सूचना/प्रविधि

मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् । काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नंको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो । दुर्घटनामा बालिकाका बुबा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । घाइते बालिकाको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते तामाङ दम्पती उपचारपछि घर फर्केका छन्…
Read More
सेती नदीमा डुबेर एकजनाको मृत्यु

सेती नदीमा डुबेर एकजनाको मृत्यु

  डोटी / सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केआई सिंह गाउँपालिका-६ भिताडिका ६० वर्षीय राम ताम्राकार रहेका छन् । शिखर नगरपालिका-२ मा प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका उनको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए। मंगलबार बिहान १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएका थिए ।
Read More
महंगी विरुद्ध निकालियो जुलुस,मागियो अर्थमन्त्रीको राजिनामा

महंगी विरुद्ध निकालियो जुलुस,मागियो अर्थमन्त्रीको राजिनामा

  काठमाडौं २८ चैत । नेपालमा हरेक कुराको भाउ बढेको छ । महंगी अत्यधिक बढेपछि उपभोक्ता मारमा परेका छन् । सामन्य जीवनयापन गरिरहेका आम नागरिकमलाई ढाड सेक्ने गरिको मुल्यबृद्धि भएपछि आइतबार काठमाडौंमा विपक्षी दल एमालेका भातृ संगठन युवा संघले जुलस निकालेको छ । काठमाडौँको व्यस्त सडक मानिएको विभिन्न स्थानमा महंगी नियन्त्रण गर्न माग राख्दै युवा संघले जुलुस निकाले हो । जुलसमा अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरिएको थियो भने पम्प्लेटमा मन्त्री शर्माकै फोटो टाँसिएको थियो ।
Read More
स्थानीय चुनाव सार्ने तयारी, कात्तिक-मंसिरमा एकै पटक गर्न छलफल

स्थानीय चुनाव सार्ने तयारी, कात्तिक-मंसिरमा एकै पटक गर्न छलफल

  काठमाडौं । सत्ता गठबन्धनले स्थानीय चुनावलाई पछि धकेल्ने तयारी थालेका छन् । चुनावमा गठबन्धनले तालमेल गर्ने भनेपनि समस्याहरु आउन थालेपछि गठबन्धन चुनाव धकेल्ने तयारीमा लागेका हुन् । विश्वस्त स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक कात्तिक या मंसिरमा गर्नेबारे बालुवाटारले छलफल थालेको छ । चुनाव सार्ने पक्षमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि देखिएका छन् । प्रचण्ड र माधव नेपालले विगतमा पनि स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकैपटक गर्नेबारे छलफल गरेका थिए । देउवा पनि यस मामलामा सकारात्मक भएको बुझिएको छ । गठबन्धन गरेर चुनावमा जाँदा काँग्रेसभित्र टिकट नपाउनेहरुले विद्रोह गर्ने घटना विकास हुँदै गएपछि…
Read More
प्रधानमन्त्रीको स्पष्टीकरण : अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारबाही

प्रधानमन्त्रीको स्पष्टीकरण : अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारबाही

  २८ चैत, काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण लिएका छन् । सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।   त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ । सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए । प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् । उनका अनुसार आफूलाई काम गर्न नदिएको र…
Read More
वाणिज्य विभागका महानिर्देशक फेरिए

वाणिज्य विभागका महानिर्देशक फेरिए

  काठमाडौं / उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागको नेतृत्व फेरेको छ । विभागको महानिर्देशकको रुपमा जिम्मेवारी सम्हालेको ६ महिना पनि नपुग्दै प्रेमकुमार श्रेष्ठलाई हटाएर उनको ठाउँमा लिलाप्रसाद शर्मालाई विभागको जिम्मेवारी तोकिएको हो । श्रेष्ठ मन्त्रालय तानिएका छन् । सरकारले आचार संहित लागू हुनु भन्दा केही दिन अघि सुटुक्क गरेको कर्मचारी हेरफेरमा श्रेष्ठलाई हटाएर शर्मालाई ल्याइएको हो । शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र नवनियुक्त उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्र प्रसाद बडु निकटस्थ हुन् । ८ महिनादेखि नेतृत्वविहीन बनेको मन्त्रालयमा सुदूरपश्चिमका नेता बडुले नयाँ जिम्मेवारी पाएसँगै कैलालीका शर्मालाई विभागको नेतृत्वमा ल्याएका हुन् । शर्माले गत वर्ष मात्रै खुल्लामा सहसचिवमा नाम निकालेका…
Read More
नेपालगञ्जमा कारको ठक्करबाट ३ जना पैदलयात्रीको मृत्यु

