सांसदले कोरोना निको हुन सक्ने भन्दै प्रधानमन्त्रीलाई दिए हिमाली मह
काठमाडौं । मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले कोरोना संक्रमितको उपचारका लागि उपयोगी हुन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिमाली क्षेत्रमा पाइने मह दिएका छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी हुन सक्ने भन्दै मह परीक्षणका लागि प्रधानमन्त्रीलाई दिएका हुन् । आफूलाई मुस्ताङका धर्मगुरुले पठाएको मह परीक्षणका लागि प्रधानमन्त्रीलाई पठाएको सांसदले आइतबार प्रतिनिधिसभा बैठकमा जानकारी गराए । ‘धर्मगुरुले संक्रमित कोही भए हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह सेवन गराउनुस् त्यसले उपचार हुन सक्छ भन्ने सुझाव आयो, त्यस अनुसार मैले सम्माननीय प्रधानमन्त्रीलाई लिखित रुपमा नै परीक्षणका गरिदिनुस् भनेर स्वास्थ्यमन्त्रीलाई पनि बोधार्थ दिएको छु’ उनले…