भूराजनीतिको चपेटामा टिकटक
नीरज लवजू चैत ९ गते अमेरिकी ऊर्जा तथा व्यापार संसदीय समितिले सामाजिक सञ्जाल टिकटकका सिइओ साओ चि चिउसँग गरेको प्रश्नोत्तर (संसदीय सुनुवाइ) ले चीन र अमेरिकाबीचको भूराजनीतिक प्रतिस्पर्धाको प्रभाव अब राजनीति र अर्थतन्त्रमा मात्र सीमित नभएको उजागर गर् यो। अमेरिकामै १५ करोड अर्थात झन्डै आधा अमेरिकीले प्रयोग गर्दै आएको लघु श्रव्यदृश्य सञ्जाल टिकटकका प्रमुख कार्यकारी अधिकारीसामु अमेरिकी सांसदहरूका पेचिला प्रश्न सुन्दा अमेरिकी सरकारले कुनै पनि बखत टिकटकमाथि प्रतिबन्धको सूचना सार्वजनिक गरे अब आश्चर्य मान्नुपर्ने छैन। आफ्ना सबै प्रश्नको साओ चि चिउले आत्मविश्वास, तथ्य र तर्कका साथ सुझबुझपूर्ण उत्तर दिए तापनि उनका उत्तर सुनेर अमेरिकी सांसदहरूले चित्त बुझाएका थिएनन्। चिनियाँ सञ्चारमाध्यमले…
