स्वास्थ्य

मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना

मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना

काठमाडौँ– मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई काठमाडौं प्रशासनले एक सय रुपैयाँ जरिवाना तिराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हिड्डुल गर्नेहरूलाई कारबाही गरेको हो । सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरूलाई एक रुपैयाँका दरले जरिवाना तिराइएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेतृत्वको टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको थियो ।
Read More
जर्मनीले दिएन चिनियाँ खोपलाई मान्यता

जर्मनीले दिएन चिनियाँ खोपलाई मान्यता

काठमाडौं । नेपालस्थित जर्मनी दूतावासले माघ ७ गतेदेखि कोभिड९१९ विरुद्धको खोप लगाएकालाई मात्र भिसा अप्वाइन्टेमन्ट दिन सक्ने जनाएको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै खोपको वर्गीकरण समेत गरेको छ । जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ । तर, चिनियाँ खोपहरु सिनोफार्म, भेरोसेल र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन लगाएकालाई भिसा आवेदन प्रक्रियामा सामेल गर्न नसकिने दूतावासले जनाएको छ । जर्मनीको पछिल्लो खोप नीतिले यी तीन खोप लगाएकालाई पनि ‘खोप नलगाएकै सरह व्यवहार गरिने’ उल्लेख गरेको छ । जर्मनी दूतावासले नेपाललाई कोरोनाको उच्च जोखिमको…
Read More
सरकारीसहित ४० वटा प्रयोगशालाले गरेनन् कोरोना परीक्षण

सरकारीसहित ४० वटा प्रयोगशालाले गरेनन् कोरोना परीक्षण

काठमाडौं । देशभरि कोरोना परीक्षणको अनुमति पाएका ४० प्रयोगशालाले कोरोना परीक्षण नगरेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार सरकारी तथा निजी गरी ४१ प्रयोगशालामा शून्य परीक्षण भएको हो। जसअन्तर्गत् विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर रहेका छन्। त्यस्तै कलैया अस्पताल, मलंगवा अस्पताल, वीर अस्पताल, स्टार अस्पताल, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, त्रिशुली अस्पताल, भक्तपुर अस्पताल ल्याब, जनमैत्री अस्पताललगायत छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ५९ सरकारी र ४५ निजी गरी १०४ वटा ल्याबलाई कोरोना परीक्षणको अनुमति दिएको थियो।
Read More
भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनीले भिसा नदिने

भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनीले भिसा नदिने

काठमाडौं । नेपालस्थित जर्मनी दूतावासले माघ ७ गतेदेखि कोभिड-१९ विरुद्धको खोप लगाएकालाई मात्र भिसा अप्वाइन्टेमन्ट दिन सक्ने जनाएको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै खोपको वर्गीकरण समेत गरेको छ । जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ । तर, चिनियाँ खोपहरु सिनोफार्म, भेरोसेल र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन लगाएकालाई भिसा आवेदन प्रक्रियामा सामेल गर्न नसकिने दूतावासले जनाएको छ । जर्मनीको पछिल्लो खोप नीतिले यी तीन खोप लगाएकालाई पनि ‘खोप नलगाएकै सरह व्यवहार गरिने’ उल्लेख गरेको छ । जर्मनी दूतावासले नेपाललाई कोरोनाको उच्च जोखिमको…
Read More
काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रश्न- शुक्रबारबाट खोप कार्ड किन बोक्नुपर्ने?

काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रश्न- शुक्रबारबाट खोप कार्ड किन बोक्नुपर्ने?

कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिलाई खोप लगाउन उत्प्रेरित गर्न माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ। बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकालाई खोपका लागि अभिप्रेरित गर्न माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको बताए। खोप लगाएका व्यक्ति कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रूपमा लिइएको उनले बताए। कोभिड – १९ विरूद्धको खोप कार्डलाई अनिवार्य गरिने उनले उल्लेख गरे। ‘जहाँसम्म खोप कार्डको विषय छ यो खोप कार्डलाई…
Read More
‘७ दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्नु पर्दैन’

‘७ दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्नु पर्दैन’

काठमाडौं । सरकारले कोरोना संक्रमित व्यक्ति ७ दिन आइसोलेसनमा बसेमा पुनः परीक्षण गर्न नपर्ने बताएको छ । तर त्यसका लागि लगातार तीन दिन लक्षण नदेखिएको हुनुपर्नेछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ७ दिनपछि संक्रमण सर्ने जोखिम न्यून भएका कारण पुनः परीक्षण गर्न नपर्ने बताए । ‘अन्य देशका अनुसन्धानले होम आइसोलेसन बसेको ७ दिनपछि परीक्षण गर्न नपर्ने देखाएको छ,’ डा. पौडेलले भने ,‘लक्षणविहीन भएको अवस्थामा ७ दिनपछि पुनः परीक्षण गर्न पर्दैन ।’ संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूका लागि पाँच दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ । पाँच दिन अगाडि नै परीक्षण गर्दा खासै नतिजा नदिने भएकाले सरकारले पाँच…
Read More
रेकर्ड तोड्दै कोरोना ग्राफ : सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ हजार नाघ्यो

रेकर्ड तोड्दै कोरोना ग्राफ : सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ हजार नाघ्यो

काठमाडौं । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा संक्रमितको सङ्ख्या ४७ हजार ९२९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ३० हजार २०८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४६ हजार ५१५ जना होम आइसोलेसन छन् । त्यस्तै एक हजार ४१४ जना संस्थागत आइसोलेसन रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसीयूमा १६९ र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा तीनजना आइसीयूमा, बागमती प्रदेशमा ९७ आइसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन्…
Read More
सरकारले घटायाे पीसीआर शुल्क

सरकारले घटायाे पीसीआर शुल्क

काठमाडौं– सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। आरटी–पीसीआर विधिबाट गरीने परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। निजी प्रयोगशालाहरुमा कोरोना परीक्षणको शुल्क यसअघि २ हजार रुपैयाँ थियो। सरकारी अस्पताल तथा प्रयोशालाहरुमा कोरोना संक्रमणको लक्षण देखिएकाहरुको निस्शुल्क हुनेछ। अन्यको हकमा भने ८०० रुपैयाँ शुल्क निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए। यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो। उनका अनुसार सिमा नाकाहरुमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको छ।
Read More
एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ। यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ संक्रमिततभन्दा एक हजार ९४ ले बढी हो। मङ्गलबार देशभरमा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको थियो। आज कोरोनासंक्रमणबाट चार जनाको मृत्यु भएको छ। उपत्यकाका तीन जिल्लामा आज छ हजार ३४३ नयाँ सङ्क्रमित थपिएका छन्। काठमाडौँमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ सङक्रमित थपिएकोे मन्त्रालयले जनाएको छ। नयाँ संक्रमितमध्ये नौ हजार ५०२ को पीसीआर र एक हजार ८५० को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा २३ हजार ४०९ को नमूना परीक्षण गरिएको थियो।…
Read More
डब्ल्यूएचओले भन्यो-कोरोना महामारी अझै अन्त्य हुने संकेत छैन

डब्ल्यूएचओले भन्यो-कोरोना महामारी अझै अन्त्य हुने संकेत छैन

एजेन्सी । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले ओमिक्रोन भेरियन्टलाई निकै कम जोखिमपूर्ण सोच्नु भूल हुने चेतावनी दिएका छन्। पछिल्लो समय युरोपेली मुलुकमा कोरोनाका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च बनेसँगै डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो। मंगलबार फ्रान्समा एकैदिन ५ लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। डब्ल्यूएचओ प्रमुखले पछिल्लो एक सातामा विश्वभर ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै एक करोड ८० लाखभन्दा धेरै नयाँ संक्रमित थपिएको बताए। उनले यसलाई कम घातक भन्ने बुझाइ गलत रहेको पनि उल्लेख गरेका छन्। उनले विश्वभरका नेताहरुलाई कोरोना नियन्त्रणको लागि आवश्यक कदम चाल्न पनि आग्रह गरेका छन्। उनले कोरोना खोप निकै कम मानिसलाई मात्र दिइएको मुलुकमा खोप अभियान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.