स्वास्थ्य

देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?

देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?

काठमाडाैँ । देशव्यापी रूपमा डेंगुको प्रकोप फैलदो क्रममा छ । डेंगु ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने र फैलिने गर्छ । डेंगु सार्ने यो लामखुट्टेले प्रायः दिउँसो टोक्छ । वर्षा वा गर्मी मौसममा यस्तो लामखुट्टे बढी फैलिन्छ । डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या घट्न थाल्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । डेंगु तीनदेखि १४ दिनको अन्तरमा देखिन्छ । यो बीचमा लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्छ । अरु बेला आउने ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ । यस्तो बेला शरीरको तापक्रम १०२ देखि १०३ डिग्रीसम्मको हुन्छ । डेंगुको ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ । यो ज्वरोले मानिसलाई सिकिस्तै बनाउँछ…
Read More
कोरोना संक्रमण बढेपछि फेरि विद्यालय बन्द

कोरोना संक्रमण बढेपछि फेरि विद्यालय बन्द

भोजपुर । कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ। यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ। मङ्गलवारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ। सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।
Read More
९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

काठमाडाैँ - हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ । मन्त्रालयका अनुसार…
Read More

विदेशबाट आएका श्रीमानको श्रीमतीले गरिन् प्रेमिसँग मिलेर हत्या

सुनसरी - आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घर भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगरका ४ इक्राही घर भएका २९ वर्षीय सरोज भण्डारीलाई सार्वजनिक गरेको हो। योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । सिग्देलले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको वराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ वर्षीया छोरी छन् । उनका प्रेमी सरोज सिटी सफारी चालक हुन्…
Read More
काठमाडौँ उपत्यकामा जोर-बिजोर लागू हुँदा पनि किन बढ्यो संक्रमण ?

काठमाडौँ उपत्यकामा जोर-बिजोर लागू हुँदा पनि किन बढ्यो संक्रमण ?

काठमाडौँ- मुलुकभरमा सबैभन्दा बढी कोभिड-१९ संक्रमितको संख्या उपत्यकामा छ । दैनिक तीन हजारको हाराहारीमा संक्रमण थपिने गरेका छन् । कोभिड उपचार केन्द्रमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएका छन् । ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको संक्रमणकाे चेन टुटाउन भन्दै काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले सवारीसाधनमा ८ गतेदेखि जोर-बिजोर प्रणाली लागू गरिसकेका छन् । संक्रमितको संख्यामा वृद्धि भए पनि तर, सडकमा सवारीसाधनको संख्या कम भए पनि संक्रमण दरमा कमी आएको छैन । साना-साना सवारीसाधनमा मानिसहरू झुण्डिएर यात्रा गर्न बाध्य छन् । जोर-बिजोर प्रणाली लागू भएपछि मात्र उपत्यकामा २२ हजार ९०५ जना संक्रमित थपिएका छन् । काठमाडौँमा १७ हजार १८०, ललितपुरमा ३…
Read More
थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् । म‌ंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । मंगलबार थप आठजनासहित मृत्‍यु हुनेको कूल संख्या ११ हजार…
Read More
कोरोना भाइरस : प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?

कोरोना भाइरस : प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?

काठमाडौं– विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहँदा डेल्टा स्ट्रेनले पनि अहिले जोखिम निम्त्याइरहेको छ। यसबीच एक अध्ययनले अमेरिकामा डेल्टा भेरियन्टका कारण आएको कोरोनाको लहरमा पूर्वसंक्रमितहरु खोप लगाउनेभन्दा बढी सुरक्षित भएको देखाएको छ। संक्रमण नभएका र खोप लगाएकाभन्दा खोप नलगाएका तर पहिले संक्रमित भएकाहरूमा यो भेरियन्टले कम असर गरेको उक्त अध्ययनले देखाएको छ। पुर्वसंक्रमितमा शरीरले नै कोरोना भाइरससँग लड्ने ‘एन्टिबडी’ बनाउँछ। एनडीटीभीमा प्रकाशित समाचार अनुसार कोरोना संक्रमण भएपछि शरीरमा बन्ने प्राकृतिक प्रतिरोधक क्षमता कोरोना भ्याक्सिनको तुलनामा बढी प्रभावकारी हुन्छ। अमेरिकामा गरिएको उक्त अध्ययनले पनि यसलाई पुष्टि गरेको छ। तर, खोप नलगाउनेहरूमा भने संक्रमण भइहाले अस्पताल भर्ना हुनुपर्ने, दीर्घकालीन असर…
Read More
कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड

कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड

लमजुङ : जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहदानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । सरकारले गत वर्षबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेसँगै लमजुङमा पनि विवरण संकलन सुरु भएको थियो । राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम सुरु भए पनि वितरण भने अहिलेसम्म हुन सकेको छैन । परिचयपत्र छपाइमा ढिलाइ हुँदा हालसम्म विवरण संकलन गरिएका कसैको पनि परिचय पत्र…
Read More
१७ सयभन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित

१७ सयभन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)संक्रमित हुने सुरक्षाकर्मीको संख्या बढ्दै गएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये १७ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चारवटा सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीका ९५५ जनामा कोरोना संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये ६० जना विभिन्न अस्पतालमा भर्ना भइ उपचार गराइरहेका छन्। नेपाली सेनाका ४१० जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये ४० जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य संक्रमितलाई आइसोलेसनमा राखिएको छ। त्यस्तै सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको…
Read More
नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भएको पुष्टि

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भएको पुष्टि

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.