स्वास्थ्य

टेकु अस्पतालका ६ जना चिकित्सकसँग किन मागियाे लिखित स्पष्टिकरण?

टेकु अस्पतालका ६ जना चिकित्सकसँग किन मागियाे लिखित स्पष्टिकरण?

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै ६ जना चिकित्सकलाई लिखित स्पष्टिकरण सोधेको छ । परिषद्कका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा रञ्जित शाह र प्रयोगशालकै डा रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे, महाशाखाकै डा विवेककुमार लाल र महाशाखाकै डा हेमन्तचन्द्र ओझालाई स्पष्टिकरण माग गरिएकाे हाे। प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै ती छ जनाले परिषद्लाई नै थाहै नदिई सङ्क्रमित युवाको स्वाब सङ्कलन गरी अनुसन्धानका लागि विदेशीलाई दिएपछि स्पष्टिकरण माग गरिएकाे…
Read More
थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ सय ४९

थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ सय ४९

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको हाे। काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । यसअघि बिहीबार दिउँसाे तीन जनामा कोरोना पुष्टि भएको थयो। काठमाडौँ ३२ वर्षीय पुरुष, कपिलवस्तु ६ वर्षीया बालिका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीपूर्वका ४९ वर्षीय पुरुषको भरतपुर कोरोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।…
Read More
जिल्ला विपद ब्यवस्थापन समितिलाई १० लाखको स्वास्थ सामाग्री हस्तान्तरण

जिल्ला विपद ब्यवस्थापन समितिलाई १० लाखको स्वास्थ सामाग्री हस्तान्तरण

बिश्व भरि महामारीकाे रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि दलित सेवा संघ बार्दियाले जिल्ला विपद ब्यवस्थापन समितिलाई करिब १० लाखको स्वास्थ सम्बन्धि सामाग्री हस्तान्तरण गरेको छ । समाजसेवी अरुण प्रकाश सिंह राठौरको पहलमा मेरिक्नोल फादर्स एण्ड ब्रदश युएसए काठमाडौंको सहयोगमा संघले समितिलाई उक्त सामाग्री हस्तान्तरण गरेको हाे । सामाग्र हस्तान्तरण गर्दै संघका अध्यक्ष तारा बहादुर सुनारले विपत्तिमा गरिएकाे यो सानो सहयोगले बर्दियामा कोरोना विरुद्धको लडाइँ टेवा पुग्ने बताए। सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले हार्दिक धन्यवाद दिदै संक्रमणमा खटिएका कर्मचारीहरुका लागि सहयोग सिद्ध हुने बताए।
Read More
काठमाडौँमा मात्रै १० हजार जनाको कोरोना परीक्षण गर्ने सरकारको तयारी

काठमाडौँमा मात्रै १० हजार जनाको कोरोना परीक्षण गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले काठमाडौँमा मात्रै १० हजार जनाको कोरोना परीक्षण गर्ने तयारी गरेको छ । बिहीबार (आज) बाट कोरोना परीक्षण गर्न गरी राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षण गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै क्रममा आज पहिलो दिन कालीमाटी तरकारी बजारमा रहेका तरकारी व्यापारीको नमूना संकलन गरेर परीक्षण गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैलाई लाइनमा राखेर पहिलो व्यक्तिको पीसीआर परीक्षण हुनेछ भने त्यसपछिका दुईजनाको आरडीटी परीक्षण हुनेछ । चौथो व्यक्तिको फेरि पीसीआर परीक्षण हुनेछ । कोरोना परीक्षणमा कसैलाई पोजेटिभ देखिएमा उसको कन्ट्याक ट्रेसिङ गरेर पीसीआर गर्ने बताइएको छ ।…
Read More
नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४६ पुग्यो

नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४६ पुग्यो

काठमाडौं । नेपालमा काेराेना भाइरस संक्रमितको संख्या २४६ पुगेको छ । थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकपछि संक्रमितकाे संख्या २४६ पुगेको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाका अनुसार चितवनको भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आजै काठमाडौंको चन्द्रागिरीका ३२ बर्षीय पुरुष  र कपिलवस्तुकी ६ वर्षीया बालिका पनि संक्रमण पुष्टि भएको थियो । यसअघि बुधबार बेलुकी स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
Read More
स्वास्थ्य मन्‍त्रालयको लापरवाही : विज्ञप्ति एकछिनमै सच्याइयाे, संक्रमितको संख्या २४५ मात्रै

