बतासलाई पनि ओमिक्रोन, टन्सिलले बोल्नै नसक्ने अवस्था

काठमाडौँ – केही दिनयता चर्चामा रहेको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतासलाई कोरोना संक्रमण भएको छ। उनैले मंगलबार सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार उनमा ओमिक्रोन पुष्टि भएको हो। घाँटी दुखेर उनी बोल्नै नसक्ने अवस्थामा छन्। त्यसैले आफ्ना विषयमा कुनै प्रश्न भएर ह्वाट्स एप, भाइबरमार्फत राखे, जवाफ दिने प्रयत्न गरिने जानकारी बतासले गराएका छन्।

साथै उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य परीक्षण गराउन आग्रह पनि गरेका छन्।

‘कोभिड ट्रेसिङमा परें, तसर्थ केही दिनदेखि मेरो व्यक्तिगत सम्पर्कमा रहनुभएका मित्रहरूलाई स्वास्थ्य परीक्षण गर्नु हुन अनुरोध गर्दछु’, अध्यक्ष बतासले लेखेका छन्, ‘घाँटीमा अत्यधिक दुखाइ भएकोले बोल्न सक्ने स्थितिमा भइनँ, आफनो सन्देश ह्वाट्स एप, भाइबरमार्फत लिखित राखिदिनुभएमा, लिखितमा जवाफ दिने प्रयत्न गर्नेछु।’

नारायणहिटी राजदरबार संग्रहालय हातामा रेस्टुरेन्ट निर्माण गरिरहेको तथ्य सार्वजनिक भएपछि बतास समूह विवादमा तानिएको हो। सरकारले संग्रहालयभित्र बतास समूहले निर्माण गरेका भौतिक संरचना भत्काइसकेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.