छन्। तिब्बती पठारको उचाइमा, चिनियाँहरूले एउटा पहाडमा ६०० फिट लामो सन्देश खोपेका छन्: "चिनियाँ कम्युनिस्ट पार्टी दीर्घायु होस्," जुन सन्देश पृथ्वीको अर्काे कुनाबाट समेत देख्न सकिन्छ। यसै सीमा पार, नेपालको हुम्ला जिल्लामा, स्थानीय बासिन्दाहरूले दाबी गरेका छन् कि यस दुर्गम सीमाको विभिन्न स्थानहरूमा चीनले नेपाली भूमिमा अतिक्रमण गरिरहेको छ। नेपालको हुम्ला जिल्लामा, सीमावर्ती नेपालीहरूले केही स्थानहरूमा चीनले नेपाली भूमिमा अतिक्रमण गरेको दाबी गर्छन्। नेपालीहरूका अन्य…
Read More
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौँ । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ । ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । यी सामान वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार साझ हस्तान्तरण गरे । प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने जनाइएको छ । बाढीपहिरोबाट…
Read More
भारतले दियाे बाढी तथा पहिराे पीडितका लागि दाेस्राे खेप राहत सामाग्री

भारतले दियाे बाढी तथा पहिराे पीडितका लागि दाेस्राे खेप राहत सामाग्री

काठमाडाैं । भारतले नेपालका बाढी तथा पहिराे पीडितका लागि दाेस्राे खेप राहत सामाग्री हस्तान्तरण गरेकाे छ । नेपालमा विनाशकारी बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारको सहयोगलाई निरन्तरता दिने क्रममा भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्रीको दोस्रो खेप हस्तान्तरण गरे । काठमाडाैंस्थित रहेकाे भारतीय दूतावासका अनुसार अत्यावश्यक सरसफाई सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको राहत सामाग्री हस्तान्तरण गरिएकाे हाे । राहत सामाग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । हालै आएको बाढी…
Read More
चिनियाँ ठेकेदारले काम राेकेपछि नारायणगढ-बुटवल सडकमै पसायाे धान

चिनियाँ ठेकेदारले काम राेकेपछि नारायणगढ-बुटवल सडकमै पसायाे धान

काठमाडाैं । चिनियाँ ठेकेदारले काम रोकेपछि नारायणगढ-बुटवल सडकमै धान फलेको छ । विस्तारको काम रोकिएपछि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ५ मा पर्ने सडक क्षेत्रका खाल्डामा धान फलेको देखिन्छ । गत असारदेखि नै नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । नेपालीहरुका प्रमुख चाडब दशैं–तिहारका बेलामा पनि साँघुरो र खाल्डाखुल्डी सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । ठाउँ ठाउँमा ठेकेदारले बनाउनका लागि भनेर सडक भत्काएर छाडेको छ तर नबनाउँदा झनै हैरानी, सास्ती र घण्टौ जाममा बस्नुपर्छ । केही दिन अगाडि मात्रै दाउन्नेमा सडक भासिँदा तीन दिनसम्म जाम सहनुपरेको थियो । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड…
Read More
बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत

बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत

काठमाडौं । बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्‍याएको हो। भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ। हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह सहभागी थिए। राहत सामग्रीमा टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल रहेको भारतीय दूतावासले जनाएको छ। दूतावासका अनुसार भारत सरकारले पहिलो खेपमार्फत उक्त राहत सामग्री हस्तान्तरण गरेको हो। अर्को खेमा अत्यावश्यक सरसफाइ सामाग्री र औषधी रहने जनाएको छ। नेपालमा विपत्ति आउँदा भारतले 'छिमिकी फर्स्ट'अभियान अन्तर्गत सहयोग गर्दै…
Read More
ठमेलमा जुवा खेलिरहेका पाँच चिनियाँ २४ लाखसहित पक्राउ

