कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शनिबार राती विज्ञप्ति जारी गर्दै सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको जानकारी दिएको हो। उनी नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुने पहिलो व्यक्ती हुन्। ‘नेपालमा कोभिड १९बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.