स्वास्थ्य

बालबालिकालाई यौन शिक्षा : किन, कहिले र कसरी दिने ?

बालबालिकालाई यौन शिक्षा : किन, कहिले र कसरी दिने ?

यौनको विषयमा जान्ने इच्छा हुनु आफ्नो शरीरको विषयमा जान्ने प्राकृतिक प्रक्रिया हो । यौन शिक्षाले बच्चाहरुलाई आफ्नो शरीरको विषयमा जान्ने मौका दिन्छ । साथै यसले उनीहरुलाई आफ्नो शरीरको विषयमा सकारात्मक धारणा राख्न पनि सहयोग गर्छ । बढ्दै गरेका बालबालिकाहरु वास्तविक यौनभन्दा पनि गर्भावस्था र बच्चाको विषयमा धेरै रुचि राख्छन् । यौनको विषयमा चर्चा गर्नु पनि आफ्ना बच्चाहरुसँगको कम्युनिकेशन राम्रो बनाउने एउटा चरण हो । आफ्ना बच्चाहरु किशोर अवस्थामा पुगेपछि अभिभावकले इमान्दारितापूर्वक र खुलारुपमा छलफल गर्नु उनीहरुको लागि निकै महत्वपूर्ण हुन्छ । यदि खुलारुपमा अभिभावकले उनीहरुसँग कुराकानी गर्न थाल्ने हो भने उनीहरुले आक्रोश, डिप्रेशन, रिलेशन र लागूऔषध र अल्कोहलको प्रयोगका साथै…
Read More
थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ । शनिबार बिहान थप ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया नार्खु–११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष रहेका छन् । यस्तै सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । यस्तै…
Read More
बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

पुरुषले दिनदिनै बिहान खाली पेट लसूनको एक पोटी खाँदा विभिन्न रोगको उपचारमा सहायता पुग्छ । लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछन् । भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून सेवनका सात फाइदा यी हुन् : लसूनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँछ । यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वका कारण सास गनाउने समस्या भाग्छ । अनि महिलाहरू पुरुषप्रति आकर्षित हुन्छन् । लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ । यसमा भएको कार्बोहाइड्रेट्सले कमजोरी हटाउँछ र स्फुर्ति दिन्छ । यसमा भएको क्याल्सियमले हाड बलियो बनाउँछ । यसमा भएको एलिसिनले बोसो डढाउने प्रक्रियालाई…
Read More
बिहान खाली पेटमा खान हुँदैन यी चीज, जसले हानी पुर्‍याउँछ

बिहान खाली पेटमा खान हुँदैन यी चीज, जसले हानी पुर्‍याउँछ

बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने गर्छ । यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ । थाहापाउनुस् विहान खाली पेटमा खान नहुने यी चीज ग्रीन टी वा चिया धेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी वा चिया पिउने गर्छन् । यसले स्वास्थ्यमा नराम्रो असर पर्छ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ । गोलभेँडा गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँदा राम्रो । दुध दुधमा सैचुरेटेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँछ ।…
Read More
युपी र बिहारको संक्रमणले घेरिँदै नेपाल : तराईबाट अरुतिर सल्किँदै जोखिम

युपी र बिहारको संक्रमणले घेरिँदै नेपाल : तराईबाट अरुतिर सल्किँदै जोखिम

काठमाडौं : भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल कोरोनाको थप जोखिमतिर फस्दैछ। उत्तर प्रदेशका कारण नेपालमा संक्रमित ह्वात्तै बढ्ने सम्भावना छ किनकि त्यहाँका मुख्यमन्त्रीले नेपाल सीमासम्म नेपालीलाई पठाउन निर्देशन दिइसकेका छन्। भारतमा काम गर्न पुगेका मजदूरलाई नेपाल सीमासम्म पुर्‍याउन उनले निर्देशन दिएका हुन्। बिहारबाट नेपाल भित्रिने संख्या पनि उत्तिकै छ। विभिन्न राज्यबाट बिहारका लागि छुटेको श्रमिक रेलमा नेपालीहरु पनि आएका छन्। नेपालसँग सीमा जोडिएका मध्ये उत्तर प्रदेशमा कोरोनाको धेरै संक्रमण छ। आज बिहानसम्म उत्तर प्रदेशमा कोरोनाका संक्रमितको संख्या ३ हजार ७ सय २९ रहेको छ। कोरोनाकै कारण यहाँ ८३ जनाको मृत्यु भइसकेको छ। भारतको उत्तर प्रदेशको नेपालसँग जोडिएको भाग ५…
Read More
२४ जिल्लामा फैलियो कोरोना संक्रमण

२४ जिल्लामा फैलियो कोरोना संक्रमण

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लाका संक्रमित पाइएका छन् । कुल संक्रमित संख्या भने २ सय ५८ छ । शुक्रबार बिहान मकवानपुरमा पहिलो पटक एक जनामा संक्रमण भेटिएसँगै २४ जिल्लामा संक्रमण फैलिएको हो । शुक्रबार बिहानै बाँकेको नरैनापुरका ८ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका जिल्ला [रातोमा] स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार हालसम्मका संक्रमितमा २ सय ९ पुरुष र ४९ जना महिला छन् । तीमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन् । संक्रमण देखिएका २४ जिल्लामध्ये तराईका मात्रै १७ जिल्लामा कोरोना…
Read More
औषधीको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन कसरी गरिन्छ ?

