घुस लिँदालिँदै पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, विनोद अधिकारी, प्रदिप पौडेल, आशिषराज बस्नेत र बिचौलि दिनेश बन्जारावविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारको टोलीले नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी बन्जरा र अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेकनो थियो । जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान शुरू गरेको थियो । ५जनाउपर घुस लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।…