स्वास्थ्य

क्वारेन्टाइन मापदण्ड अनुरुप सञ्चालन गर्न आग्रह

क्वारेन्टाइन मापदण्ड अनुरुप सञ्चालन गर्न आग्रह

काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरिएकाे प्रेस विज्ञप्तिमा प्रदेश तथा स्थानीय तहसँग पर्याप्त समन्वय गर्दै केन्द्रीय राहत कोषलाई उपयोगमा ल्याउन आयोग आग्रह गरिएको छ । प्रत्येक स्वास्थ्यउपचार केन्द्र तथा अस्पताललाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट पूर्ण रुपमा सुरक्षित राख्नेतर्फ आवश्यक कदम चाल्दै सङ्क्रमण फैलिन नदिनेतर्फ सजग भई कार्य गर्न, गराउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । विश्व स्वास्थ सङ्गठनको क्वारेन्टाइन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टाइनमा उपयुक्त र पर्याप्त खाना, पानी र…
Read More
गुल्मीका पहिलो कोरोना संक्रमितकाे भेल्टिलेटरमा उपचार हुँदै, अवस्था जटिल

गुल्मीका पहिलो कोरोना संक्रमितकाे भेल्टिलेटरमा उपचार हुँदै, अवस्था जटिल

गुल्मी। आज (सोमबार) कोरोना पुष्टि भएका गुल्मीका एक व्यक्ति विद्यालयका प्रधानाध्यापक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार संक्रमित व्यक्ति मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् । अहिले प्रधानाध्यापकको घर शिल गर्ने तयारी भइरहेको मदाने गाउँपालिकाले जनाएको छ । शिक्षण पेसामा आवद्ध उनी धेरै दिनदेखि घरैमा भएकाले ट्राभल हिस्टी नभएको मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताएका छन् । कोरोना भाइरस संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ । जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया…
Read More
कुन-कुन जिल्लामा फैलियो कोरोना संक्रमण?(नामसहित)

कुन-कुन जिल्लामा फैलियो कोरोना संक्रमण?(नामसहित)

काठमाडौं । ३१ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हालसम्म पर्सा, कपिलवस्तु, बाँके, उदयपुर, रुपन्देही, रौतहट, काठमाडौं, धनुषा, कैलाली, बारा, चितवन, दाङ, महोत्तरी, सर्लाही, बागलुङ, झापा, भक्तपुर, बर्दिया, मोरङ, भोजपुर, कञ्चनपुर, नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, धादिङ, सिन्धुपाल्चोक, धनकुटा र गुल्मीमा संक्रमण फैलिएको छ । सोमबार एकैदिन ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि…
Read More
एकै दिन ६२ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ३ सय ५७

एकै दिन ६२ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ३ सय ५७

काठमाडौं । सोमबार एकैदिन ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् । त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ भने आज विहानै ९ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
Read More
बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३ सय ५१ पुग्याे

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३ सय ५१ पुग्याे

नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ पुगेको छ । कुन–कुन क्षेत्रकालाई कोरोना देखियो भन्ने विवरण आउन बाँकी छ ।
Read More
बूढानीलकण्ठको तेञ्जिङ चोक सिल

बूढानीलकण्ठको तेञ्जिङ चोक सिल

काठमाडौं। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्र बन्द गरिएको छ। सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ १२ स्थित तेञ्जिङ चोक बसोबास गदैँ आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले बताए । पिसिआर परीक्षण पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पिसिआर परीक्षण गर्ने बताइएको छ । युवतीको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गरिएको नगर प्रमुख खरेलले…
Read More
रौतहट र बाराका ९ जनामा कोरोना पुष्टि

रौतहट र बाराका ९ जनामा कोरोना पुष्टि

काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ र माधवनारायण नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा…
Read More
काठमाडौंको बालाजु माछापोखरी क्षेत्रमा आरडिटी परीक्षण, १५ जनाकाे रिपाेर्ट पोजेटिभ

काठमाडौंको बालाजु माछापोखरी क्षेत्रमा आरडिटी परीक्षण, १५ जनाकाे रिपाेर्ट पोजेटिभ

काठमाडौं । काठमाडौंको बालाजुस्थित माछापोखरी तरकारी बजारमा गरिएको कोरोना परीक्षणका क्रममा १५ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । आइतवार तरकारी बजार तथा नयाँ बसपार्क क्षेत्रका ४२० जनाको आरडिटी परीक्षण तथा १ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २६ र १६ अन्तर्गत पर्ने क्षेत्रका नागरिक तथा सुरक्षाकर्मीको र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणको क्रममा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । आरडिटीमा पोजेटिभ देखिएकाको स्वाब संकलन गरि पिसिआर परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको कामनपा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । अहिले आरडिटीमा कोरोना पोजेटिभ देखिएपनि पिसिआर रिपोर्ट…
Read More
स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई कोरोना संक्रमण

स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन मध्ये एक पुरुष विराटनगर महानगरका सफाई कर्मचारी भएको खुलेको छ। उनी विराटनगर–१५ का स्थानीय हुन्। वडा नम्बर १५ का वाडाध्यक्ष असलम आलमका अनुसार संक्रमित ३६ वर्षीय पुरुषको संक्रमणको स्रोत खुलेको छैन। ‘घरमा बाहिरबाट कोही आएका होइनन्, उनलाई कहाँबाट सर्‍यो हामी पहिचान गर्दैछौँ,’ आलमले भने। महानगरले गत बिहीबार ६ र १५ वडाका ४३ जनाको स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको थियो। जसमध्ये ती पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए। आइतबार विराटनगरका दुईसहित धनकुटाकी एक महिलामा कोरोना संक्रमण…
Read More
नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ९५ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ९५ पुग्याे

थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या संख्या २ सय ९५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ३ जनामा कोरोना संक्रमण देखिका ब्यक्ति विराटनगरका हुन् जसमध्ये ३६ जना निको हुँदा २ संक्रमितको ज्यान गएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.