घरमै आइसोलेसन बस्दा के गर्ने, के खाने?

अहिले कोभिड-१९ (ओमिक्रोन) को तेस्रो लहर फैलिरहेको छ। ओमिक्रोन भएमा नअत्तालिनुहोला। यसको लक्षण अरूको भन्दा हल्का छ। तर दीर्घकालीन रोगका बिरामी छन् भने अलि सचेत हुनुपर्छ।

सुरूमा ज्वरो अधिकतम आउनसक्छ। सुरूको दिनमा १०३ डिग्रीसम्म ज्वरो आउन सक्छ। त्यस्तो अवस्थामा समेत नआत्तिनुहोला।

धेरै गाह्रो भएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनुपर्छ। ज्वरो आउँदा सिटामोल खान सकिन्छ। त्यसलाई दिनको तीन पटकदेखि चार पटकसम्म खान सकिन्छ। दिनमा २ देखि ३,४ लिटर पानी पिउनुपर्छ।

पौष्टिक खाना धेरै खानुपर्छ। ज्वरो छैन भने मासु समेत मजाले खान मिल्छ।

ओमिक्रोन भएको बेलामा सम्भव भएमा अलग्गै कोठामा सुत्ने र शौचालय अलग्गै प्रयोग गर्नुपर्छ। खाने ठाउँ अलग्गै गरेको राम्रो हो। आफूले सकेमा शौचालय आफैंले सफा गर्नुपर्छ।

ज्वरो तीन दिनभन्दा बढी आयो, सास फेर्न गाह्रो भयो भने अस्पताल जानुपर्छ। सम्भव भएसम्म घरमा अक्सिमिटर राख्नुपर्छ र बिहान, बेलुका नाप्नुपर्छ। सास फेर्न गाह्रो भएमा अरू बेलामा समेत नाप्नुपर्छ।

रिंगटा लाग्यो, माथि हेर्दा गाह्रो भयो भने अक्सिजन नाप्नुपर्छ। अक्सिजनको मात्रा ९० भन्दा तल जान थाल्यो भने तुरून्तै अस्पताल जानुपर्छ। धेरै गाह्रो भयो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ। अहिलेको ओमिक्रोनले साह्रै धेरै गाह्रो पारेको छैन। तर पनि बिरामी अस्पताल भर्ना पनि भएका छन्। दीर्घ रोग भएका बिरामीलाई अस्पताल भर्ना हुनु परेको छ।

यसले एकैपटक धेरै जनालाई सार्न सक्ने भएकोले होसियारी अपनाउनुपर्छ। ओमिक्रोनले पहिलाको भन्दा १० गुणा धेरै सार्छ।त्यसैले हामी सचेत हुनुपर्छ। हामी सचेत भयौं भने अस्पतालका बेडहरू भरिँदैनन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.