५९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोटसहित तीन जना पक्राउ
मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठुलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनीबेशी नगरपालिका-१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ बस्ने फुन्चुदोर्जे तामाङ र निजका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेका छन् । शुक्रबार राति ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सामानहरूमा इलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५…
