डब्ल्यूएचओले भन्यो-कोरोना महामारी अझै अन्त्य हुने संकेत छैन

एजेन्सी । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले ओमिक्रोन भेरियन्टलाई निकै कम जोखिमपूर्ण सोच्नु भूल हुने चेतावनी दिएका छन्।

पछिल्लो समय युरोपेली मुलुकमा कोरोनाका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च बनेसँगै डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो। मंगलबार फ्रान्समा एकैदिन ५ लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

डब्ल्यूएचओ प्रमुखले पछिल्लो एक सातामा विश्वभर ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै एक करोड ८० लाखभन्दा धेरै नयाँ संक्रमित थपिएको बताए।

उनले यसलाई कम घातक भन्ने बुझाइ गलत रहेको पनि उल्लेख गरेका छन्। उनले विश्वभरका नेताहरुलाई कोरोना नियन्त्रणको लागि आवश्यक कदम चाल्न पनि आग्रह गरेका छन्।

उनले कोरोना खोप निकै कम मानिसलाई मात्र दिइएको मुलुकमा खोप अभियान बढाउनु जरुरी रहेको बताएका छन्। कोरोना खोप नलगाएका मानिसलाई स्वास्थ्य जडिलता देखिने सम्भावना धेरै रहेको उनको भनाइ छ।

डब्ल्यूएचओको इमर्जेन्सिजका निर्देशक माइक रयानले पनि ओमिक्रोन भेरियन्ट फैलिएसँगै अस्पतालमा भर्ना हुने र संक्रमणको कारण मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको बताएका छन्। उनका अनुसार खोप लगाउनेको संख्या निकै कम भएका मुलुकमा यो संख्या झन् बढी देखिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.