खेलकुद

नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, २ खेलाडी परिवर्तन

नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, २ खेलाडी परिवर्तन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान नेपालले टस जितेर बलिङ रोजेको हो । कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस्तो छ नेपालको प्लेइङ-११ आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, ललितनारायण राजवंशी ।
Read More
भारतले तोड्यो नेपालका यी तीन विश्व कीर्तिमान

भारतले तोड्यो नेपालका यी तीन विश्व कीर्तिमान

काठमाडौं । भारतीय क्रिकेट टिमले अफगानिस्तानविरुद्धको खेलमा नेपालले बनाएका तीन विश्व कीर्तिमान तोडेका छ । भारतले तेस्रो तथा अन्तिम टी-२० आई खेलमा अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा रोमान्चक जीत हात पार्ने क्रममा नेपालका तीन विश्व कीर्तिमान तोडेको हो । भारतले अन्तिम दुई ओभरमा ५८ रन जोडेको थियो । यसअघि गत सेप्टेम्बरमा चीनमा भएको १९ औं एसियाली खेलकुलमा मंगोलियाविरुद्ध नेपालले अन्तिम २ ओभरमा ५५ रन जोडेको थियो । यस्तै, भारतले डेथ ओभर अर्थात अन्तिम पाँच ओभरमा अफगानिस्तानविरुद्ध १०५ रन जोड्यो । यसअघि मंगोलियाविरुद्ध नेपालले डेथ ओभरमा जोडेको ८९ रन नै सर्वाधिक थियो । टी-२० आईमा पाँचौं विकेटका लागि नेपाली खेलाडीले गरेको उच्च…
Read More
युएईलाई हराउँदै नेपाल टि-२० विश्वकपमा

युएईलाई हराउँदै नेपाल टि-२० विश्वकपमा

काठमाडौं । नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ । नेपालले १० वर्षपछि टि-२० विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५२ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३…
Read More
एक सय ३५ रनको सामान्य चुनौती पछ्याएको नेपालको आक्रामक शुरुआत

एक सय ३५ रनको सामान्य चुनौती पछ्याएको नेपालको आक्रामक शुरुआत

काठमाडौँ । दोस्रो पटक विश्वकप टी–२० खेल्न आतुर रहेको नेपालले अहिले चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेलिरहेको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि नेपालले १३५ रनको सामान्य चुनौती पछ्याइरहेको छ । नेपालले आक्रामक शुरुआत गरेको छ । सो क्रममा ३ ओभरमा २६ रन जोड्दा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल व्यक्तिगत ११ रन बनाएर आउट भएका छन् । यसअघि टस जितेर यूएईले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रन बनायो । भृत्तिय अरविन्दले सर्वाधिक ६४ रन बनाए । त्यस्तै कप्तान मुहम्मद वासिमले २६ तथा अलिशान शराफूले १६ रन जोडे । नेपालका लागि कुशल मल्लले ११ रन खर्चेर ३…
Read More
भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरिन स्पोर्टस्बाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । दूतावासमा आयोजित एक कार्यक्रमबिच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन् । दूतावासमा नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूका लागि स्वागत समारोहको आयोजना गरिएको थियो । उक्त कार्यक्रममाती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेसन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । यता नेपाली…
Read More
भारतले जित्यो अष्ट्रेलियाविरुद्ध टी-ट्वान्टी सिरिज

भारतले जित्यो अष्ट्रेलियाविरुद्ध टी-ट्वान्टी सिरिज

एजेन्सी । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ । हैदराबादमा आइतवार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जीत निकाल्दै भारतले सिरिज जितेको हो । तीन खेलको टी-ट्वान्टी सिरिज भारतले २-१ ले जितेको हो । पाहुना टोलीले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो ।
Read More
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेपछि बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो । गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।
Read More
फिफाद्वारा भारतलाई प्रतिबन्ध

फिफाद्वारा भारतलाई प्रतिबन्ध

काठमाडाैँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले एआईएफएफलाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू-१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको…
Read More
आईपीएल : राजस्थानलाई ३७ रनले पराजित गर्दै गुजरात शीर्ष स्थानमा

आईपीएल : राजस्थानलाई ३७ रनले पराजित गर्दै गुजरात शीर्ष स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो । गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । यस जीतसँगै गुजरातले ५ खेलमा ८ अंक जोडेको छ । गुजरातको यो चौंथो जीत हो ।
Read More
विश्व कप क्रिकेट लिग–२ : नेपाल र यूएईको खेल आज

विश्व कप क्रिकेट लिग–२ : नेपाल र यूएईको खेल आज

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ ।खेल नेपाली समय अनुसार बिहान सवा एघार बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ । यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो । अङ्क तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.