स्वास्थ्य

वीरगन्जमा थप एक जनामा कोराना पुष्टि, संक्रमितकाे संख्या ६० पुग्याे

वीरगन्जमा थप एक जनामा कोराना पुष्टि, संक्रमितकाे संख्या ६० पुग्याे

काठमाडाैँ। नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ६० पुगेकाे छ। वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या ६० पुगेकाे हाे। वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । काठमाडौंबाट आइतबार दिउँसो नारायणी अस्पताललाई प्राप्त रिपोर्टअनुसार वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि ती संक्रमीतलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । तर नारायणी अस्पतालले भने यसको आधिकारीक पुष्टि गरेको छैन। यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । वैशाख १४…
Read More
लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डेका टिप्स

लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डेका टिप्स

अहिले विश्वमा २५ देखि ४० प्रतिशत लक्षणबिहीन कोरोना संक्रमण फैलिएको छ । अचानक उच्च ज्वरो आउनु, लहरेखोकी जस्तो सुख्खा खोकी लाग्नु, बोल्दा तथा सुत्दा पनि सास फेर्न गाह्रो हुनु, एकदम जाडो हुनु, बान्ता आउनु, पखाला लाग्नु तथा असाध्यै थकाइ लाग्नु कोरोना संक्रमणका लक्षण हुन् । सुरूमा यी लक्षणहरु देखिएर बिरामी थला पर्ने, अस्पताल जाने तथा परिक्षण खोज्ने प्रचलन थियो र अहिले पनि छ । तर पछि लक्षण नै नदेखिने कोरोना संक्रमणले मान्छेमा थप त्रास उत्पन्न गराएको छ । अनुसन्धानले बताए अनुसार लक्षण नदेखिने कोरोना संक्रमणमा पनि केहि संकेत देखिन्छ । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका अनुसार निम्न संकेत देखिन्छन् ।…
Read More
लुकाइएकाे अवस्थामा फेला पर्‍याे ६३ कार्टुन पिपिई

लुकाइएकाे अवस्थामा फेला पर्‍याे ६३ कार्टुन पिपिई

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बबरमहलमा रहेको सफ्टवेयर कम्पनी इ-ज्ञानकुन्ज एजुकेसन सिस्टम प्राइभेट लिमिटेडमा करीब १० लाख रुपैयाँ बराबरको ६३ कार्टुन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सामग्री लुकाएर राखेको अवस्थामा फेला पारेकाे छ। विभागका अनुसार लुकाइएको सामान आँखु इन्टरप्राईजेज रहेको छ। पञ्जा, चस्मालगायत लुकाएर राखिएका पिपिई सामग्रीको मूल्य ८ देखि १० लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको विभागको बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रले बताए। लुकाएर राखिएको सामान विभागले सिलबन्दी गरेपछि आखुँ इन्टरप्राइजेजको एक जना प्रतिनिधिमात्रै विभागको सम्पर्कमा आएका छन्। शिक्षासम्बन्धी सफ्टवेयर बनाउने कम्पनी इ–ज्ञानकुन्ज र आँखु इन्टरप्राइजेजको सम्बन्धबारे भने विस्तृतमा जानकारी भइनसकेको विभागले जनाएको छ। मेडिकल सामग्रीको…
Read More
काेराेना अपडेट: पीसीआर विधिबाट १३ हजार ९८  नमुना परीक्षण

काेराेना अपडेट: पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण

काठमाडाैँ। चीनबाट सुरू भइ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण दायर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको हो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार विराटनगरस्थित कोसी अस्पतालसँगै त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिए। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण भएका छन् भने र्‍र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४८ हजार ५ सय २९ नमुना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ५२ नमुना परीक्षण भएको छ। २४ घण्टामा परीक्षण भएका नमुनामा सबै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.