धरानको रुवा उद्योगको गोदाममा विधुत सर्ट भइ आगलागी

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

धरान सुनसरी /

धरान १ लक्ष्मी चोकस्थित पुरानो कपडा संकलन गरेर रुवा बनाउन राखिएको गोदाममा आगलागी भएको छ ।

आज मंगलबार साँझ करिब साढे ६ बजेको समयमा सरोज आचार्यले सञ्चालन गरेको रुवा उद्योगको गोदाममा आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय धरानका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागी ७ बजेतिर नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।

आगलागीबाट १३ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । प्रहरीका अनुसार पुरानो कपडा पेलेर रुवा बनाउने २ वटा मेशिन पनि क्षति भएको छ । जस्ता पाताले बेरेको र छाना पनि जस्ता पाता भएको गोदाममा पुराना कपडाको टुक्राहरु संकलन गरेर राखिएको थियो ।

Facebook Comments