भारतीय सेनाका मेजर जनरल देवगनले भने- नेपाल भ्रमण सफल र फलदायी भयो
काठमाडौं । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन नेपालको ६ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। असोज १४ गते नेपालका भ्रमणका लागि काठमाडौं आइपुगेका ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगन शनिबार स्वदेश फर्किएका हुन्। नेपालका भ्रमणका क्रममा देवगनले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने विषयमा छलफल भएको थियो। भारतीय दूतवासका अनुसार उनीहरूबीच दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो। त्यस्तै देवगनले पोखरा भ्रमण पनि गरेका थिए। पोखरामा भूतपूर्व सैनिक र्यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरिएको दूतावासले जनाएको छ। नेपाल भ्रमणका क्रममा…
