section

रुकुम घटनाको अनुसन्धान गर्न मानव अधिकारको टोली घटनास्थल तर्फ प्रस्थान

रुकुम घटनाको अनुसन्धान गर्न मानव अधिकारको टोली घटनास्थल तर्फ प्रस्थान

काठमाडौं । अन्तर्जातीय प्रेमले रुकुममा भएकाे घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो । टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ । यही जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ गएका थिए ।
Read More
क्वारेन्टिनमा मृत्यु भएकी महिलाको पिसिआर नेगेटिभ देखियाे

क्वारेन्टिनमा मृत्यु भएकी महिलाको पिसिआर नेगेटिभ देखियाे

प्युठान । जेठ १३ गते क्वारेन्टिनमा मुत्यु भएकी प्युठानकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै आएकी महिलाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए। ती महिलाले लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराइरहेकामा चिकित्सकले निको नहुने भनी घर पठाएका थिए । उनीसंँगै क्वारेन्टिनमा बसेका उनका श्रीमान्, आमा, भाइ र दुई छोराको यसअघि आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो ।
Read More
प्रकाश सपुतकाे प्रश्न : सरकार म ‘मान्छे’ मानिन्छु कि मानिन्न ?

प्रकाश सपुतकाे प्रश्न : सरकार म ‘मान्छे’ मानिन्छु कि मानिन्न ?

काठमाडाैं । चर्चित गायक प्रकाश सपुतले रूकुम घटनाले सरकार र समाजलाइ गिज्याएकाे बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत गायक सपुतले लेखेका छन् सरकार ! खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको सिमानामा र थापिन्छु ! कि काट्छु कि काटिन्छु भनेर ! तर रुकुम पुगेर रोकिए ! उन्ले अझै थपेका छन् दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन !'' भन्दै आफ्नाे फेसबुक पेजमा लेखेका छन् । गायक सपुतकाे फेसबुक स्टाटस यस्ताे छ । सरकार ! खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको…
Read More
कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

काठमाडौँ । पर्साको नेशनल मेडिकल कलेज, वीरगन्जमा उपचारका क्रममा यही जेष्ठ ४ गते मृत्यु भएका बाराको करैया गाउँपालिका वडा नं. ७ का ७० वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ज्येष्ठ ३ गते श्वास–प्रश्वासमा समस्या आई अस्पताल भर्ना भएका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी दिए। मृतक पुरुष टि.बीको दीर्घ बिरामी समेत रहेको प्रवक्ता डा देवकोटाले बताए। यस अघि अन्य ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेकाे छ । सिन्धुपाल्चोक, बाँके र गुल्मीमा एक/एक जना गरी ३ जनाको कोरोनाको कारण मृत्यु…
Read More
गोकर्णेश्वर नगरपालिका शिवचोकका सात घर सिल

गोकर्णेश्वर नगरपालिका शिवचोकका सात घर सिल

काठमाडाैं । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले राससलाई जानकारी दिए । सङ्क्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो । परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रसिङ गरी परीक्षण गरिने पनि उहाँले बताए । नगरपालिकामा यो दोस्रो सङ्क्रमण भएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो । पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ क्षेत्रमा ट्रसिङ गरिएका १९७ जनाको आरडिटी…
Read More
बाराका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि

बाराका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बारामा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पर्सा घर भएका २५ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरे । योसँगै बारामा मात्रै संक्रमित हुने सुरक्षाकर्मीको संख्या ६ पुगेको छ । यसअघि आइतबार एकैदिन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।
Read More
काठमाडौँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौंमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यसअघि काठमाडौँमा कूल संक्रमितको संख्या १२ रहेको थियो जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।
Read More
एकै परिवारका १८ जनाले कोरोना भाइरसलाइ जितेर घर फर्के

एकै परिवारका १८ जनाले कोरोना भाइरसलाइ जितेर घर फर्के

वीरगञ्ज । कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् । गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो । आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणीमा ४४ जना…
Read More
कोरोनाविरुद्धको खोप परीक्षणमा बेलायत र चीनलाइ पहिलो चरणमा सफलता

कोरोनाविरुद्धको खोप परीक्षणमा बेलायत र चीनलाइ पहिलो चरणमा सफलता

काठमाडाैं । बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ । त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो । अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी…
Read More
उपत्यकामा पाँच जनामा देखियो कोरोना संक्रमण

उपत्यकामा पाँच जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पाँच जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा तीन, भक्तपुरमा एक र ललितपुरमा एक जनामा संक्रमण देखिएको हो। उनीहरूको स्थायी बसोबास र कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। यसैगरी तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्किसकेका छन्। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.