खेलकुद

स्पेनिस ला लिगामा एटलेटिकोको उत्कृष्ट प्रदर्शन

स्पेनिस ला लिगामा एटलेटिकोको उत्कृष्ट प्रदर्शन

काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले उत्कृष्ट प्रदर्शन गरेकाे छ। म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनालाई ५-० ले पराजित गरेको छ । एटलेटिकोको जीतमा फेलिक्सले दुई तथा अल्भारो मोराटा, मार्कोस लोरेन्टे र फरेरा करास्कोले १-१ गोल गरे । जीतसँगै एटलेटिकोले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । जीतसँगै अंक तालिकामा एटलेटिको चौथो स्थानमा उक्लिएको छ।
Read More
कोपा इटालियाको उपाधि नापोलीले जित्याे

कोपा इटालियाको उपाधि नापोलीले जित्याे

काठमाडौं । बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४-२ ले हराएको कोपा इटालियाको उपाधि जीतेको छ । टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए । युभेन्टसको लागि ड्यानीलोले गरेको दोस्रो प्रहार भने पोस्टभन्दा माथि आकासिएको थियो । तेस्रो प्रहारका रुपमा लिओनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले भने गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो । नापोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए ।
Read More
रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान निर्माण कार्य सम्पन्न

रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान निर्माण कार्य सम्पन्न

पाेखरा । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ । निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालासँगै जोडिएको पश्चिमपट्टी यो अभ्यास मैदान निर्माण गरिएको छ । जारी बन्दाबन्दीका बीचमा निरन्तर काम गरेर मैदान समथर बनाउने, नाला निर्माण र मैदानमा दुबो रोप्ने काम सम्पन्न गरिएको हो । सो मैदानका लागि चालू आर्थिक वर्षमा युवा तथा खेलकूद मन्त्रालयले रु ९० लाख बजेट विनियोजन गरेको थियो । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबल पोखरामा खेलाइने भएपछि मुख्य रङ्गशालाको आडमा…
Read More
विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा फेडेरर, मेस्सी तेस्रो स्थानमा

विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा फेडेरर, मेस्सी तेस्रो स्थानमा

काठमाडौं । टेनिस खेलाडी रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा परेका छन् । फेब्सले प्रत्येक बर्ष निकाल्ने सूचिअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् । फोब्सको नम्बर एक सूचिमा परेका उनले फुटबल स्टार लियोनल मेस्सीलाई उछिनेका छन् । ३८ बर्षका फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै चार स्थानमाथि उक्लिए । उनले विभिन्न प्रायोजकबाट ८१ मिलियन पाउण्ड प्राप्त गरे । क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सूचिमा…
Read More
‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

एजेन्सी। अधिकांश खेलाडीहरु कोरोना भाइरसको महामारी जारी नै रहेका बेला खेलमा फर्किन डराइरहेको म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जिया अग्युरोले बताएका छन्। कोरोना भाइरस संक्रमणपछि स्थगित लिगहरु सञ्चालन गर्नेबारेको छलफल शुरु भएपछि अग्युरोले खेलाडीमा अझै डर भएकाले मैदान फर्कन नचाहेको बताएका हुन् । इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु आउँदो जुन ८ देखि पुनः सुरु हुने अपेक्षा छ । त्यसका लागि खेलाडीहरु मे १८ सम्ममा पूर्ण प्रशिक्षणमा फर्किनु पर्ने हुन्छ । शीर्ष लिगका क्लबहरु बाँकी खेलहरु के गर्ने र सुरु गरे कहिलेदेखि सुरु गर्ने भन्ने बारे निर्णय गर्न शुक्रबार छलफलमा जुट्दै छन् । ३१ वर्षका अग्युरोले अर्जेन्टिनाको टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अहिलेको…
Read More
मोड्रिचले युरो कप खेल्ने सुकरको विश्वास

