कोरोनाको हटस्पट काठमाडौं उपत्यकामा कति संक्रमित थपिए?

काठमाडौं- काठमाडौं उपत्यकामा ६९८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा ३७ हजार ९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ सक्रिय संक्रमित छन्। नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Facebook Comments