स्वास्थ्य

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । देशकै जेठो वीर अस्पतालमा अहिले ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउन सकेका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा दिलीप शर्माले बताए । उनले भने-‘सङ्घको आह्वानमा सेवा बन्द भएको हो । आंशिक सेवा मात्र दिन सकेका छौँ । आकस्मिक सेवा भने दिइरहेका छौँ । आशा छ छिट्टै निकास मिल्ला ।’ सङ्घले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आज…
Read More
भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। भारतीय दूतावासले शनिबार एकैसाथ काठमाडौँ, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको हो। सात प्रदेशसमेटिने गरी ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे। यस्तै वीरगञ्जमा र पोखरामा सात÷सात तथा धरानमा चारवटा एम्बुलेन्स प्रदान गरिएका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत–नेपाल विकास साझेदारीअन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार…
Read More
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार पाइने

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार पाइने

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु. पाँच हजार बैंक दाखिला गराउन थालिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु. पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप रु. पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म…
Read More
नेपालको स्वास्थ्य प्रणालीलाई सुधार गर्न विश्व बैंकद्वारा सहयोग

नेपालको स्वास्थ्य प्रणालीलाई सुधार गर्न विश्व बैंकद्वारा सहयोग

काठमाडौँ, १६ कात्तिक ः नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यस्तै, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ)बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । द्विपक्षीय वित्तीय सम्झौता आज विद्युतीय रुपमा आदानप्रदान गरिएको छ । ती सम्झौतामा यही कात्तिक १० गते विद्युतीय हस्ताक्षर गरिएको थियो । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो । नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन सम्झौतामा अर्थ सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स,…
Read More
बारागढी गाउँपालिकामा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुरु

बारागढी गाउँपालिकामा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुरु

बारा । बाराकाे बारागढी गाउँपालिका वडा नम्बर ३ मा रहेकाे बारागढी जनस्वास्थ्य बर्थिङ्ग सेन्टरमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । सदरमुकामका अस्पताल सम्म जानुपर्ने ग्रामीण क्षेत्रका बिरामीलाई ल्याब सम्बन्धि जस्तोसुकै सेवा सहज गराउने उद्देश्यले गाउँपालिकाले गाउँमै प्रयोगशाला सेवा सञ्चालन गरेको हो। प्रयोगशाला (ल्याब) सेवाको शुभारम्भ गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले गर्नुभएकाे हाे । प्रयोगशाला शुभारम्भ कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष जयसवालले आगामी दिनमा गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवालाइ अझै प्रभावकारी बनाउन पहल गर्ने बताउनुभयो । उहाँले सरसफाइको अभावमा विभिन्न किसिमका रोग लग्ने भएकाले सरसफाइमा सबैले विशेष रूपमा ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे । प्रयोगशाला (ल्याब) सेवामा मलेरिया, यूरिन लगायत ५८…
Read More
काठमाडाैंमा दर्ताबिना सञ्चालित चिनियाँ हस्पिटलमा सिल

काठमाडाैंमा दर्ताबिना सञ्चालित चिनियाँ हस्पिटलमा सिल

काठमाडौं । बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । सोमबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको महानगरले जनाएको छ । यस्तै अस्पतालमा भर्ना भएका बिरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गर्न पनि महानगरले निर्देशन दिएको छ। महानगरपालिकाको टोलीले सोमबार अस्पतालको आकस्मिक अनुगमन गरेको थियो। काठमाडौं महानगर जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्य जस्तो संवेदनशील सेवा दिने अस्पताल समेत दर्ता नभएको पाइएपछि ताला लगाइएकाे जानकारी दिनुभयाे।  उक्त अस्पतालमा यसअघि प्रहरीले अवैध रुपमा चिकित्सकले काम गरेको फेला पारेपछि चिनियाँ डाक्टरलाई पक्राउ गरेको थियो। स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका…
Read More
बुस्टर मात्रा लगाउन नमिल्ने चीनले दिएको ४० लाख मात्रा ‘सिनोभ्याक’ खोप खेर जाने

बुस्टर मात्रा लगाउन नमिल्ने चीनले दिएको ४० लाख मात्रा ‘सिनोभ्याक’ खोप खेर जाने

काठमाडौं । बुस्टर मात्रा लगाउन नमिल्ने चीनले दिएको ४० लाख मात्रा 'सिनोभ्याक' खोप खेर जाने अवस्थामा पुगेको छ। चीन सरकारले अनुदानस्वरुप दिएको उक्त सिनोभ्याक खोप नेपालमा प्रयोग गर्न नमिल्ने हुँदा खेर जाने अवस्थामा पुगेकाे हाे । पहिलो र दोस्रो डोज लगाउन मिल्ने भए पनि उक्त सिनोभ्याक खोपको बुस्टर मात्रा लगाउन नमिल्ने खालको भएपछि नेपालमा आएर थन्किएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार एक वर्षभन्दा बढी समय भइसक्दा पनि उक्त खोप कहाँ पठाउने भन्ने अझैसम्म टुंगो नलागेपछि खेर जाने अवस्थामा पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार २०७८ साल चैतमा आएको उक्त खोपको ४०…
Read More
भारतले नेपाललाई दियो दुई सय वटा मिर्गौला डायलासिस मेसिन

भारतले नेपाललाई दियो दुई सय वटा मिर्गौला डायलासिस मेसिन

काठमाडौं । भारत सरकारले नेपाललाई दुई सय वटा हेमोडायलासिस मेसिन सहयोग गरेको छ। मिर्गौला रोगका बिरामीको उपचारमा प्रयोग हुने सो मेसिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन्। दूतावासले आज पहिलो खेपमा आएको २० वटा मेसिन हस्तान्तरण गरेको हो। उसले बाँकी मेसिनहरु केही दिनै आइपुग्ने जानकारी दिएको छ। सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको स्वास्थ्य सेवालाई सुदृढ बनाउन मेसिन सहितको सहयोग गरेको बताए। उनले पहिलो खेप आज हस्तान्तरण गरेको भन्दै बाँकी मेसिन पनि केही दिन भित्रै आइपुग्ने बताए। कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पदम गिरीले भारत सरकारका…
Read More
स्वास्थ्य राज्यमन्त्री कार्की भन्छिन् – भिडिओ कसले खिच्यो थाहा भएन, मृत्युमाथि राजनीति नगरौं

स्वास्थ्य राज्यमन्त्री कार्की भन्छिन् – भिडिओ कसले खिच्यो थाहा भएन, मृत्युमाथि राजनीति नगरौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि प्रष्टीकरण दिएकी छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू बिरामी भेट्नमात्र अस्पताल पुगेको बताउँदै भिडिओबारे केही कुरा थाहा नभएको जिकिर गरेकी हुन् । आफूले सम्पूर्ण स्वास्थ्य सावधानी अपनाएर आत्मदाहको प्रयासपछि अस्पताल पुर्याएका प्रेम आचार्यलाई भेटेको बताएकी छन् । आचार्यलाई भेटन जाँदा स्वास्थ्य सम्बेदनशीलतामा ध्यान नदिएको भन्दै आलोचना भएपछि डा. कार्कीले आफू चिकित्सक पनि भएकाले स्वस्थ्य सम्वेदनशीलतामा कुनै सम्झौता नगरेको स्पष्ट पारेकी छन् ।
Read More
पछिल्लो २४ घन्टामा थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ४०८४ नमूना परीक्षण गर्दा ११९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार पीसीआरबाट ८९ र एन्टिजेन विधिबाट ३० जनामा संक्रमण देखिएको हो। बुधबार थप १३० जना कोरोनामु्क्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल २१९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.