खेलकुद

लिभरपुलको कठिन जित

लिभरपुलको कठिन जित

काठमाडौँ- फाविन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलेविरुद्ध १-० को जित निकालेको छ । जितसँगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछि लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ । बर्नले २१ खेलबाट १४ अंकसहित तालिकाको तालिकाको पुछारमा छ । गएराति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेको हो ।
Read More
रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

काठमाडौं – एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरियो । यस अघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो । अब, फाइनल प्रवेशका लागि बिल्वाओले भ्यालेन्सियाको सामना गर्नेछ ।
Read More
आईपीएल : लिलामीको अन्तिम सूचीमा नेपालबाट सन्दीप मात्र

आईपीएल : लिलामीको अन्तिम सूचीमा नेपालबाट सन्दीप मात्र

काठमाडौँ : भारतीय क्रिकेट बोर्डले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीमा भाग लिने ५९० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक गरिएको १ हजार २१४ जना खेलाडीको सूचीमा नेपालबाट १५ जना खेलाडी रहेकोमा अन्तिम सूचीमा भने एक जना खेलाडीमात्र पर्न सफल भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र यो सूचीमा अट्न सफल भएका हुन् । उनको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । ५९० जनाको सूचीमा ३५५ जना अनक्याप्ड र २२८ जना क्याप्ड खेलाडी रहेका छन् । दुई दिनसम्म चल्ने लिलामीमा १० टोलीले भाग लिनेछन् । यसमा ७ एसोसिएट राष्ट्रका खेलाडीहरूले…
Read More
मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्ने टोलीको घोषणा

मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्ने टोलीको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेका छन् । अल्मुताइरीले सोमबार दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् । उनको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् भने मनिष डाँगी र दर्शन गुरुङ समावेश छन् । नेपालले मङ्गलबार (भोलि) त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मोरिसससँग खेल्ने छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले मोरिससलाई १-० ले हराएको थियो । नेपाली टोली : किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ,…
Read More
क्रिकेट खेलाडीको वर्गीकरण : सन्दीपसँगै ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण ‘ए’ ग्रेडमा

क्रिकेट खेलाडीको वर्गीकरण : सन्दीपसँगै ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण ‘ए’ ग्रेडमा

काठमाडौं । नेपाल क्रिकेट संघले खेलाडीको वर्गीकरण गरेको छ। बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुवन्ध गर्ने निर्णय गरेको जनाएको छ । पुरुष खेलाडीहरू तर्फ ग्रेड ए - सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसी ग्रेड बि - कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी ग्रेड सी - कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ महिला खेलाडीहरू तर्फ ग्रेड ए - रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र…
Read More
आर्सनललाई हराउँदै लिभरपुल कारबाओ कपको फाइनलमा

आर्सनललाई हराउँदै लिभरपुल कारबाओ कपको फाइनलमा

लिभरपुल कारबाओ कपको फाइनलमा पुगेको छ। बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनलमाथि २–० को जित हात पार्दै लिभरपुलले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। आर्सनलमाथि जित निकाल्ने क्रममा लिभरपुलका डिओगो जोटाले दुई गोल गरे। उनले खेलको १९ र ७७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। मोहम्मद सलाह र साडियो मानेजस्ता खेलाडी विना नै मैदानमा उत्रिएको लिभरपुलका लागि जोटाले महत्वपूर्ण गोल गरेका हुन्। यसअघि पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए। लिभरपुल ६ वर्षमा पहिलोपटक कारबाओ कपको फाइनलमा पुगेको हो। चेल्सी यसअघि नै कारबाओ कपको फाइनलमा पुगिसकेको छ।
Read More
एपीएफ प्रधानमन्त्री कप च्याम्पियन

