स्वास्थ्य

आज थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

आज थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं । आज (बिहीबार) विहानै नेपालमा एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार विहानै सात जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज (बिहीबार) संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । सर्लाहीको धान्कौल नगरपालिका निवासी पुरुष, धनुषाको जनकपुर नगरपालिका र मिथिला नगरपालिकामा पुरुष र महिला तथा महोत्तरीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार बिहानै…
Read More
कोरोना संक्रमित महिला केही घण्टा बसेको कैलालीको एक टोललाई सील गरियो

कोरोना संक्रमित महिला केही घण्टा बसेको कैलालीको एक टोललाई सील गरियो

कैलाली । कन्चनपुरबाट कैलालीको अत्तरिया हुँदै काठमाडौं गएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले अत्तरियाको विजयनगर टोललाई सिल गरिएको छ । वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाडौं जाँदा उनी बसेको स्थानलाई बुधबार सिल गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । ‘काठमाडौँ जान हिँडेकी महिला यहाँ बसेकी थिइन् । उनलाई संक्रमण भएपछि हामीले यो ठाउँ सील गरेका हौँ,’ मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टले भने । मेडिकल टिम धनगढी पुर्याउन आएको सशस्त्र प्रहरीकै भ्यानमा काठमाडौं फर्कने योजना बमोजिम उनी अत्तरियामा रहेको सशस्त्र बाहिनी अगाडि बसेकी थिइन् । कञ्चनपुरको बेतकोटबाट अटो रिक्सामा अत्तरियासम्म पुगेकी…
Read More
नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४५ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४५ पुग्याे

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।
Read More
थप २४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ४३ पुग्याे

थप २४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ४३ पुग्याे

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुषा र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी एक मिहलामा संक्रमण देखिएको हो। यसका साथै नवलपरासीका ३६ वर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। बुधबार दिउसो नेपालगञ्ज र कपिलवस्तुमा २ जनामा कोरोना देखिएको…
Read More
काेराेना अपडेट: देशभर २ सय ४५ जना आइसोलेसनमा भर्ना

काेराेना अपडेट: देशभर २ सय ४५ जना आइसोलेसनमा भर्ना

काठमाडौं- देशभर २ सय ४५ जना आइसोलेसनमा भर्ना भएका छन्। कोरोना भाइरसको आशंका र संक्रमित गरी २ सय ४५ जना अस्पतालको आइसोलेसनमा भर्ना भई उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। जसमध्ये ६ जना काठमाडौं उपत्यकामा छन्। मुलुकभर हाल १४ हजार ३ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाको आशंकामा हालसम्म ८१ हजार ६ सय ५९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५७ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। २१ हजार ३ सय ४० जनाको पिसिआर र ६० हजार ३ सय…
Read More
नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुग्यो

काठमाडौ । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौ विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेलमा गरिएको पिसीआर नमूना परीक्षणमा नेपालगञ्ज ९ का ३६ वर्षीय पुरुष र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला, कपिलबस्तु नगरपालिका वडा नं ५ निवासी २२ पुरुष भएको बुझिएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका डा.समिर कुमार अधिकारीले जानकारी गराए । नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।
Read More
कोरोना संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि

कोरोना संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि

काठमाडौं । अमेरिकामा कोरोनाभाइरस संक्रमितको उपचारमा रगत पातलो बनाउने औषधि समेत प्रयोग गरिएको खुलासा भएकाे छ । संक्रमितको रगत बाक्लो हुँदै डल्लो नै परेको पाइएपछि चिकित्सकहरुले रगत पातलो बनाउने औषधि पनि प्रयोग गरेको पाइएको छ । चिकित्सकहरूका अनुसार रगत पातलो बनाउने औषधि सामान्यतया हृदयघात भएपछि ‘प्राइमरी एन्जियोष्लाष्टि’ हुन नसक्ने अवस्थामा मुटुसम्म रगत पास गर्न चलाइने गरिएकोमा त्यहाँ कोरोनाको उपचारमा पनि रगत पातलो बनाउने औषधि प्रयोग गरिएको खुलेको हो । जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीको प्रतिवेदनमा कोरोनाका गम्भीर रोगीको शरीरमा रगतको डल्ला बनिरहेको र त्यसले ज्यान लिने गरेपछि रगत पातलो बनाउने औषधि चलाइएको उल्लेख छ । उक्त औषधि चलाइएपछि आधा…
Read More
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

रुपन्देही। खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । लुम्बिनी तथा मर्चवार क्षेत्रमा भेटिएका कोरोना संक्रमित युवाले भारतका विभिन्न स्थानबाट आउँदा नेपाल आउने मालवाहक ट्रक र कन्टेनरको प्रयोग गरेको बताएपछि त्रास बढेको हो ।लकडाउनपछि भैरहवा भन्सार कार्यालय हुँदै ६ हजार पाँच सयभन्दा बढी फलफूल, तरकारी र खाद्यान्नलगायत सामान बोकेर ट्रक तथा कन्टेनर प्रवेश गरेको भन्सार कार्यालयले जनाएको छ । यी सवारी साधनका चालक र सहचालक १३ हजारभन्दा बढी हुन आउँछ…
Read More
सशस्त्र प्रहरीका जवानमा पनि कोरोना संक्रमण पुष्टि

सशस्त्र प्रहरीका जवानमा पनि कोरोना संक्रमण पुष्टि

काठमाडाैँ । नेपालमा पहिलाे पटक सुरक्षाकर्मीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी रहेका खुलेको छ। २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ। पुरुष भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेकाले उनका बारेमा पूरा विवरण दिइएको छैन। भक्तपुरको जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरले उनको विवरणसमेत सार्वजनिक गरेका छैनन्। रामेछाप स्थायी घर भएका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएको बुझिएको छ।
Read More
कोरोना र जीनः कसैमा देखिँदैन लक्षण, कोही किन पुग्छन् भेन्टिलेटरसम्म?

कोरोना र जीनः कसैमा देखिँदैन लक्षण, कोही किन पुग्छन् भेन्टिलेटरसम्म?

एजेन्सी । अनुसन्धानकर्ताले कोरोनाभाइरस र मानिसको जीन बीच सम्बन्ध भएको दाबी गरेका छन् । उनीहरुका अनुसार कोरोनाको संक्रमण धेरैजसो एकै प्रकारको हुने तर केही मानिसहरुमा यसको हल्का लक्षण हुन्छ भने कतिलाई त लक्षण नै देखिँदैन । यस्तै, केही कोरोना पीडितको स्थिती यतिसम्म बिग्रन्छ कि उनीहरुलाई भेन्टिलेटरमा समेत राख्नुपर्छ । यसबारे अनुसन्धान गर्ने अमेरिकाको ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीका अनुसन्धानकर्ताले मानिसहरुबीच जीनमा भिन्नता भएका कारण यस्तो हुने र यो विषयमा लगभग सबै रोगका लागि लागू हुने बताएका छन् । अनुसन्धानका चार मुख्य कुराः –डीएनएमा अन्तरले संक्रमणलाई बढाउन सक्छ अनुसन्धानकर्ताले जीनको यो अन्तरलाई बुझाउनका लागि कम्प्युटर मोडलको प्रयोग गरे । शरीरको इम्युन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.