स्वास्थ्य

कोरोना खोप लगाएको केहीबेरमै मृत्यु

कोरोना खोप लगाएको केहीबेरमै मृत्यु

धनगढी । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्युु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो । ‘दिउँसो करीब दुई बजेतिर उहाँ(मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किनुुभएको थियो,’ वडाध्यक्ष भिखराम चौधरीले भने, ‘तर १५/२० मिनेटमै बाटोमै उहाँको मृत्युु भएको खबर आयो । अहिले शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएका छ ।’ वडाध्यक्ष चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृत्युुको कारण भने खुल्न नसकेको उनले बताए…
Read More
कोरोनाविरुद्ध खाने औषधि : अस्ट्रेलियाले दियो स्वीकृति, यसले कसरी गर्छ काम?

कोरोनाविरुद्ध खाने औषधि : अस्ट्रेलियाले दियो स्वीकृति, यसले कसरी गर्छ काम?

अस्ट्रेलियाले पहिलो पटक कोभिड-१९ को लागि सेवन गर्न मिल्ने औषधिलाई स्वीकृति प्रदान गरेको छ। जसले अन्य उपचारहरूको अभावलाई सम्बोधन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। अस्ट्रेलियाको औषधि नियामक निकायले कोभिड-१९ को उपचारका लागि ‘प्याक्स्लोभड’ र ‘लेगेभ्रियो’ औषधिलाई स्वीकृति दिएको हो। यी औषधिहरूलाई ‘अस्थायी रूपमा’ स्वीकृति दिइएको हो, जसको अर्थ यी औषधिहरू सीमित परिस्थितिमा स्वास्थ्य अधिकारीहरुले प्रयोगमा ल्याउन सक्छन्। तर, औषधि अधिक रूपमा प्रयोग हुने भएकाले उत्पादकहरूले यसबारे थप तथ्याङ्क पेश गर्नुपर्ने बताइएको छ। मेटर हेल्थ सर्भिसका संक्रामक रोग निर्देशक सहायक प्राध्यापक पल ग्रिफिनले बिहीवार भने, ‘हामीसँग सुरक्षित र प्रभावकारी खोपहरू छन्। हामीसँग एन्टिभाइरल र मोनोक्लोनल एन्टिबडीहरु पनि छन् जसले हामीलाई…
Read More
कोरोना: वाणिज्य बैंकका ५७ सय कर्मचारी संक्रमित, ६० शाखा बन्द

कोरोना: वाणिज्य बैंकका ५७ सय कर्मचारी संक्रमित, ६० शाखा बन्द

काठमाडौं । पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । विश्वको तथ्यांक हेर्ने हो भने पछिल्लो एक सातामा २० प्रतिशतले संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार एकैदिन ११ हजार जना कोरोना संक्रमित थपिएका छन् । संक्रमणको जोमिख अन्य क्षेत्रमा जस्तै वित्तीय क्षेत्रमा पनि उत्तिकै छ बैंक तथा वित्तीय क्षेत्रमा समेत कोरोना संक्रमणको दर बढ्न थालेपछि वर्क फ्रम होमको व्यवस्था अपनाइएको छ । अन्य बैंक तथा वित्तीय संस्थाले जस्तै नेपाल राष्ट्र बैंकले पनि वर्क फ्रम होम लागू गरेको छ । संक्रमणको दर बढेसँगै ‘वर्क फ्रम होम’ को नीति अवलम्वन गरिएको नेपाल राष्ट्र…
Read More
कोरोना कहर : काठमाडौंसहित यी १४ जिल्ला जिल्ला ‘रेड जोन’मा

कोरोना कहर : काठमाडौंसहित यी १४ जिल्ला जिल्ला ‘रेड जोन’मा

काठमाडौं । देशभर १४ वटा जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई सरकारले रेड जोनमा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, बाँके, कास्की, रूपन्देही र कैलाली रहेका छन् । २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । राजधानी दैनिकमा समाचार छ ।
Read More
उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

काठमाडौँ — उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट संक्रमित भएका छन् । अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।
Read More
कोरोनाको हटस्पट काठमाडौं उपत्यकामा कति संक्रमित थपिए?

कोरोनाको हटस्पट काठमाडौं उपत्यकामा कति संक्रमित थपिए?

काठमाडौं- काठमाडौं उपत्यकामा ६९८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा ३७ हजार ९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ सक्रिय संक्रमित छन्। नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
Read More
पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। यस्तै ६४९ जना संक्रमणबाट मुक्त भएका छन्।
Read More
स्वास्थ्य सेवा विभागले भन्यो- भेरोसिलको मौजदात कम छ, पहिलो डोज कोभिसिल्ड दिनू

स्वास्थ्य सेवा विभागले भन्यो- भेरोसिलको मौजदात कम छ, पहिलो डोज कोभिसिल्ड दिनू

काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिसिल्ड खोप दिन भनेको हो । पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय बुधबार विभागले गरिसकेको छ । उक्त निर्णय कार्यान्वयन गर्न विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई भनेको छ । हाल कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने काम जारी छ । अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका नागरिकहरुलाई बुस्टर डोज दिन…
Read More
घरमै आइसोलेसन बस्दा के गर्ने, के खाने?

घरमै आइसोलेसन बस्दा के गर्ने, के खाने?

अहिले कोभिड-१९ (ओमिक्रोन) को तेस्रो लहर फैलिरहेको छ। ओमिक्रोन भएमा नअत्तालिनुहोला। यसको लक्षण अरूको भन्दा हल्का छ। तर दीर्घकालीन रोगका बिरामी छन् भने अलि सचेत हुनुपर्छ। सुरूमा ज्वरो अधिकतम आउनसक्छ। सुरूको दिनमा १०३ डिग्रीसम्म ज्वरो आउन सक्छ। त्यस्तो अवस्थामा समेत नआत्तिनुहोला। धेरै गाह्रो भएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनुपर्छ। ज्वरो आउँदा सिटामोल खान सकिन्छ। त्यसलाई दिनको तीन पटकदेखि चार पटकसम्म खान सकिन्छ। दिनमा २ देखि ३,४ लिटर पानी पिउनुपर्छ। पौष्टिक खाना धेरै खानुपर्छ। ज्वरो छैन भने मासु समेत मजाले खान मिल्छ। ओमिक्रोन भएको बेलामा सम्भव भएमा अलग्गै कोठामा सुत्ने र शौचालय अलग्गै प्रयोग गर्नुपर्छ। खाने ठाउँ अलग्गै गरेको…
Read More
संक्रमण दर तीव्र गतिले बढ्दै, अर्को साता दैनिक २० हजार संक्रमित हुने

संक्रमण दर तीव्र गतिले बढ्दै, अर्को साता दैनिक २० हजार संक्रमित हुने

काठमाडौं । कोरोना संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ । अर्को साताभित्र संक्रमणदर उच्च पुगेर विस्तारै ओरालो लाग्न सक्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए । उनले भने, अर्को साता या माघको १५ पछि विस्तारै संक्रमण ओरालो लाग्ने देखिन्छ । संक्रमणदर तीन दिनमै दोब्बरले वृद्धि हुँदै गएकाले सबै सतर्क हुन आवश्यक रहेको डा. पौडेलले बताए । पौडेलका अनुसार अहिलेको संक्रमणमा ओमिक्रोन भेरियन्टको वर्चश्व बढी रहेकाले संक्रमितको तुलनामा अस्पताल भर्नादर कम छ । यो भेरियन्टले श्वासप्रश्वास नलीको माथिल्लो भागमा संक्रमण बढी गर्ने भएकाले संक्रमितमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.