खेलकुद

भारतद्वारा नेपाली यू-१९ क्रिकेट खेलाडीहरूलाई भोपालमा एक महिनाको प्रशिक्षण अवसर

भारतद्वारा नेपाली यू-१९ क्रिकेट खेलाडीहरूलाई भोपालमा एक महिनाको प्रशिक्षण अवसर

काठमाडाैं । युवा विकास र खेल कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले भारतको काठमाडौंस्थित राजदूतावासले नेपाली यू-१९ क्रिकेट खेलाडीहरूलाई भोपालमा एक महिनाको व्यावसायिक प्रशिक्षणको व्यवस्था गरेको छ। ‘नेपाली युवाहरूका लागि राजदूत क्रिकेट फेलोशिप’ अन्तर्गत, जुन २०२५ मा भारतीय दूतावासले घोषणा गरेको कार्यक्रमअनुसार, तीन नेपाली यू-१९ खेलाडीहरू—नरेन भट्ट, साहिल पटेल र पूजा महतो—२०२५ जुलाई १५ देखि अगस्ट १४ सम्म एल.बी. शास्त्री क्रिकेट शाला, भोपालमा प्रशिक्षणमा सहभागी हुनेछन्। यो कार्यक्रमले नेपाली क्रिकेट प्रतिभालाई प्रवर्द्धन गर्नुका साथै क्रिकेटप्रति साझा मोहमार्फत भारत र नेपालबीचको जनस्तरीय सम्बन्धलाई थप प्रगाढ बनाउने लक्ष्य राखेको छ। खेलाडीहरूलाई प्रशिक्षणको शुभकामना दिंदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज क्रिकेट संघ नेपाल…
Read More
भारतीय राजदूत क्रिकेट प्रतियोगिता–२०२५ सम्पन्न

भारतीय राजदूत क्रिकेट प्रतियोगिता–२०२५ सम्पन्न

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले यही जेठ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासङ्घ, ‘कर्पोरेट हाउस’हरु र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व गर्ने टोलीहरुको उत्साहजनक सहभागिता रहेको थियो । नेपालका लागि भारतीय राजदूत, बेलायती राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव, दक्षिण एसिया महाशाखाको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियो । एक हप्ताको उत्साहजनक र मैत्रीपूर्ण प्रतिस्पर्धापछि आज एक रोमाञ्चक फाइनल म्याचसँगै प्रतियोगिता सम्पन्न भएको हो । सो खेलमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोराको टोलीसँग प्रतिस्पर्धा गर्‍यो । फाइनलपछि…
Read More
नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, २ खेलाडी परिवर्तन

नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, २ खेलाडी परिवर्तन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान नेपालले टस जितेर बलिङ रोजेको हो । कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस्तो छ नेपालको प्लेइङ-११ आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, ललितनारायण राजवंशी ।
Read More
भारतले तोड्यो नेपालका यी तीन विश्व कीर्तिमान

भारतले तोड्यो नेपालका यी तीन विश्व कीर्तिमान

काठमाडौं । भारतीय क्रिकेट टिमले अफगानिस्तानविरुद्धको खेलमा नेपालले बनाएका तीन विश्व कीर्तिमान तोडेका छ । भारतले तेस्रो तथा अन्तिम टी-२० आई खेलमा अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा रोमान्चक जीत हात पार्ने क्रममा नेपालका तीन विश्व कीर्तिमान तोडेको हो । भारतले अन्तिम दुई ओभरमा ५८ रन जोडेको थियो । यसअघि गत सेप्टेम्बरमा चीनमा भएको १९ औं एसियाली खेलकुलमा मंगोलियाविरुद्ध नेपालले अन्तिम २ ओभरमा ५५ रन जोडेको थियो । यस्तै, भारतले डेथ ओभर अर्थात अन्तिम पाँच ओभरमा अफगानिस्तानविरुद्ध १०५ रन जोड्यो । यसअघि मंगोलियाविरुद्ध नेपालले डेथ ओभरमा जोडेको ८९ रन नै सर्वाधिक थियो । टी-२० आईमा पाँचौं विकेटका लागि नेपाली खेलाडीले गरेको उच्च…
Read More
युएईलाई हराउँदै नेपाल टि-२० विश्वकपमा

युएईलाई हराउँदै नेपाल टि-२० विश्वकपमा

काठमाडौं । नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ । नेपालले १० वर्षपछि टि-२० विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५२ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३…
Read More
एक सय ३५ रनको सामान्य चुनौती पछ्याएको नेपालको आक्रामक शुरुआत

एक सय ३५ रनको सामान्य चुनौती पछ्याएको नेपालको आक्रामक शुरुआत

काठमाडौँ । दोस्रो पटक विश्वकप टी–२० खेल्न आतुर रहेको नेपालले अहिले चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेलिरहेको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि नेपालले १३५ रनको सामान्य चुनौती पछ्याइरहेको छ । नेपालले आक्रामक शुरुआत गरेको छ । सो क्रममा ३ ओभरमा २६ रन जोड्दा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल व्यक्तिगत ११ रन बनाएर आउट भएका छन् । यसअघि टस जितेर यूएईले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रन बनायो । भृत्तिय अरविन्दले सर्वाधिक ६४ रन बनाए । त्यस्तै कप्तान मुहम्मद वासिमले २६ तथा अलिशान शराफूले १६ रन जोडे । नेपालका लागि कुशल मल्लले ११ रन खर्चेर ३…
Read More
भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरिन स्पोर्टस्बाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । दूतावासमा आयोजित एक कार्यक्रमबिच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन् । दूतावासमा नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूका लागि स्वागत समारोहको आयोजना गरिएको थियो । उक्त कार्यक्रममाती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेसन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । यता नेपाली…
Read More
भारतले जित्यो अष्ट्रेलियाविरुद्ध टी-ट्वान्टी सिरिज

भारतले जित्यो अष्ट्रेलियाविरुद्ध टी-ट्वान्टी सिरिज

एजेन्सी । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ । हैदराबादमा आइतवार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जीत निकाल्दै भारतले सिरिज जितेको हो । तीन खेलको टी-ट्वान्टी सिरिज भारतले २-१ ले जितेको हो । पाहुना टोलीले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो ।
Read More
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेपछि बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो । गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।
Read More
फिफाद्वारा भारतलाई प्रतिबन्ध

फिफाद्वारा भारतलाई प्रतिबन्ध

काठमाडाैँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। फिफाले एआईएफएफलाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू-१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.