समाज

अपेक्षाअनुसार चिनियाँ औद्योगिक उत्पादन बढेन

अपेक्षाअनुसार चिनियाँ औद्योगिक उत्पादन बढेन

काठमाडौं । चिनियाँ औद्योगिक उत्पादनमा अपेक्षाअनुसारको वृद्धि नभएको पाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत अगस्ट महिनामा अघिल्लो वर्षको तुलनामा औद्योगिक उत्पादन केबल ४.५ प्रतिशतले बढेको छ ।यो वृद्धिदर गत मार्चयताकै सबैभन्दा सुस्त हो । घरजग्गा बजारमा मन्दी छाइरहेका बेला यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । चीनमा घरजग्गाको मूल्य लगातार घटिरहेको छ । चिनियाँ अर्थतन्त्रमा उपभोक्ताको विश्वासमा पनि कमी आइरहेको पाइएको छ । यसले गर्दा उपभोग्य वस्तुको मागमा पनि अपेक्षा अनुसार वृद्धि हुन सकेको छैन । चीनमा बेरोजगारी दर पनि ५ प्रतिशत रहेको देखिएको छ । बेरोजगारी दरलाई नियन्त्रण गर्नका लागि चीनले नयाँ कार्यक्रम घोषणा गर्ने…
Read More
१२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर

१२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं |भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाइने भएको छ । कूल अनुमानित ४७.४ करोड रुपैयाँ लागतको उक्त परियोजनाका लागि नेपालस्थित भारतीय राजदूतावास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शुक्रबार समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । १२ वटा परियोजनामा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माण, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित श्री स्वर्णन्तरल आधारभूत विद्यालय भवनको निर्माण, भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठानको भवन निर्माण, दैलेखको दुल्लु नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माण रहेका छन् । यस्तै सप्तरीको खुरुङ्गा नगरपालिकास्थित श्री…
Read More
चिनियाँलाई नेपाली नागरिकता दिने नासु पक्राउ

चिनियाँलाई नेपाली नागरिकता दिने नासु पक्राउ

काठमाडाैं । एक चिनियाँलाई नेपाली नागरिकता बेचेको आरोपमा जिल्ला प्रशासन कार्यालय, धादिङका नायब सुब्बा कृष्णप्रसाद थपलिया पक्राउ परेका छन् । यसअघि पक्राउ परेकाको बयानका आधारमा धादिङ प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो । उनको नागरिकतामा अधिकृत छत्र अधिकारीले हस्ताक्षर गरेका छन् । चीनको तिब्बत घर भएका सोनाम तामाङले चार लाख खर्च गरेर जिल्ला प्रशासन, धादिङबाट नागरिकता लिएको खुलेपछि कर्मचारी पनि छानबिनमा तानिएका हुन् । जिल्ला प्रशासनका कर्मचारीलाई ५० हजार रुपैयाँ घुस दिएर सम्बन्धित व्यक्तिसमेत उपस्थित नभई नागरिकता लिएको खुलेको छ । प्रहरीले सोनामसहित पाँचजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले सोनामसहितका व्यक्तिलाई गत ४ असोजमा बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनी चिनियाँ…
Read More
चार लाख रुपैयाँमा चिनियाँलाई घरमै नागरिकता

चार लाख रुपैयाँमा चिनियाँलाई घरमै नागरिकता

काठमाडाैं । एक चिनियाँ युवक जिल्ला प्रशासन कार्यालयमा समेत उपस्थित नभई नेपाली नागरिकता लिन सफल भएका छन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारेर नागरिकता लिएको प्रहरी अनुसन्धानमा खुलेको हो । चीनको तिब्बत घर भएका सोनाम तामाङले जिल्ला प्रशासन धादिङबाट गत असारमा नागरिकता लिएका थिए । नागरिकता प्राप्त गर्ने सोनामले जिल्ला प्रशासनमा उपस्थित नै नभई त्यहाँका कर्मचारीलाई ५० हजार घुस दिएर नागरिकता लिएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोनामसहित पाँचजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले सोनामसहितका व्यक्तिलाई गत ४ असोजमा बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनी चिनियाँ नागरिक रहेकोमा नेपाली नागरिकता भेटिएपछि प्रहरीले छानबिन गर्दा २६–०१–८१–०३२१७…
Read More
जुवाखालबाट पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

जुवाखालबाट पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडाैं । झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धादिङ नेत्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१० मनमैजु बस्ने ३१ वर्षीय मदनबहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौं महानगरपालिका–६ महाङ्काल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दी शेर्पालाई पक्राउ गरिएको हो । जुवासम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका चीनको स्वशासित क्षेत्र तिब्बतका सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद…
Read More
काठमाडाैंमा चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ

काठमाडाैंमा चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ

काठमाडौं । चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार चिनियाँ, एक भारतीय र दुई नेपाली नागरिकहरु छन् । चीनको तिब्बतस्थित आम्दो घर भएका २४ वर्षीय सोनाम तामाङ, तिब्बतस्थित ल्हासा घर भएका ३० वर्षीय नोर्बु साम्देन, तिब्बतस्थित सिगाचे घर भएका २७ वर्षीय दासाङ, चीनको सिचुवान प्रान्त सिनुहा टाउन घर भएका ४५ वर्षीय विई चुनलिन, भारतीय नागरिक जाम्पा खेदुप, नेपालीहरु काठमाडौं-६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका-४ घर भएका ३५ वर्षीय लोप्साङ लामा पक्राउ परेका हुन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…
Read More
पोखरा एयरपोर्टमा अनियमितता भएको भन्दै प्रदर्शन, प्रदीप अधिकारीको राजीनामा माग

पोखरा एयरपोर्टमा अनियमितता भएको भन्दै प्रदर्शन, प्रदीप अधिकारीको राजीनामा माग

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागिएको छ । राष्ट्रिय एकता अभियान नेपालको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रदर्शन गरिएको हो । अभियानले महानिर्देशकले भ्रष्टाचार गरेको आरोप सहित बर्खास्तीको माग गरिएको छ । उद्घाटन भएर आन्तरिक उडान मात्रै भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा प्राधिकरण सहित उच्च पदस्थ व्यक्तिहरूको भूमिका रहेको प्रदर्शनमा सहभागीहरूको आरोप छ । अधिकारीको पालामा भएको भ्रष्टाचारको सबै जिम्मा उनैले लिनुपर्ने अध्यक्ष विनय यादवले आरोप लगाए । अधिकारी महानिर्देशकमा रहिरहँदा छानबिन प्रभावित हुने भएकाले तत्काल बर्खास्त गरिनुपर्ने यादवको माग छ । उनीहरूले विमानस्थललाई वीआरआईको हिस्सा भनेर बदनाम गरिएको…
Read More
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न माग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आइतबार पोखरामा विभिन्न क्षेत्रका कार्यकर्ताले प्रदर्शन गरेका छन् । नेपाल हिन्दू संघीय गणतन्त्र हुनुपर्छ भन्ने वकालत गर्ने नेपाली हिन्दू कार्यकर्ताहरुको सङ्गठन राष्ट्रिय एकता अभियानले पोखरामा उक्त प्रदर्शन गरेको हो । उनीहरुले भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई पदबाट हटाउन पनि माग गरेका छन् । अभियानका अनुसार प्रदर्शनकारीले ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुहोस्’, ‘विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर्नुहोस्’, ‘क्यानका भ्रष्ट डीजीलाई हटाउनुहोस्’ र ‘चिनियाँ राजदूतलाई कूटनीतिक नोट लेख्नुहोस्’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले विमानस्थल निर्माणका लागि…
Read More
गैरकानुनी क्रिप्टो र कल सेन्टरमा चिनियाँ नागरिकको संलग्नता

गैरकानुनी क्रिप्टो र कल सेन्टरमा चिनियाँ नागरिकको संलग्नता

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको एकान्तकुनास्थित कल सेन्टरमा छापा मारेपछि नयाँ तथ्य बाहिरिएको छ । यो गिरोहको आपराधिक पृष्ठभूमि दुबईसम्म जोडिएको छ । पक्राउ परेकामध्ये चिनियाँ नागरिक डिङ जिआहोङ र लिन क्वीङजिन यसअघि दुबईमा कल सेन्टर र क्रिप्टो कारोबार गरेकै आरोपमा पक्राउ परी डिपोर्ट भएका अभियुक्त हुन् । दुबईमा ३ सय ५० जना नेपाली, भारतीय र अफ्रिकनमूलका नागरिकलाई यी २ चिनियाँ नागरिकले ‘लीड’ गर्थे । अपार्टमेन्ट भाडामा लिएर कल सेन्टर चलाउँदा एक अफ्रिकीले पैसाको लफडा झिकेपछि उसलाई अपार्टमेन्टको छतबाट धकेलेर हत्या गरिदिएपछि डिङ र लिनको गिरोह दुबई प्रहरीको नियन्त्रणमा पुगेको थियो । तत्कालीन समयमा दुबई…
Read More
भारत सरकारको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण

भारत सरकारको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण

काठमाडौं । भारत सरकारको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. १.१३ करोड आर्थिक सहयोगमा भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवन निर्माण गरिएको हो । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण गरिएको भवनको सोमवार भक्तपुर क्षेत्र नं २, प्रतिनिधि सभाका माननीय सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख सरिता तिमसिना (भट्टराई) र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको भारतीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.