औषधीको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन कसरी गरिन्छ ?

काठमाडौं - औषधीद्धारा गर्भपतन गर्नुभन्दा पहिले तालिम प्राप्त स्वास्थ्यकर्मीले महिलाको शारीरिक जाँच गर्छन् । शारीरिक जाँचबाट औषधीको प्रयोगबाट गर्भपतन गराउन मिल्ने भएमा मात्र पहिले महिलालाई एक चक्की औषधी खान दिईन्छ । र औषधी खाएको दास्रो दिनमा २४ घण्टामा चार चक्की औषधी इच्छा अनुसार योनी अथवा जिब्रो मुनि राखिन्छ । महिलाले चाहेमा यो चार चक्की औषधी स्वास्थ्य संस्था बाहिर वा घरमा लगेर अपनाउन सकिन्छ । औषधी योनीमा वा जिब्रो मुनी राख्ने तरीका दक्ष स्वास्थ्यकर्मीले सिकाउने गर्दछन् । चार चक्की औषधी मुखमा राख्ने तरिकाः चार चक्कीलाई १९१ गरेर जिब्रो मुनि राख्ने आधा घण्टासम्म मुख बन्द गरी बस्ने आधा घण्टा पछि जिब्रोमुनि रहेको…
Read More
बच्चाहरूमा अनौठो लक्षण, डाक्टर भन्छन् कोरोनाकै रूप

बच्चाहरूमा अनौठो लक्षण, डाक्टर भन्छन् कोरोनाकै रूप

बरगामो, (एजेन्सी) इटालीको लाम्बार्डीमा बच्चाहरूको शरीरमा जलन महसुस भइरहेको बताइएको छ। बरगामो शहरमा मात्रै १० वटा यस प्रकारका घटना आएको छ र एक अध्ययनले यो कोरोना भाइरससँग सम्बन्धित भएको दाबी गरेको छ। डाक्टरकहाँ उपचारका लागि पुगेका ती बच्चाहरूको पूरै शरीरमा डाबर रहेको र हातखुट्टा सुनिएको थियो। अस्पतालमा भर्ना भएका ८० प्रतिशत बच्चामा कोरोना भाइरस पोजिटिभ देखिएको छ, जसमा ६० प्रतिशत मुटुसम्बन्धी समस्या जस्ता गम्भीर रोगबाट पीडित थिए। शरीर पोलेको महसुस हुने लक्षण सबैभन्दा पहिला बेलायत, इटाली र त्यसपछि स्पेनका बच्चाहरूमा देखिएको थियो। यो लक्षण कावासाकी रोगसँग समान छ। यो रोग अधिकांश पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूमा देखिएको हो। विगत ५…
Read More
संक्रमित बढ्दै गए के गर्ने ? सरकार भन्छ : लक्षणविहीनलाई अस्पताल राख्दैनौं

संक्रमित बढ्दै गए के गर्ने ? सरकार भन्छ : लक्षणविहीनलाई अस्पताल राख्दैनौं

काठमाडौं । सरकारले संक्रमितको संख्या बढ्दै गए लक्षणविहीन तथा सामान्य प्रकृतिका बिरामीलाई अस्पताल नराख्ने योजना बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस्ता बिरामीलाई क्वारेन्टाइन वा घरमै बस्न अनुरोध गरिनेछ । संक्रमण दर फैलिँदै गए स्रोत साधनका आधारमा कोभिड–१९ लाई मध्यनजर गर्दै वर्तमान स्रोत उपलब्धतामा आधारित स्थितिको वर्गीकरण गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअन्तर्गत पहिलो तहमा २ हजार जनामा संक्रमण देखिएमा १ हजार ६ सय जनालाई सामान्य उपचार आवश्यक पर्ने आँकलन गरिएको छ । यस्तै, ३ सय जनालाई अस्पताल भर्ना र अक्सिजन आवश्यक पर्न सक्छ । १…
Read More
थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । विज्ञप्ति अनुसार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँके ८ जना र मकवानपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छ । उनीहरु सबै पुरुष हुन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.