रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान निर्माण कार्य सम्पन्न
पाेखरा । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ । निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालासँगै जोडिएको पश्चिमपट्टी यो अभ्यास मैदान निर्माण गरिएको छ । जारी बन्दाबन्दीका बीचमा निरन्तर काम गरेर मैदान समथर बनाउने, नाला निर्माण र मैदानमा दुबो रोप्ने काम सम्पन्न गरिएको हो । सो मैदानका लागि चालू आर्थिक वर्षमा युवा तथा खेलकूद मन्त्रालयले रु ९० लाख बजेट विनियोजन गरेको थियो । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबल पोखरामा खेलाइने भएपछि मुख्य रङ्गशालाको आडमा…