‘कोरोना नियन्त्रण बाहिर जानसक्छ’
काठमाडौं । पछिल्लो दुई दिनमा नेपालमा ८१ जनामा कोरोना भाइरस -कोभिड-१९) पोजेटिभ देखियो । जबकी कोभिड-१९ संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको थियो भने यो संख्या बढेर ३० जना पुग्दा नेपालमा कोरोना संक्रमण देखिएको तीन महिना नाघिसकेको थियो । त्यसपछि भने एकाएक संक्रमणको ग्राफ उकालो लाग्यो । वैशाख ५ गते उदयपुर र चितवनमा गरी १४ जनामा संक्रमण देखिएपछि संक्रमणको दर स्थिर रहेन । र, मंगलबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । जसमध्ये १५७ वटा केस यही महिना ८३ मंगलबार मात्र देखिएको छ । यो संङख्या तीव्र गतिमा बढ्नसक्ने स्वास्थ्य तथा जनसंख्या…