लकडाउन थप कडा बनाउने निर्णय झापामा लगाइयाे नयाँ नियम

भद्रपुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाले खुकुलो पारेको लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ। सरकारले जिल्लाबाट जारी भएका सबै सवारी पास रद्द गरेसँगै उच्चस्तरीय समितिले पनि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ।

सोहीबमोजिम अनुगमन समितिले झापामा लकडाउन थप कडाइ गर्न शनिबार विभिन्न बुँदामा निर्णय गरेको छ। जिल्ला समन्वय समिति झापामा शनिबार बसेको समितिसहित सर्वपक्षीय बैठकले लकडाउनमा पनि जिल्लाका बजारमा भिडभाड बढेको निष्कर्ष निकाल्दै अब खाद्यान्न पसल नियमित खोल्न नपाउने निर्णय गरेको छ।

बैठकले जिल्लामा पसल सञ्चालनको हकमा जोर बिजोर प्रणाली लागु गरिएको समितिका संयोजक तथा समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए। उनका अनुसार बिहान ८ देखि दिउँसो १२ बजेसम्म पसलहरू खोल्ने निर्णय यथावत् राखिएको छ। तर, अबदेखि जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैरखाद्यान्‍न पसल खोल्न पाइने भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.