स्वास्थ्य

नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ थपिएका कोरोना संक्रमितमा १६ वर्षीया पुरुष रहेको डा देवकोटाले जानकारी दिए । उनका अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । जसमा ७४ जना पुरुष छन् भने २८ जना महिला रहेका छन् डा विकास देवकोटाका अनुसार कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ । उनका अनुसार कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार डिस्चार्ज भएपछि नेपालमा…
Read More
भारतबाट आएका ६८ जनाको रिपोर्ट यस्ताे आयाे

भारतबाट आएका ६८ जनाको रिपोर्ट यस्ताे आयाे

गुल्मी । भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए । भैरहवास्थित प्रदेश प्रयोगशालामा किटको अभाव भएपछि पिसिआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भरतराज शर्माले जानकारी दिए । भारतवाट आएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका अधिकांश व्यक्ति बिहीबार घर फर्किसकेको र बाँकीलाई आज पठाउने तयारी गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । उनीहरुको…
Read More
कोरोना भाइरसबारे ७ हल्लाभित्र कति सत्यता ?

कोरोना भाइरसबारे ७ हल्लाभित्र कति सत्यता ?

काठमाडाैँ । कोरोना भाइरसका बारेमा तपाईले कैयौं प्रकारका हल्लाहरु सुन्नु भएको होला । तर यी हल्लामा कतिको सत्यता छ यसबारे भने जानकारी नहुनसक्छ । जसका कारण तपाईमा पनि डर वा त्रास हुनसक्छ । आज हामी यस्तै केहि हल्लाहरुका बारेमा चर्चा गर्नेछौ जसमा सत्यता छ वा यो झुटो हो ? जान्नुहोस् । हल्ला : मास्क लगाएपछि कोरोनाको संक्रमण हुदैन । सत्यता : कुनै पनि सर्जिकल मास्कले भाइरल पार्टिकल्सलाई ब्लक गर्न सक्दैन । तर संक्रमित ब्यक्तिबाट वाइरस फैलनबाट रोक्न भने मद्दत गर्दछ । किनकी संक्रमितले खोक्दा, हाच्छ्यु गर्दा वा बोल्का निस्कने छिटाहरुमा भाइरस हुने भएकाले यसलाई मास्कमा रोकेर अरुमा फैलनबाट रोक्न मद्दत…
Read More
‘लकडाउनले संक्रमणलाई धकेल्यो, रोकेन’

‘लकडाउनले संक्रमणलाई धकेल्यो, रोकेन’

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तार बढ्दो भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले डेढ महिनादेखि जारी लकडाउनले मुलुकमा संक्रमणको विस्तारलाई पछाडि धकेले पनि रोक्न भने नसकेको औंल्याएका छन् । लकडाउनले संक्रमणको गति कम गरेर योसँग जुध्न आवश्यक तयारीका लागि समय दिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले बताए । दुबईबाट फर्किएका कैलालीका एक युवकमा संक्रमण पुष्टि भएकोमा पछि कुनै ट्राभल हिस्ट्री नरहेकी उनकी ३४ वर्षीया भाउजूमा समेत संक्रमण देखिएपछि चिन्ता थपिएको थियो । माघ ९ मा कोभिड–१९ को पहिलो केस देखिएकोमा बिहीबारसम्म (१०६ दिन) मा ९९…
Read More
कपिलवस्तुमा भेटिएका संक्रमित कहाँबाट आए?

कपिलवस्तुमा भेटिएका संक्रमित कहाँबाट आए?

बुटवल । कपिलबस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई जना १० दिन अघि मुम्बइबाट भागेर नेपाल आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि मुम्वईबाट आएका थिए । कपिलवस्तुको नाकाबाट लुकेर नेपाल प्रवेश गरेका थिए । स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए । संक्रमीतलाई बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना…
Read More
कपिलवस्तुका दुई जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

कपिलवस्तुका दुई जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं - नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार बिहीवार थप दुई जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दुईजना पुरुषमा कोरोना संक्रमणदेखिएको हो। १६ र २२ वर्षीय दुई पुरुषमा कोरोना देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सय कटेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
Read More
काेराेना अपडेट: ६३ हजार  बढीको नमूना परीक्षण, ७७ जना आइसोलेसनमा

काेराेना अपडेट: ६३ हजार बढीको नमूना परीक्षण, ७७ जना आइसोलेसनमा

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार १३ हजार ४ सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटिबाट परीक्षण भएको  छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ४ सय ९९, प्रदेश २ मा ५ हजार ७ सय ९, बागमतिमा ८ हजार ५ सय १५, गण्डकीमा ५ हजार ८ सय ३४, प्रदेश ५ मा ४ हजार ४ सय ९२, कर्णलीमा ५ हजार ५ सय ६७ र…
Read More
नेपालमा काेराेना संक्रमितकाे संख्या ६९ पुग्यो

नेपालमा काेराेना संक्रमितकाे संख्या ६९ पुग्यो

काठमाडौं। नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। याे सँगै संक्रमितकाे संख्या ६९ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार छपकैयाका ३६ वर्षीय पुरुष तथा नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिए। यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।
Read More
वीरगन्जमा थप एक जनामा कोराना पुष्टि, संक्रमितकाे संख्या ६० पुग्याे

वीरगन्जमा थप एक जनामा कोराना पुष्टि, संक्रमितकाे संख्या ६० पुग्याे

काठमाडाैँ। नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ६० पुगेकाे छ। वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या ६० पुगेकाे हाे। वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । काठमाडौंबाट आइतबार दिउँसो नारायणी अस्पताललाई प्राप्त रिपोर्टअनुसार वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि ती संक्रमीतलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । तर नारायणी अस्पतालले भने यसको आधिकारीक पुष्टि गरेको छैन। यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । वैशाख १४…
Read More
लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डेका टिप्स

लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डेका टिप्स

अहिले विश्वमा २५ देखि ४० प्रतिशत लक्षणबिहीन कोरोना संक्रमण फैलिएको छ । अचानक उच्च ज्वरो आउनु, लहरेखोकी जस्तो सुख्खा खोकी लाग्नु, बोल्दा तथा सुत्दा पनि सास फेर्न गाह्रो हुनु, एकदम जाडो हुनु, बान्ता आउनु, पखाला लाग्नु तथा असाध्यै थकाइ लाग्नु कोरोना संक्रमणका लक्षण हुन् । सुरूमा यी लक्षणहरु देखिएर बिरामी थला पर्ने, अस्पताल जाने तथा परिक्षण खोज्ने प्रचलन थियो र अहिले पनि छ । तर पछि लक्षण नै नदेखिने कोरोना संक्रमणले मान्छेमा थप त्रास उत्पन्न गराएको छ । अनुसन्धानले बताए अनुसार लक्षण नदेखिने कोरोना संक्रमणमा पनि केहि संकेत देखिन्छ । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका अनुसार निम्न संकेत देखिन्छन् ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.