section

महशुल नतिरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

महशुल नतिरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

चितवन । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल रु आठ लाख ८७ हजार पुगेको छ । यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ । फाउण्डेसनले रु १७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोधसमेत गरेको छ । प्राधिकरणले मदिरा…
Read More
योग गर्ने कि जिम जाने?

योग गर्ने कि जिम जाने?

काठमाडौं : मानिसको मांसपेशी–प्रणाली असाधारण छ । हाम्रा मांसपेशीहरूले अद्भुत काम गर्न सक्छन् । मांसपेशीहरूले काम गर्ने क्षमतालाई बढाउन तिनलाई बलियो एवं एकदमै लचिलो राख्नुपर्ने हुन्छ । यदि तपाईंले भारी तौल उचाल्ने व्यायाम गर्नुभयो भने, तपाईंका मांसपेशीहरू ठूला देखिन्छन्, तर तिनमा लचिलोपन हुँदैन । तपाईंले ठूला–ठूला मांसपेशीका गाँठागुँठी भएका मानिसहरूलाई ध्यान दिन सक्नुहुन्छ, उनीहरू राम्रोसँग नमस्कार गर्न सक्दैनन् ! उनीहरू निहुरिन समेत सक्दैनन् । यदि तपाईं राम्रो देखिनको लागि ठूला मांसपेशीहरू चाहनुहुन्छ भने, अचेल त्यसको लागि सजिलो तरिकाहरू छन् । तपाईं पाखुरा (बाइसेप्स) प्रत्यारोपण गराउन सक्नुहुन्छ । सिलिकन स्तन बढाउन मात्रै प्रयोग हुँदैन— यसलाई पाखुरा वा पिँडौलाको मासुमा वा अन्यत्र…
Read More
विराटनगर विमानस्थलमा बाढी पस्दा उडान प्रभावित

विराटनगर विमानस्थलमा बाढी पस्दा उडान प्रभावित

विराटनगर । निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बुधबार बिहान विमानस्थलमा बाढी पसेको हो । विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । उनका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ । क्वाटरमा पनि बाढी पस्ने जोखिम रहेको उनले बताए ।
Read More
रुपन्देहीमा झण्डै एक हजार ‘पेट्रोल बम’ भेटिएको प्रहरीको दाबी

रुपन्देहीमा झण्डै एक हजार ‘पेट्रोल बम’ भेटिएको प्रहरीको दाबी

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ र घरेलु हतियारहरु फेला परेको सशस्त्र प्रहरीले दाबी गरेको छ । प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीको नाममा टहरा बनाउने समूह र प्रहरीबीच आइतबार चारजनाको ज्यान जाने गरी झडप भएको थियो। घटनास्थलमा चलाएको सर्च अभियानका क्रममा झण्डै एक हजार थान बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको सशष्त्र प्रहरीले जनाएको छ । घटना भएका स्थानहरु रानीगन्ज, मगरघाट पुल मुनिको बगर र हरिहरगन्जमा खोजतलास गर्दा तयारी अवस्थामा राखिएका पेट्रोल बम र हसिया,भाटा लगायत घरेलु हतियारहरु फेला परेको प्रहरीको भनाइ छ । गत आईतवार…
Read More
युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट ८ जना पक्राउ

युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट ८ जना पक्राउ

काठमाडौं । युरोपका ११ वटा शहरमा जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान ‘आरके’ सहित ८ जना छन् । आरोपीहरुको साथबाट ३४ लाख ६२ हजार बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए । महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले आरोपीहरुलाई काठमाडौंको बौद्ध, कुलेश्वर लगायतका ठाउँबाट नियन्त्रणमा लिएको हो । राजेन्द्र श्रेष्ठ प्रधान सहितको समुहले युरोकप र ब्राजिलमा जारी कोपा अमेरिका कप फुटवलमा अनलाइनमार्फत लाखौं हार जित हुनेगरी सट्टेबाजी गराएको बताइएको छ ।
Read More
बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

चितवन । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो। बिहीबार साँझ मोटरसाइकल चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्र्याक्टर फसेपछि राजमार्ग पुनः अवरुद्ध बनेको छ। बिहान साढे १० बजेदेखि राजमार्गको सो सडक अवरुद्ध भएको हो। गैंडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्र्याक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिए। सुरक्षा निकायले जेसिबीको सहायताले एकतर्फी भए पनि सवारी साधन…
Read More
निषेधाज्ञा उलंघन गर्ने १,५८९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

निषेधाज्ञा उलंघन गर्ने १,५८९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ८९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५ सय ६४ वटा गाडी र १ हजार २५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीको भनाइ छ । साथै, नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय ८८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा…
Read More
नो पार्किङमा रहेको मन्त्रीको गाडीमा ट्राफिकको “व्हिल लक”

नो पार्किङमा रहेको मन्त्रीको गाडीमा ट्राफिकको “व्हिल लक”

काठमाडौँ । बानेश्वरमा गलत ठाउँमा पार्किङ गरेपछि मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले “व्हिल लक” लगाइदिएको छ । बा२ झ ३१४२ नम्बरको उक्त गाडीको चक्कामा ट्राफिक प्रहरीले लक लगाइदिएको हो । फोर्ड कम्पनीको उक्त गाडी नयाँ बानेश्वरको सडकमा पार्किङ गरिएको थियो । सामाजिक सञ्जाल ट्विटरमा भुवन थापाले सार्वजनिक गरेको उक्त गाडीको तस्बिर हेर्दा नयाँ बानेश्वरमा अहिले राखिएको आकाशे पुल पनि देख्न सकिन्छ । यो गाडी कुन मन्त्रालयको हो भन्ने खुलेको छैन ।
Read More
बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १३ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा १/१ जना रहेका छन् । यसैगरी बाढी तथा पहिरोमा परी ८ सय ६ जनाको उद्दार गरिएको छ । तीमध्ये मनाङमा ६ सय ५६ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, सल्यान र लमजुङमा ८/८ जना, दाङ र गोरखामा…
Read More
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर र ४ हजार ३२१ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १,५८४ र ७१३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार १३० जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ। यसअघि हिजो २,४४२ जना संक्रमित थपिँदा ३,४५६ डिस्चार्ज भएका थिए भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.