स्वास्थ्य मन्‍त्रालयको लापरवाही : विज्ञप्ति एकछिनमै सच्याइयाे, संक्रमितको संख्या २४५ मात्रै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण सच्याएको छ। बिहीबार बिहान ७:४५ बजे जारी गरेको अध्यावधिक विवरण त्रुटीपूर्ण भएकाले सच्याइएको मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अधिकारीले आज बिहान पाँच जना नयाँ संक्रमित थपिएको भनेर विवरण दिएका थिए। बिहीबार बिहान १० : १५ मा जारी विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुन: रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु।' यस अगाडि जारी गरेको विवरण दोहोरिएपछि नयाँ संक्रमित हुन होइनन् पुन : पुष्टि गर्न मन्त्रालयका अधिकारीसँग सम्पर्क गर्दा टेलिफोन उठेको थिएन। यस सन्दर्भमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले…
Read More
सर्वेक्षणले देखायाे १८ वर्षको उमेरमै पहिलो पटक यौन सम्पर्क

सर्वेक्षणले देखायाे १८ वर्षको उमेरमै पहिलो पटक यौन सम्पर्क

सम्पर्कका बारेमा थाहा पाउन् यो पढ्नुसस्असुरक्षित यौनजन्य क्रियाकलापबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनअनुसार किशोर(किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलो पटक यौन सम्पर्क गरेको बताएका छन्। किशोर(किशोरी तथा युवामध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेको तथ्यांक सार्वजनिक भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१० र २०११ मा गरेको सर्वेक्षणमा १५ वर्ष नपुग्दै सात प्रतिशत किशोर(किशोरीले यौन सम्पर्क राखेको तथ्य प्रकट भएको थियो। नयाँ एक सर्वेक्षणले ७२ प्रतिशत किशोर(किशोरीले यौनसम्पर्क राख्ने गरेको, २४ प्रतिशतले ब्याइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको…
Read More
यौन क्षमता बढाउन खानुहोस् यस्ता खानेकुरा

यौन क्षमता बढाउन खानुहोस् यस्ता खानेकुरा

यौन कार्यलाई सुखद् र लामो समय बनाउनका लागि विभिन्न औषधिहरुसमेत बनेका छन् । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ । यौन सन्तुष्टिका लागि पार्टनरबीच लामो समय यौन क्रियाकलाप भएको खण्डमा यौन जीवन सकारात्म हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई पुरा गर्न शक्तिको आवश्यकता पर्दछ । स्वास्थ्य चिकित्सकका अनुसार महिला भन्दा पुरुषमा धेरै यौनशक्ति आवश्यक हुन्छ । यौनक्षमता कम हुँदै जानुमा शरीरमा हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरू बताउँछन् । यौन क्षमता बढाउनका लागि खानपान, शारीरिक व्यायाम आदीलाई विशेषा ध्यान दिन जरुरी रहनेछ । दुई पार्टनरलाई सनुष्टि…
Read More
भान्सामै औषधि : यी हुन् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी

भान्सामै औषधि : यी हुन् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी

हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ। सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ। स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी : एलोभेरा (घिउकुमारी) शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीअचुक औषधिको रुपमा प्रयोग गरिन्छ। पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ। गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा छन्। बिटर एलो (तितो घिउकुमारी) घिउकुमारीकै एक जात (तर ठूला आकारका पात) को यो जडिबुटि कब्जियत, एपेन्डिसाईटिस र पित्तासयको रोगको…
Read More
कोरोना भाइरसले कसरी गराउँछ मृत्यु? मष्तिष्कदेखि खुट्टासम्म गराउने हानीको विस्तृत अध्ययन

कोरोना भाइरसले कसरी गराउँछ मृत्यु? मष्तिष्कदेखि खुट्टासम्म गराउने हानीको विस्तृत अध्ययन

अमेरिकाको क्यालिफोर्नियास्थित टुलेन विश्वविद्यालय मेडिकल स्कुलमा फोक्सो एवं क्रिटिकल केयर फिजिसियन जोसुवा डेनसनले २० बेडको आइसीयुमा हालै दुई जना सिजर (कम्पन), केही श्वास फेर्न नसक्ने स्थिति (रेस्पिरेटरी फेलर)का र केही मिर्गौलाका बिरामी (किड्नी फेलर) हेरिन्। त्यसको केही  दिनअघि मुटुको चाल  रोकिएकी एक युवतीलाई उनको टिमले सीपीआर (छाती थिच्ने पद्दति) दिएको थियो, जुन सफल हुन् सकेन। यी सबै बिरामीमा एउटै कुरा साझा थियो–सबै कोभिड पोजिटिभ थिए। कोभिडबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसले कुन अंगमा के-कस्तो हानी गर्छ भन्ने पत्ता लगाउन डाक्टरहरु, खासगरी प्याथोलोजिस्टहरु निकै संघर्ष गरिरहेका छन्। उनीहरुले अहिले बुझ्दै आएका छन् कि कोरोना भाइरसको 'ग्राउण्ड…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.