मोड्रिचले युरो कप खेल्ने सुकरको विश्वास

जाग्रेब । क्रोएसियाका प्रभावशाली फुटबलर हुन्, लुका मोड्रिच। उनी हाल स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन्। उनी क्रोएसियन राष्ट्रिय टोलीका कप्तान पनि हुन्। सन् २०१८ मा रूसमा सम्पन्न फिफा विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन पनि उनको निकै ठुलो योगदान थियो। विश्वकपको फाइनलमा क्रोएसिया बलियो प्रतिद्वन्द्वी फ्रान्ससँग पराजित भएको थियो। क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याउन गरेको योगदानका कारण नै मोड्रिचले उक्त विश्वकपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ पुरस्कारसमेत पाएका थिए। त्यसअघि क्रोएसियालाई सन् २०१८ को विश्वकपमा छनोट गराउन पनि उनको महत्वपूर्ण योगदान रहेको थियो। छनोट प्रतियोगिताको दोस्रो चरणको खेलमा ग्रिसविरुद्ध उनले पेनाल्टीमा गोल गरेपछि नै क्रोएसिया अगाडिको यात्रा तय…
Read More
काेराेनाकाे कहर: एनटीएद्धारा करिब २ सय परिवारलाई राहात वितरण

काेराेनाकाे कहर: एनटीएद्धारा करिब २ सय परिवारलाई राहात वितरण

काठमाडौं । चीनको वुहानबाट महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्नका लागि भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । यही लकडाउनका कारण समस्यामा परेका करिव २ सय परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)ले राहत वितरण गरेको छ । एनटीएका अध्यक्ष अशोक खड्काका अनुसार कागेश्वोरी मनोहरा नगरपालिकाको वडा नम्बर १ देखि ९, ललितपुर उपमहानगरपालिकाको बिभिन्न वडा, गोदावरि नगरपालिका, गोकर्णेश्वोर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका लगायतमा गरि करिब २०० परिवारलाई राहत वितरण गरिएको हाे । एनटीएका अध्यक्ष एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काले अनलाइन नेपालसँग कुरा गर्दै भने–‘हामीले विशेष गरि दैनिक ज्यालादारी गरेर खाने, शारिरिक अपांगता भएका, बृद्द बृद्दा, सुत्केरी एवम् सडकमा…
Read More
रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना

रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना

एजेन्सी – अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोना ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होको पक्षमा उभिएका छन् । उनले रोनाल्डो अपराधी नभएको जिकिर गरेका छन् । विश्व कप विजेता रोनाल्डिन्हो अहिले पाराग्वेमा जेलमा छन् । फर्जी पासपोर्ट बोकेको भन्दै रोनाल्डिन्हो र उनको दाई पाराग्वेमा पक्राउ परेका थिए । धरौटीमा छुटेपनि उनीहरुले पाराग्वे भने छाड्न पाएका छैन । उनीहरु होटलमा बसिरहेका छन् । बार्सिलोना तथा एसी मिलानका पूर्व स्टारले आफुमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका छन् । ‘रोनाल्डिन्होलाई जे गरिएको त्यसले मलाई दुःख दियो,’ उनले भने, ‘उनी कुनै अपराधी होइन । कामका लागि गएका हुन् । आदर्श खेलाडी हुनु मात्र उनको दोष हो…
Read More
‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

एजेन्सी। अधिकांश खेलाडीहरु कोरोना भाइरसको महामारी जारी नै रहेका बेला खेलमा फर्किन डराइरहेको म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जिया अग्युरोले बताएका छन्। कोरोना भाइरस संक्रमणपछि स्थगित लिगहरु सञ्चालन गर्नेबारेको छलफल शुरु भएपछि अग्युरोले खेलाडीमा अझै डर भएकाले मैदान फर्कन नचाहेको बताएका हुन् । इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु आउँदो जुन ८ देखि पुनः सुरु हुने अपेक्षा छ । त्यसका लागि खेलाडीहरु मे १८ सम्ममा पूर्ण प्रशिक्षणमा फर्किनु पर्ने हुन्छ । शीर्ष लिगका क्लबहरु बाँकी खेलहरु के गर्ने र सुरु गरे कहिलेदेखि सुरु गर्ने भन्ने बारे निर्णय गर्न शुक्रबार छलफलमा जुट्दै छन् । ३१ वर्षका अग्युरोले अर्जेन्टिनाको टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अहिलेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.