section

झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

झापा । कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सातौँ पटक थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान १२ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद, बिउ बिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा लगायत कृषिजन्य पसल बिहान १० देखि ५ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै मोटरवर्कशपहरु ११ देखि ४ बजेसम्म खोल्न मिल्नेछ । होटलहरुले भने…
Read More
दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो। दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।
Read More
‘नागरिकता अध्यादेशविरुद्ध फैसला गर्ने न्यायाधीशहरूलाई महाअभियोग लगाऔँ’

‘नागरिकता अध्यादेशविरुद्ध फैसला गर्ने न्यायाधीशहरूलाई महाअभियोग लगाऔँ’

काठमाडौं  । पूर्व मन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले नागरिकता अध्यादेश विरुद्ध फैसला गर्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् । आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरूलाई महाअभियोग लगाउन जरुरी रहेको उनको जिकिर छ। सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश दिएको छ । अध्यादेश बिरुद्ध परेको रिटको सुनुवाइ गर्दै संवैधानिक इजलासले सो आदेश गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले दिएको आदेशमा भनिएको छ –‘अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिन आएन ।’ नागरिकता अध्यादेश सम्बन्धी मुद्दाको…
Read More
१९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोप, एकजना पक्राउ

१९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोप, एकजना पक्राउ

धनगढी । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका-५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । बिहीबार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन् । राति करिब ९ बजेतिर सामूहिक बलात्कार…
Read More
मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन

मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन

काठमाडौं । विवेकशील साझा पार्टीका समर्थक लगायतले मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन गरेका छन् । दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई गलत ढंगले सम्बन्धन दिने तयारीको विरोधमा प्रदर्शन भएको हो। प्रदर्शनकारीहरूले चिकित्सा शिक्षा माथिको हस्तक्षेप बन्द गर, ओलीको मिसन, सिटामोलमा कमिसन लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
Read More
निषेधाज्ञा : असारदेखि के-के खुल्छ, के खुल्दैन ?

निषेधाज्ञा : असारदेखि के-के खुल्छ, के खुल्दैन ?

काठमाडौं । सरकारले असार महिनादेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको छ । कोरोना संक्रमण दर, मृत्यु दर घट्दै र निको हुने दर बढ्दै गएकाले निषेधाज्ञा खुकुलो पार्ने तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ । गत वर्ष बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको तर यसपाली त्यो गल्तीबाट सच्चिदै आवश्यकताको अधारमा निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने । उनले यसका लागि मन्त्रालयले समीक्षा गरिरहेको बताएका छन् । उनका अनुसार उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्वब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद,…
Read More
को-को बन्ने भए मन्त्री ? हेर्नुहोस् सूची

को-को बन्ने भए मन्त्री ? हेर्नुहोस् सूची

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनर्गठन गरेर पूर्णता दिन लागेका हुन् । यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन । प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । त्यसैगरी कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी उनी सञ्चारमन्त्री बन्न लागेकी हुन् । यस्तै ज्वाला कुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन…
Read More
मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लागेका हुन् । पछिल्लो पटक जेठ २१ गतेपनि प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए । राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ ।
Read More
स्वास्थ्यकर्मीलाई कुटे तीन वर्ष र अस्पतालमा धर्ना दिए एक वर्षसम्म जेल सजाय हुने

स्वास्थ्यकर्मीलाई कुटे तीन वर्ष र अस्पतालमा धर्ना दिए एक वर्षसम्म जेल सजाय हुने

काठमाडौ । सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने गरी अध्यादेश ल्याएको छ । अब स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय हुनसक्छ । कोरोना संक्रमितको उपचारका लागि खटिएका नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएलगत्तै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा अस्पतालका साथै संक्रामक रोगको निदान र उपचारका लागि सञ्चालित होल्डिङ सेन्टर, क्वारेन्टिन, आइसोलेसनलाई समेत स्वास्थ्य संस्थामा राखिएको छ । यो अध्यादेशअनुसार कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्य संस्थामा आगजनी/तोडफोड/तालाबन्दी/घेराउ र स्वास्थ्यकर्मी…
Read More
महतोलाई ‘देश निकाला’ गर्नुपर्ने माग

महतोलाई ‘देश निकाला’ गर्नुपर्ने माग

काठमाडौं । मन्त्री बनेपछि जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले दिएको एउटा अभिव्यक्ति विवादित बनेको छ।उपप्रधानमन्त्री तथा शहरी विकाश मन्त्रीमा नियुक्त भएपछि महतो विवादमा परेका हुन। देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु रहेको उनको अभिव्यक्तिसँगै उनी विवादमा तानिएका हुन्। सामाजिक सञ्जालमा महतोको आलोचना भइरहेको छ। यसैबीच, नयाँ पार्टी नेपालले महतोले पदभार ग्रहण गरेपछि दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ। “महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवम् सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्न समेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।”…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.