सरकारीसहित ४० वटा प्रयोगशालाले गरेनन् कोरोना परीक्षण

काठमाडौं । देशभरि कोरोना परीक्षणको अनुमति पाएका ४० प्रयोगशालाले कोरोना परीक्षण नगरेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार सरकारी तथा निजी गरी ४१ प्रयोगशालामा शून्य परीक्षण भएको हो।

जसअन्तर्गत् विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर रहेका छन्।

त्यस्तै कलैया अस्पताल, मलंगवा अस्पताल, वीर अस्पताल, स्टार अस्पताल, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, त्रिशुली अस्पताल, भक्तपुर अस्पताल ल्याब, जनमैत्री अस्पताललगायत छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ५९ सरकारी र ४५ निजी गरी १०४ वटा ल्याबलाई कोरोना परीक्षणको अनुमति दिएको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.