बिश्व भरि महामारीकाे रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि दलित सेवा संघ बार्दियाले जिल्ला विपद ब्यवस्थापन समितिलाई करिब १० लाखको स्वास्थ सम्बन्धि सामाग्री हस्तान्तरण गरेको छ ।
समाजसेवी अरुण प्रकाश सिंह राठौरको पहलमा मेरिक्नोल फादर्स एण्ड ब्रदश युएसए काठमाडौंको सहयोगमा संघले समितिलाई उक्त सामाग्री हस्तान्तरण गरेको हाे ।
सामाग्र हस्तान्तरण गर्दै संघका अध्यक्ष तारा बहादुर सुनारले विपत्तिमा गरिएकाे यो सानो सहयोगले बर्दियामा कोरोना विरुद्धको लडाइँ टेवा पुग्ने बताए।
सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले हार्दिक धन्यवाद दिदै संक्रमणमा खटिएका कर्मचारीहरुका लागि सहयोग सिद्ध हुने बताए।