एपीएफ प्रधानमन्त्री कप च्याम्पियन

कोभिड–१९ प्रभावित फाइनलमा दुवै टोलीका केही प्रमुख खेलाडी अनुस्थित थिए । एपीएफका कमलसिंह ऐरी तथा पुलिसका करण केसी र कुशल भुर्तेल ‘स्वास्थ्य समस्या’का कारण सेमिफाइनलदेखि नै खेलमा थिएनन् । ‘कोरोना महामारीको असर सबैतिर परेको छ । महामारीको जोखिमबीच पनि क्रिकेट भने रोकिएन । प्रतियोगिता सम्पन्न हुनु नै ठूलो कुरा भयो,’ विजेता एपीएफका कप्तान शरद भेषावकरले भने । फाइनलमा पुलिसका दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन छायाँमा पार्दै एपीएफ उपाधि उचाल्न सफल रह्यो । रााष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रम र बजेटमा आयोजना हुँदै आएको प्रधानमन्त्री कपको अघिल्लो तीन संस्करण एकदिवसीय संरचनामा भएको थियो । एपीएफ पहिलो संस्करणको उपाधि विजेता हो । यो प्रतियोगिताभर ब्याटिङ र बलिङमा सन्तुलित देखिएको एपीएफले…
Read More
लैनचौरको खुला चौरमा महानगरले बिछ्यायो कृत्रिम दुबो

लैनचौरको खुला चौरमा महानगरले बिछ्यायो कृत्रिम दुबो

काठमाडौं । एक वर्षअघि शान्ति मास्केलाई आफ्नो घर नजिकैको लैनचौर (काठमाडौं) मा ‘पार्क’ बन्दैछ भन्ने खबर सुन्दा कम्ता खुसी लागेको थिएन । अहिले तयार भएको लैनचौर देख्दा भने उनलाई लागिरहेको छ, ‘पार्क भनेर चौरलाई गाडीको पार्किङ पो बनाइदिए ।’ ‘यो चौर सधैं हिलो–धुलोले ग्रस्त हुन्छ, पार्क बन्ने भनेपछि हरियाली पार्ने रुख–विरुवा, दुबोको चौरको कल्पना गरेको थिएँ,’ उनी भन्छिन्, ‘अहिले त दुबो रोप्न बनाएको ठाउँमा त प्लास्टिकको दुबो ल्याएर बिछ्याए छन् ।’ उनले भनेको प्लाष्टिकको दुबो ‘कृत्रिम घाँसे मैदान’ हो । हुन पनि काठमाडौं महानगरपालिकाले दुग्ध विकास संस्थान र शान्तिविद्या उच्च माविको बीच भाग (मुख्य लैनचौर) मा तयार गरेको पार्क वातावरणीय…
Read More
सात मिनेटमा तीन गोल, रोमाविरुद्ध युभेन्ट्सको रोमाञ्चक जित

सात मिनेटमा तीन गोल, रोमाविरुद्ध युभेन्ट्सको रोमाञ्चक जित

काठमाडौं: सात मिनेटमा तीन गोल गर्दै इटालीयन सिरी ए मा युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली युभेन्ट्सले दोस्रो हाफमा ७ मिनेटमा ३ गोल गरेपछि तीन अंकसहित ११औँ जित निकालेको हो । १० खेलाडीमा सीमित युभेन्ट्सको जितमा कप्तान पाउलो ड्यबला, मानुयल लाकाटेली, डेजान कुलुसेभ्स्की, माटिया डीले १(१ गोल गरे । रोमाका लागि टमी इब्राहम, हेन्रिख एमखितार्यान र लोरेन्जो पेलेग्रीनीले १(१ गोल गरे । खेलको ८३औँ मिनेटमा लोरेन्जोले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा जोसे माउरिन्होको रोमा हार ब्यहोर्न बाध्य भयो । खेलको ८१औँ मिनेटमा माथिस डि लाईटले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा सीमित भयो…
Read More

बेन्जेमाले कोशेढुंगा पार गर्दा रियललाई ८ अंकको अग्रता, बार्सा रोकियो

करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा रियल ४-१ गोलअन्तरले विजयी भएको हो । खेलको ४३ औँ मिनेटमा बेन्जेमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाए भने दोस्रो हाफमा भिनिसियस जुनियरले दुई गोल थप्दै रियलको अग्रता फराकिलो बनाए । खेलको ७६ औँ मिनेटमा गोन्कालो गुइडेसले प्रहार गरेको पेनाल्टीलाई थियाबट कोर्टवाले रोके पनि रिबाउन्डमा गोल गर्दै उनले टोलीका लागि एक गोल फर्काए । खेलको अन्त्यतिर अर्को गोल गर्दै बेन्जेमाले रियलको जीत सुनिश्चित गरे । योसँगै बेन्जेमाले रियलका लागि सबै प्रतियोगितामा ३०१ गोल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.