ठमेलमा जुवा खेलिरहेका पाँच चिनियाँ २४ लाखसहित पक्राउ

काठमाडाैं । ठमेलमा जुवा खेलिरहेका पाँच चिनियाँ नागरिक करिब २४ लाख रुपैयाँसहित पक्राउ परेका छन्। ज्याठास्थित वाङ स्युयाछयाङले सञ्चालन गरेको क्वान छी होटेल एन्ड रेस्टुरेन्टमा छापा हानी प्रहरीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उनीहरू फिस सुट नामक जुवा खेल्दै आएका थिए। प्रहरीले २३ लाख ९८ हजार नगद, दुईवटा माजोङ सेट र ३६० वटा गोटीहरू बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध कारबाही अघि बढाएको छ।
Read More
भारतीय सेनाका मेजर जनरल देवगनले भने- नेपाल भ्रमण सफल र फलदायी भयो

भारतीय सेनाका मेजर जनरल देवगनले भने- नेपाल भ्रमण सफल र फलदायी भयो

काठमाडौं । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन नेपालको ६ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। असोज १४ गते नेपालका भ्रमणका लागि काठमाडौं आइपुगेका ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगन शनिबार स्वदेश फर्किएका हुन्। नेपालका भ्रमणका क्रममा देवगनले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने विषयमा छलफल भएको थियो। भारतीय दूतवासका अनुसार उनीहरूबीच दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो। त्यस्तै देवगनले पोखरा भ्रमण पनि गरेका थिए। पोखरामा भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरिएको दूतावासले जनाएको छ। नेपाल भ्रमणका क्रममा…
Read More
बाढीपीडितलाई सहयोग गर्न  नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री

बाढीपीडितलाई सहयोग गर्न नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री

काठमाडाैं । चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो । चीनको विदेश विभागले १ करोड ९० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए । काँग्रेसका मधु आचार्य, एमालेका गोपाल खनाल, नेकपा एकीकृतका रामकुमार भट्टराई र माओवादीका प्रतिनिधिले राहत ग्रहण गरे । अन्य दलमार्फत पनि राहत उपलब्ध गराउने चिनियाँ प्रतिनिधिले जानकारी दिए । राहत सामग्रीमा घरायसी कामका किट्स, ठुला टेन्ट, स्वास्थ्य उपकरण, मिनरल वाटर, खाद्यान्न लगायत छन् । आज प्रदान गरिएको सामग्री काठमाडौं १२ का…
Read More
स्वास्थ्यमन्त्री पौडेलले भने – विपदमा परेर घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गर्छ

स्वास्थ्यमन्त्री पौडेलले भने – विपदमा परेर घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गर्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीहरूको अवस्थाबारे जानकारी लिन पुगेका स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले विपदमा परेका नागरिकलाई निःशुल्क उपचार गरिने बताए। विपदबाट घाइते भएका बिरामीहरूको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार जारी रहेको पनि स्वास्थ्यमन्त्री पौडेलले बताए। घाइते भएर उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने स्वास्थ्यमन्त्री पौडेलको भनाई छ । निजी अस्पतालाहरूलाई पनि विपदमा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न आग्रह गरेको उनले बताए ।
Read More
काठमाडौंमा मनाइयो विश्व अहिंसा तथा गान्धी दिवस

काठमाडौंमा मनाइयो विश्व अहिंसा तथा गान्धी दिवस

काठमाडाैं । आज अक्टोबर २ विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गान्धी जयन्ती तथा विश्व अहिंसा दिवसका अवसरमा बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासले विशेष कार्यक्रम गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दूतावास परिसरमा रहेको महात्मा गान्धीको शालीकमा माल्यार्पण गरेका छन् । उनले त्यसक्रममा महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरे । उक्त क्रममा चर्चित ब्यान्ड सुरसुधाकी सरस्वती खत्रीले महात्मा गान्धीको समर्पणमा सांगीतिक प्रस्तुति दिएकी छन् । यो दिवसको कार्यक्रममा नेपाल चर्खा प्रचारक गान्धी-तुलसी स्मारक महागुठीका सदस्यहरू पनि सहभागी भएका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.