स्वास्थ्य

एकै दिन २४ जनामा काेराेना संक्रमण पुष्टि, कहाँ-कहाँ भेटिए संक्रमित?

एकै दिन २४ जनामा काेराेना संक्रमण पुष्टि, कहाँ-कहाँ भेटिए संक्रमित?

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै…
Read More
सप्तरीका संक्रमित युवकलाई रिपोर्ट नआउँदै घर पठाइएको थियो

सप्तरीका संक्रमित युवकलाई रिपोर्ट नआउँदै घर पठाइएको थियो

राजविराज । सप्तरीमा भेटिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवकलाई स्वाब संकलन पश्चात क्वारेन्टाइनबाट घर गएको पाइएको छ । लकडाउनको समयमा चितवनबाट पैदल हिँडेर वैशाख ९ गते सप्तरीमा आइपुगेका उनीसहित १३ जनालाई डाक्नेश्वरी नगरपालिकन– ५ पातोस्थित कान्तचन्द्र माविको क्वारेन्टाइनबाट राखिएको थियो । २५ गते उनीहरुको थ्रोट स्वाब संकलन गरियो । आइतबार उनी वडा नम्बर ३ तरहीस्थित घर गएको थिए । ‘स्वाब लिएर परीक्षणका लागि पठाए उनीसहित १३ जनालाई घर पठाइएको थियो’ वडा अध्यक्ष प्रदीप साहले भने, ‘लक्षण पनि नदेखिएको र क्वारेन्टाइनमा बसेको १९ दिनभन्दा बढी भएकाले घर पठाएका हौं ।’ उनीहरु आइतबार घर गएका थिए । तर भोलिपल्ट उनलाई कोरोना संक्रमण…
Read More
काराेना सन्त्रास: कपिलवस्तुलाई जेठ ५ सम्म सिल गर्ने निर्णय

काराेना सन्त्रास: कपिलवस्तुलाई जेठ ५ सम्म सिल गर्ने निर्णय

कपिलवस्तु । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् । भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए…
Read More
कपिलवस्तुपछि सप्तरीमा पनि भेटिए काेराेना संक्रमित

कपिलवस्तुपछि सप्तरीमा पनि भेटिए काेराेना संक्रमित

काठमाडौं । कपिलवस्तुपछि सप्तरीमा पनि एक काेराेना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो । संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Read More
बिहारमा एकैदिन ८५ जना संक्रमित थपिँदा प्रदेश दुई कोरोनाको उच्च जोखिम

बिहारमा एकैदिन ८५ जना संक्रमित थपिँदा प्रदेश दुई कोरोनाको उच्च जोखिम

काठमाडौं।भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ । लकडाउन जारी रहँदा पनि संक्रमितको संख्या बढिरहेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६७ हजार १ सय ५७ जनामा कोरोना भाइरसको स्रक्रमण पुष्टि भएको छ। संक्रमणका कारण २ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन् । कोरोनाका कारण महाराष्ट्र, गुजरात तथा राजधानी दिल्ली नराम्रोसँग प्रभावित भएका छन् । महाराष्ट्रमा २२ हजार १ सयभन्दा धेरै जना संक्रमित भएका छन् भने ८ सय ३२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै गुजरातमा ८ हजार १सय ९४ जना प्रभावित भएका छन् जहाँ ४सय ९३ जनाले ज्यान गुमाएका छन् । नेपालसँग सीमा जोडिएको बिहारमा…
Read More
आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश

आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश

बुटवल।कपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश गरेको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए । उनका अनुसार यसअघि ५ कोरोना पुष्टि भएका र आज थपिएका १० युवा १ साताको अन्तरमा भारतबाट नेपाल प्रवेश गरेका हुन् ।भारतबाट फर्किएको थाहा पाउने वित्तिकै उनीहरूलाई गाउपालिका र नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो । आज पुष्टि भएकाहरू भारतीय सिमावर्ती यशोधरा गाउँपालिका–५ बदौली गाउँका ८ जना, बुद्धभूमि नगरपालिका–१० र ७ हरिहरपुरका १/१ जना रहेका छन् ।प्रमुख जिल्ला अधिकारी पौडेलले संक्रमित क्षेत्रमा स्वाथ्यकर्मी सहितको टोली पठाइसकिएको र सिमावर्ती…
Read More
नेपालमा काेराेना संक्रमितको संख्या १ सय २० पुग्यो

नेपालमा काेराेना संक्रमितको संख्या १ सय २० पुग्यो

काठमाडाैँ। कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। उनीहरुको स्वास्थ्य सामान्य रहेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् भने एक जनाको भनेर उमेर खुलेको छैन। नेपालमा हालसम्म संक्रमण देखिएका १२० जनामध्ये ३१ जना उपचारपछि निको भइसकेका…
Read More
‘लकडाउन खुकुलो हुँदा कोरोना संक्रमणको जोखिम झन बढ्ने खतरा’

‘लकडाउन खुकुलो हुँदा कोरोना संक्रमणको जोखिम झन बढ्ने खतरा’

काठमाडौं । जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डे लकडाउन खुकुलो बनाइँदा कोरोना भाइरस संक्रमणको जोखिम झन बढ्ने खतरा रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कोरोना संक्रमणको जोखिमबारे सचेत रहन सुझाव दिएका छन् । उनले फेसबुकमा लेखेका छन- आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ । डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन । दुवै सदनका सांसद, संसद सचिवालयका कर्मचारी तथा बडीगार्डलाई PCR टेस्ट गरेर नेगेटिभ रिपोर्ट आएपछि लकडाउन पूर्ण रुपमा खोलिएको छ । आज देखिएको भीडभाड र सुरक्षाकर्मीको मौनताले प्रष्ट हुन्छ कि सरकारले उनीहरुलाई विशेष निर्देशन दिएको छ, लकडाउन खोल्नको लागि । छिमेकी देश भारतमा कोरोना संक्रमित बढेकोबढ्यै छन्…
Read More
उदयपुरमा एकैदिन चार महिलामा कोरोना देखियो, संक्रमितको संख्या ११० पुग्यो

उदयपुरमा एकैदिन चार महिलामा कोरोना देखियो, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।
Read More
नेपालमा काेराेना संक्रमितको संख्या १०९ पुग्यो

नेपालमा काेराेना संक्रमितको संख्या १०९ पुग्यो

काठमाडाैँ। नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर भुल्केका ३ महिला, कपिलवस्तुका ३ पुरुष र पर्साका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशाला काठमाडौं र कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.