‘मह जोडी’ले ल्याए दैनिक संवादमा आफ्नै नयाँ भाइबर स्टिकरहरु, यसरी प्रयोग गर्नुस्
काठमाडौं । बहुचर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भाइबरमा रमाइलो स्टिकर प्याक सुरु गरेका छन् । 'मह जोडी' नामले परिचित नेपाली हाँस्य क्षेत्रका प्रसिद्ध जोडी एवं धराेहरले सुरू गरेका स्टिकरहरुमा उनीहरुद्वारा अभिनीत टेलि शृँखलाको लोकप्रिय पात्रहरु जस्तैः मदनबहादुर हरिबहादुर, ढलमती र बनपालेको चरित्रलाई प्रतिबिम्बित गरिएका छन् । यो स्टिकर प्याकले मह जोडीका केही स्थापित, लोकप्रिय संवादहरु विभिन्न स्टिकरहरुद्वारा व्यक्त गर्दछ । अब यी जोडीका फ्यानहरुले आफ्ना भावनाहरुलाई मह जोडीको शैलीमा व्यक्त गर्न सक्नेछन् । मदनकृष्ण र हरिवंश नेपालको मनोरञ्जन क्षेत्रमा एक चिरपरिचित घरेलु नाम हो । यो जोडी पहिलो पटक वि.सं.२०३० सालमा रङ्गमञ्चमा एकसाथ देखा परेको थियो ।…
