स्वास्थ्य

लुकाइएकाे अवस्थामा फेला पर्‍याे ६३ कार्टुन पिपिई

लुकाइएकाे अवस्थामा फेला पर्‍याे ६३ कार्टुन पिपिई

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बबरमहलमा रहेको सफ्टवेयर कम्पनी इ-ज्ञानकुन्ज एजुकेसन सिस्टम प्राइभेट लिमिटेडमा करीब १० लाख रुपैयाँ बराबरको ६३ कार्टुन पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सामग्री लुकाएर राखेको अवस्थामा फेला पारेकाे छ। विभागका अनुसार लुकाइएको सामान आँखु इन्टरप्राईजेज रहेको छ। पञ्जा, चस्मालगायत लुकाएर राखिएका पिपिई सामग्रीको मूल्य ८ देखि १० लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको विभागको बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रले बताए। लुकाएर राखिएको सामान विभागले सिलबन्दी गरेपछि आखुँ इन्टरप्राइजेजको एक जना प्रतिनिधिमात्रै विभागको सम्पर्कमा आएका छन्। शिक्षासम्बन्धी सफ्टवेयर बनाउने कम्पनी इ–ज्ञानकुन्ज र आँखु इन्टरप्राइजेजको सम्बन्धबारे भने विस्तृतमा जानकारी भइनसकेको विभागले जनाएको छ। मेडिकल सामग्रीको…
Read More
काेराेना अपडेट: पीसीआर विधिबाट १३ हजार ९८  नमुना परीक्षण

काेराेना अपडेट: पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण

काठमाडाैँ। चीनबाट सुरू भइ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण दायर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको हो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार विराटनगरस्थित कोसी अस्पतालसँगै त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिए। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण भएका छन् भने र्‍र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४८ हजार ५ सय २९ नमुना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ५२ नमुना परीक्षण भएको छ। २४ घण्टामा परीक्षण भएका नमुनामा सबै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.