प्रदेश

‘सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ’

‘सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ’

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मङ्गलबार प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तर–मन्त्रालयगत समन्वय कायम गर्दै नीति कार्यक्रम ल्याउनुपर्ने बताउए हुन् । उहाँनले विगत तीन वर्षको अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वस्तुगत यथार्थतामा आधारित भई तर्जुमा गर्न र वर्तमान कोभिडको महामारीले पारेका असरलाई सम्बोधन हुने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिए। मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्यता हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने भएकाले यसमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा…
Read More
तपाईँको प्रदेशमा कोरोना सङ्क्रमणको अवस्था के छ ?

तपाईँको प्रदेशमा कोरोना सङ्क्रमणको अवस्था के छ ?

स्वास्थ्य मन्त्रालयले कोभिड सङ्क्रमणको अवस्था झल्काउन तयार पारेको नेपालको नक्शा, गाढा रातो रङले ४०० भन्दा बढी बिरामी रहेको, हल्का रातो रङले २००-४००, सुन्तला रङले २०० सम्म बिरामी रहेको जनाउँछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमणको हिसाबले नेपालका २२ जिल्ला अति प्रभावित रहेको जनाउँदै मानिसहरूलाई संवेदनशील हुन शुक्रवार सार्वजनिक अपिल गरेको थियो। मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई अति प्रभावित जिल्लामा राखेको छ। ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइरहेको छ’ मन्त्रालयद्वारा शुक्रवार जारी…
Read More
प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झामा कोरोना संक्रमण

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झामा कोरोना संक्रमण

सप्तरी । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वैशाख ६ गते नै निर्देशक झामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको हो । होम आइसोलेसनमा उपचाररत झाको अवस्था जटिल भएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा भर्ना गरिएको छ । ‘कोरोना पोजेटिभ भएपछि घरमै उपचार गराइरका थिए । शुक्रबारदेखि लगातार ज्वरो आएपछि उनलाई मार्फत् पाटन अस्पताल लगिएको निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए । निर्देशक झा गत वर्षदेखि शुरु भएको कोरोनाकालमा पनि नियमित काम गर्दै आएका थिए ।
Read More
बिरामीमा कोरोना सङ्क्रमण पुष्टिपछि अस्पतालको सेवा नै बन्द

बिरामीमा कोरोना सङ्क्रमण पुष्टिपछि अस्पतालको सेवा नै बन्द

सिरहा । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो । सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा. यादवले बताए। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण…
Read More
प्रदेश नं १ को हिउँदे अधिवेशन अन्त्य

प्रदेश नं १ को हिउँदे अधिवेशन अन्त्य

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । अधिवेशनको आठौँ बैठक पनि दैनिक कार्यसूचीमा प्रवेशै नगरी अन्त्य भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे। आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले सभालाई सम्बोधन गर्ने कार्यसूची थियो । प्र्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको पत्र पढेर सुनाउने अर्को कार्यसूची थियो । सभामुख भण्डारीले प्रदेशसभा सञ्चालन गर्न तथा कार्यसूचीमा प्रवेश गराउन खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सदस्यले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटकपटक आग्रह गर्दा पनि सदस्यले आसनग्रहण नगरेपछि प्रदेश प्रमुखको कार्यालयबाट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.