नेपालमा सम्पन्न निर्वाचनबारे भारतको प्रतिकृया के छ ?

काठमाडौं । छिमेकी देश भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दैबधाई दिएको छ ।

भारत सरकारका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको बलमा भएको निर्वाचनले नेपाली नागरिकले लोकतान्त्रिक अधिकारको प्रयोग गरेको बताए ।

‘उत्साहजनक सहभागितासहित नेपालका नागरिकहरुद्वारा आज आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको कार्यको हामी स्वागत गर्दछौं । गत वर्ष घटेका असाधारण परिस्थितिहरुका बाबजुद यो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता साथै विभिन्न सरोकारवालाहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ,’ भारत सरकारको तर्फबाट उनले भनेका छन् ।

भारतले नेपालमा शान्ति, प्रगति र स्थायित्वका लागि निरन्तर सहयोग गर्दै आएको छ र हाम्रो सोही प्रतिबद्धतालाई कायम राख्दै नेपाल सरकारको अनुरोधमा यस चुनावका लागि लजिस्टिक (बन्दोबस्तीका) सामग्रीहरू उपलब्ध गराएको समेत स्मरण गराएको छ ।

साथै दुई देश र नागरिकहरुबिचको मजबुत बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन अब बन्ने सरकारसँग समन्वय गरेर काम गर्न तयार रहेको बताए । ‘हामी दुई देश र जनताबीचको मजबुत एवम् बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर छौँ,’ उनले भनेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.