सुरक्षा/अपराध

बनेपाबाट बोधिचित्त चोरी, तीन जना पक्राउ

बनेपाबाट बोधिचित्त चोरी, तीन जना पक्राउ

काठमाडौं । बनेपा नगरपालिका–१० रेशम मार्गस्थित भवानी पाण्डेको कम्पाउण्डमा रहेको बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय विवेक लामा, २० वर्षीय मिलन मोक्तान र १९ वर्षीय लबाङ तामाङ छन्। उनीहरू शनिबार राति १ः२० तिर पाण्डेको घरमा पुगेर बोधिचित्तको दाना टिपेर भागेका थिए । भोलिपल्टै पीडितले घरबाट ८ लाख बराबरको बोधिचित्त चोरी भएको दाबी गर्दै इलाका प्रहरी कार्यालय बनेपामा उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातीले भने–‘सिसिटिभी फुटेज हेर्दा राति १ बजेतिर तीन जना आएर दाना टिपेको देखियो ।’ त्यही सिसिटिभी…
Read More
रोमानिया र सर्बिया पठाइदिने भन्दै एक करोड ८३ लाख ठगी गर्ने दुई जना पक्राउ

रोमानिया र सर्बिया पठाइदिने भन्दै एक करोड ८३ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–६ का ३२ वर्षीय रोहन उर्फ फिन्चु लामा र संखुवासभा खाँदबारी नगरपालिका–३ का २९ वर्षीय उत्तम खड्का रहेका छन्। फिन्चु लामा काठमाडौं महानगरपालिका–६ मा बसोबास गर्दै आएका थिए भने खड्का कागेश्वरी मनोहरा नगरपालिका–८ मा बस्दै आएका थिए। लामाले लिथुआनिया, रोमानिया लगायतका देशमा पठाइदिने भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रुपैयाँ ठगेको र खड्काले सर्बिया पठाउने नाममा १ जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध…
Read More
ठमेलमा पर्यटकमाथि लुटपाट गर्ने तीन जना पक्राउ

ठमेलमा पर्यटकमाथि लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौं । राजधानीको मुख्य पर्यटकीय स्थल ठमेलमा लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका–१० श्रृजना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन्। उनीहरूलाई भारतीय पर्यटकमाथि लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरू काठमाडौं महानगरपालिका–१६ ठमेल क्षेत्रमा पर्यटकलाई होटल खोज्न सहयोग गर्छौं भनेर विश्वासमा पारेर गोंगबुस्थित ध्रुव तारा कम्प्लेक्सको छैठौँ तलामा पुर्‍याई कुटपिट र लुटपाट गरी फरार भएका थिए। घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको…
Read More
युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

भोजपुर । भोजपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राईलाई रहेका छन् । उनीहरूले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
यी चार निर्माण कम्पनी कालोसूचीमा

यी चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले कालो सूचीमा राखिएको जानकारी दिएको हो । कार्यालयले आज जारी गरेको सूचनाअनुसार लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको शिवम् कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति भएको काठमाडौंको डि.जी. इगल कन्स्ट्रक्सन र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स कालोसूचीमा परेका हुन् । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन-२०६३ को दफा ६३…
Read More
घुस लिँदालिँदै पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिँदालिँदै पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, विनोद अधिकारी, प्रदिप पौडेल, आशिषराज बस्नेत र बिचौलि दिनेश बन्जारावविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारको टोलीले नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी बन्जरा र अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेकनो थियो । जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान शुरू गरेको थियो । ५जनाउपर घुस लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।…
Read More
थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी

थापाथलीको प्रसूति गृहबाट बच्चा चोरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएकी हुन् । काभ्रेकी एक महिलाको २६ दिनअघि जन्मिएकी छोरी चोरी भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटना शुक्रबार दिउँसो साढे १२ बजेतिरको हो । अहिले प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ।
Read More
अन्तर्राष्ट्रिय कल बाइपास गर्ने उपकरणसहित दुई पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने उपकरणसहित दुई पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कल बाइपास गर्ने उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ। सीआईबीले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खानलाई पक्राउ गरेको हो । उनीहरुलाई पोखरा महानगरपालिका ११, सिद्धेश्वरमार्गबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार, अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई १२८ पोर्ट क्षमताको डिभाइससहित पक्राउ गरेको हो । उनीहरुको साथबाट एनसेलको प्रयोग नभएको सीम कार्ड २०९ वटा, भीओआईपी गेटवे ६४ पोर्टको दुई वटा लगायत बरामद भएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध दूरसञ्चार…
Read More
गृह मन्त्रालयका प्रवक्ता सिआइबी छानबिनमा

गृह मन्त्रालयका प्रवक्ता सिआइबी छानबिनमा

काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता रहेका सहसचिव नारायण प्रसाद भट्टराई प्रहरीको छानबिनमा तानिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले नक्कली लाइसेन्स प्रकरणमा सहसचिव भट्टराईमाथि समेत छानबिन थालेको हो । भट्टराई यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा यातायात कार्यालयबाट नक्कली लाइसेन्स जारी भएको थियो । सवारी दुर्घटना गराएर हिरासतमा रहेका व्यक्तिलाई उनकै कार्यालयमा गाडिको लाइसेन्स बनाइएको थियो । मोटरसाइकलको मात्र लाइसेन्स भएका शशांक बस्यालले चलाएको गाडिको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि उनले ५ लाख खर्च गरी हिरासतमै रहेका बेला यातायात कार्यालयको सेटिङमा गाडिको समेत लाइसेन्स बनाएका थिए । जून घटनामा सहसचिव भट्टराईसहित मुछिएका हुन् । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्ससम्बन्धि छानबिन प्रतिवेदनसहित सिआइबीलाई…
Read More
सम्बन्ध बिग्रेपछि महिलाको गोप्य तस्बिर परिवारलाई पठाउने थापा पक्राउ

सम्बन्ध बिग्रेपछि महिलाको गोप्य तस्बिर परिवारलाई पठाउने थापा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर-४ घर भई काठमाडौं टोखा नगरपालिका वडा नम्बर-११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा छन्। थापा र ती पीडित महिला सामाजिक सञ्जालमार्फत साथी बनेका थिए। त्यसक्रममा उनीहरूबीच लामो समय कुराकानी भएपछि मेसेन्जरमा गोप्य फोटो तथा भिडिओ सामग्री साटासाट भएको थियो। तर सम्बन्ध बिग्रिएपछि भने थापाले पीडितको चरित्र हत्या गर्न आफन्तलाई ती तस्बिर र भिडिओ पठाएको पाइएको साइबर ब्यूरोले जनाएको छ । यसरी सामाजिक तथा व्यक्‍तिगत जीवनमा गम्भीर असर हुने गरी चरित्र हत्या गरेको भन्दै पीडितले ब्यूरोमा जाहेरी दिएकी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.