संघीयताअनुसार पर्यटन ऐन ल्याउन विज्ञको सुझाव
काठमाडाैं । सरकारले नयाँ पर्यटन ऐन ल्याउन शुरु गरेसँगै विज्ञहरुले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सरकारलाई सुझाव दिन थालेका छन् । सरकारले ४२ वर्षपछि पर्यटनसँग सम्बन्धित ऐन ल्याउने तयारी गरेसँगै पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् । नयाँ ल्याउन लागिएको पर्यटन ऐनलाई सङ्घीयताअनुसार अगाडि बढाउन, टिकेटिङ, ट्राभल्स, टुर्सलाई दर्ता भएका कम्पनीबाट मात्र सञ्चालन गर्नेलगायतका विषयमा सुझाव दिएको नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)का पूर्वअध्यक्ष सिएन पाण्डेले जानकारी दिए । यस्तै, विदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्यरुपमा सहयोगी लैजानुपर्ने विषयमा समेत सुझाव दिइएको छ । विसं २०३५ मा पर्यटन ऐन आएको थियो…
