पर्यटन

विद्युत् प्राधिकरण र वायुसेवा निगम बीच सहकार्य : प्राधिकरणका कर्मचारीले अन्तरराष्ट्रिय उडानमा छूट पाउने

विद्युत् प्राधिकरण र वायुसेवा निगम बीच सहकार्य : प्राधिकरणका कर्मचारीले अन्तरराष्ट्रिय उडानमा छूट पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमवार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेका हुन् । अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तरराष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छूट पाउने भएका छन् । कर्मचारीले छूट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने बताइएको छ । निगमको विक्री कार्यालयबाट टिकट खरीद गर्नेले मात्र छूट सुविधा पाउने भएका छन् । प्राधिकरणले निगमको…
Read More
कोरोनाको दोस्रो लहरले सुनसान बन्यो सौराहा

कोरोनाको दोस्रो लहरले सुनसान बन्यो सौराहा

चितवन । कोभिड-१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनः दोस्रो लहर शुरू भएपछि व्यवसायी निरास छन्। पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किँदै थियो। क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निराशा छाएको छ। होटलले बिदामा राखिएका मजदूर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुविधा सम्पन्न बनाइएको भए पनि कोरोनाको दोस्रो लहरसँगै व्यवसाय ठप्प भएका छन्। अब समस्या नआउने अनुमानसहित व्यवसायीले ऋण थपेर होटलमा लगानीसमेत बढाएका थिए। अधिकांश होटलले ऋण बढाएर बैंकको व्याज तिरेका हुन्। उनले भने 'अब साउनसम्म व्यवसाय राम्रो…
Read More
पाल्पाको रानीमहल सुनशसान

पाल्पाको रानीमहल सुनशसान

रुपन्देही। काठमाडौंको सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो । प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न भईन् । उनको कल्पनामा जस्तो थियो, वास्तविक त्यस्तो थिएन रानीमहल । “मैले त राजाले बनाएको दरबार अत्यन्तै आकर्षक होला भन्ने सोचेकी थिएँ तर यहाँ आउँदा त एउटा रित्तो भवन मात्रै रहेछ”, ढकालले भने, “त्यतिबेलाको राजामहाराजाको तथा महलको पनि झल्को दिने कुनै सामान यहाँ रहेनछन् । न त यसको ऐतिहासिक महत्वबारे यहाँ कतै लेखिएको पाइयो ।” ऐतिहासिक महत्वको स्थल भएर पनि व्यवस्थित गर्न नसक्नु कमजोरी भएको ढकालको भनाइ…
Read More
पर्यटकको पहिलो रोजाइ ‘मिनी ग्रेटवाल’

पर्यटकको पहिलो रोजाइ ‘मिनी ग्रेटवाल’

तनहुँ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । उनले भने, “अन्य दिनको तुलनामा बिदा, शुक्रबार र शनिबारको दिन एक हजारदेखि दुई हजारसम्म पर्यटक आउने गरेका छन् ।” बाह्य…
Read More
यस्तो छ नेपाल घुम्न आउने पर्यटकले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड

यस्तो छ नेपाल घुम्न आउने पर्यटकले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड

काठमाडौँ । नेपाल घुम्न आउने पर्यटकले स्वास्थ्य मापदण्डको पालना गर्नु पर्ने भएको छ । पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धि मापदण्ड, २०७७ मन्त्रिपरिषद बैठकले पारित गरेर जारी गरेको हो । मापदण्ड अनुसार अब पर्यटकले आफ्नो सम्पूर्ण विवरण पर्यटनसम्बन्धिका कार्यालयहरुमा जानकारी गराउनुपर्नेछ । भारत लगायतका देशबाट आउने पर्यटकले सीमानाकामा खोलिएको हेल्थ डेस्क वा पर्यटन सम्बन्धिका कार्यालयहरुमा यसबारेमा जानकारी गराउनुपर्नेछ । नेपाल घुम्न आउने पर्यटकले नेपाल पर्यटन बोर्डबाट अनुमति लिएर मात्रै आउन पाउनेछन् । कुनै ट्राभल कम्पनी वा एजेन्टमार्फत नेपाल आउँदा पनि सम्बन्धित सरकारी कार्यालयबाट स्वास्थ्य मापदण्ड पालना गरेर सम्पूर्ण अनुमति लिनुपर्ने मापदण्डमा उल्लेख छ ।
Read More
१३६ विदेशी निष्कासित

१३६ विदेशी निष्कासित

काठमाडौं । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो । पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कारवाहीस्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागुऔषधलगायत कसूरका धेरै रहेका छन् । विभागको तथ्याङ्कअनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन् । निष्कासित हुने विदेशी नागरिकलाई कसूरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको…
Read More
भिसा सकिएपछि पनि आफ्नो देश फर्कन मानेनन् पर्यटक

भिसा सकिएपछि पनि आफ्नो देश फर्कन मानेनन् पर्यटक

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन् । भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानून छ । बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ । अवैधरूपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानूनी प्रक्रिया छ । नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनुअघिनै अमेरिकाले…
Read More
विदेशबाट आउने पर्यटकले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था हट्यो

विदेशबाट आउने पर्यटकले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं । विदेशबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था सरकारले हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाएका तथा ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउने पर्यटक क्वारेन्टाइनमा बस्नुनपर्ने निणर्य गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटकहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था हटाइएको बताए । नेपाली पर्यटन व्यवसायीले क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्थाले विदेशी पर्यटकहरु आउन नमान्ने गरेको गुनासो गर्दै त्यस्तो व्यवस्था हटाउन माग गर्दे आएका थिए । यसअघि विदेशबाट आउने पर्यटकले अनिवार्य रुपमा कम्तीमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था थियो । यस्तै, पर्यटकको सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराइभल भिसा दिने निणर्यसमेत मन्त्रिपरिषद बैठकले…
Read More
झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

झापा । पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवद्र्धनको लागत भने रु ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ । मन्त्रालयको छनोटमा परेका गन्तव्य योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवद्र्धन परियोजनाको कुल लागत रु छ करोड ७० लाख अनुमान गरिएकामा मन्त्रालयबाट रु चार करोड ३५ लाख छुट्याइएको छ । यस्तै शिवसताक्षीको दोमुखा चिल्ड्रेन पार्कको कुल लागत रु दुई करोड अनुमान रहेकामा रु एक…
Read More
नेपाल–भारत उडान सञ्चालन हुने

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने जानकारी दिए । उनले भने,“उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।” सहसचिव लामिछानेका अनुसार शुरुआती…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.