नेपालगञ्जमा कारको ठक्करबाट ३ जना पैदलयात्रीको मृत्यु

  राँझा — नेपालगञ्जको बीपी चोक नजिक आइतबार राति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । उनका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याइएको थियो । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८…
Read More
तपाईंले चलाउने सिमकार्ड कसको नाममा छ ? यसरी हेर्नुहोस्

तपाईंले चलाउने सिमकार्ड कसको नाममा छ ? यसरी हेर्नुहोस्

काठमाडौँ- मोबाइलमा प्रयोग हुने सिमकार्ड तपाईंको नाममा छ ? छैन् भने टेलिकमको कार्यालयमा गएर सिमलाई आफ्नो नाममा ल्याउनुहोस् । सरकारले ल्याएको नागरिक एप चलाउन होस् वा हराउँदा सहजै सोही नम्बर निकाल्नका लागि पनि सिमकार्ड तपाईंको नाममा हुन निकै जरूरी हुन्छ । यदि तपाईंले अन्य कुनै व्यक्तिको नाममा भएको सिम प्रयोग गरिरहँदा समस्यामा पर्न सक्नु हुन्छ । कतिपयलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा छ भन्‍ने पनि जानकारी नहुन सक्छ । यसका लागि मोबाइल सेवा प्रदायकले सजिलै यस्ता नम्बर कसको नाममा रजिष्टर छ भन्‍ने जानकारीका लागि युएसएसडीमार्फत हेर्न सकिने बनाएको छ । तपाईंलाई पनि कसको नाममा सिमकार्ड छ भनेर जानकारी छैन्…
Read More
१७ बर्षीय यी नेपाली युवा जसले फेसबुकको त्रुटि पत्ता लगाएर कमाए १२ लाख

१७ बर्षीय यी नेपाली युवा जसले फेसबुकको त्रुटि पत्ता लगाएर कमाए १२ लाख

काठमाडौँ । १७ वर्षका एक नेपाली युवाले सामाजिक सञ्जाल फेसबुकको वेबसाइटमा रहेका प्राविधिक कमजोरी पत्ता लगाए बापत गत वैशाख यता नै झन्डै १२ लाख नेपाली रूपैँया (१० हजार अमेरिकी डलर) कमाउन सफल भएको बताएका छन्। गत वैशाखमा पहिलो पटक विजय केसीले फेसबुकको पेजबाट अर्को प्रयोगकर्तालाई जवाफ फर्काउँदा जानुपर्ने प्रतिक्रिया (कमेन्ट) पेजबाट नभई प्रयोगकर्ताको व्यक्तिगत खाताबाट गएको भन्दै फेसबुकलाई जानकारी गराएका थिए। जसलाई अन्ततस् फेसबुकले आफ्नो कमजोरी रहेको स्वीकार्‍यो। त्रुटि पत्ता लगाइदिएकोमा फेसबुकले केसीलाई पुरस्कृत गरेको उनी बताउँछन्। कसरी पत्ता लाग्यो त्रुटि ? कोरोनाभाइरस महामारीका कारण एसईई परीक्षा नहुँदा आफू फुर्सदिलो भएको र त्यसै समयमा इन्टरनेटमा रहेका विभिन्न कम्पनीको प्राविधिक त्रुटि…
Read More
बिना इन्टरनेट पनि ह्वाट्सएप चलाउन सकिने!

बिना इन्टरनेट पनि ह्वाट्सएप चलाउन सकिने!

काठमाडौँ : मेटाले ह्वाट्सएपलाई मल्टी डिभाइस सपोर्ट तथा बिना इन्टरनेट पनि चलाउन मिल्ने बनाउने भएको छ । ह्वाट्सएपले सेकेन्डरी डिभाइसमा बिना इन्टरनेट चलाउन सक्ने सुविधा उपलब्ध गराएको हो । अब प्रयोगकर्ताहरूले चारवटा डिभाइसमा ह्वाट्सएप फोनमा कनेक्ट गरी बिना इन्टरनेट मेसेज आदानप्रदान गर्न सक्ने छन् । पछिल्लो अपडेटले डेक्सटप भर्सनमा प्रयोग गर्न सहज भएको छ । गत जुलाईमा पहिलोपटक जुलाईमा ह्वाट्सएपले सार्वजनिक गरेको यो फिचर विभिन्न चरणको परीक्षण पनि सार्वजनिक भएको हो । सेकेन्डरी डिभाइसबाट ह्वाट्स एप चलाउँदा पनि इन्ड-टू-इन्ड इन्क्रिप्सन हुने हुँदा अन्यले पक्षले हेर्न र पढ्न नसक्ने कम्पनीले जनाएको छ । यसरी लिंक गर्नुहोस् ह्वाट्सएपलाई सेकेन्डरी डिभाइसमा ह्वाट्सएपको मल्टी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.