नेपाल सत्य

9638 Posts
भारतीय सहयोगमा कैलालीमा विद्यालय भवन बन्दै

भारतीय सहयोगमा कैलालीमा विद्यालय भवन बन्दै

कैलाली । कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका- १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले आइतबार एक समारोहका बिच उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन् । भारत सरकारको करिब ३ करोड ६० लाख रुपैयाँ आर्थिक सहयोगमा यो भवन निर्माण हुन लागेको हो । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत धनगढी उप-महानगरपालिकामार्फत कार्यान्वयन गरिने भारतीय राजदूतावासले जनाएको छ । शिलान्यास समारोहमा धनगढी उप-महानगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । नयाँ संरचना निर्माण भएपछि विद्यालयका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको…
Read More
अमेरिकी अखडामा हान्न इरानले लियो चिनियाँ जासुसी स्याटलाइटको सहयोग : रिपोर्ट

अमेरिकी अखडामा हान्न इरानले लियो चिनियाँ जासुसी स्याटलाइटको सहयोग : रिपोर्ट

काठमाडाैं । हालैको युद्धमा पश्चिम एसियाका विभिन्न मुलुकमा अवस्थित अमेरिकी सैन्य अखडाहरूलाई निसाना बनाउन इरानले चिनियाँ जासुसी स्याटलाइट प्रयोग गरेको फाइनान्सियल टाइम्सले जनाएको छ। इरानी सेनाको बाहिरिएको दस्तावेजको हवाला दिँदै सो पत्रिकाले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको एरोस्पेस फोर्सले २०२४ को अन्त्यतिर चीनले अन्तरिक्षमा पठाइसएको टीईई–०१बी नाम जासुसी स्याटलाइट किनेको बताएको छ। पछि इरानी सेनाले सो स्याटलाइटलाई प्रमुख अमेरिकी सैन्य ठेगानाहरूको निगरानीमा उपयोग गरेको थियो। सो स्याटलाइट अर्थ आई को नामक चिनियाँ कम्पनीले बनाएर प्रक्षेपण गरेको थियो। स्याटलाइटले साउदी अरबस्थित प्रिन्स सुल्तान एयर बेसको मार्च १३, १४ र १५ मा तस्बिर खिचेको थियो। मार्च १४ का दिन अमेरिकी सैन्य विमानहरूमाथि सोही…
Read More
बारामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू

बारामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू

बारा । बारास्थित प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयको नयाँ विद्यालय तथा पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ। शिलान्यास भारतका महावाणिज्यदूत देवी सहाय मीना र गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा गरेका हुन्। भारत सरकारको करिब ३३.२ मिलियन नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत सञ्चालन गरिनेछ। परियोजना प्रसौनी गाउँपालिकामार्फत् कार्यान्वयन हुने जनाइएको छ। निर्माणाधीन भवनमा आधुनिक कक्षाकोठासहित पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, क्यान्टिन र भान्छा लगायतका सुविधा समेटिनेछन्। दुईदेखि तीन तल्लासम्मका शैक्षिक संरचना निर्माण गरिने योजना छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले…
Read More
माैरिससमा नेपाल र भारतका परराष्ट्रमन्त्रीबिच भेटवार्ता

माैरिससमा नेपाल र भारतका परराष्ट्रमन्त्रीबिच भेटवार्ता

काठमाडाैं । हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन माैरिससको पोर्ट लुई पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबिच भेटवार्ता भएको छ। द्विपक्षीय भेटमा भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खनाललाई पदभार सम्हालेकोमा बधाई दिएका छन्। नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशका परराष्ट्रमन्त्रीहरूबिच पहिलोपटक भेट भएको हो। परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुई नेताबिच नेपाल–भारतबिचको दीर्घकालीन र बहुआयामिक सम्बन्धबारे समीक्षा गरिएको थियो। दुवै पक्षले आपसी हितका विषयहरूमा रचनात्मक र दूरदर्शी छलफल गर्दै दुई देशबिचको द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता पुनः व्यक्त गरेको परराष्ट्रले जनाएको छ। भेटपछि सामाजिक सञ्जाल एक्समा भारतीय विदेशमन्त्री जयशंकरले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट भएकोमा खुसी…
Read More
नेपालीहरूको बैंक खाता प्रयोग गरी १७ करोड बढीको क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

नेपालीहरूको बैंक खाता प्रयोग गरी १७ करोड बढीको क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । नेपालमा अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले ठमेलबाट ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका फेङले १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्रा ‘यूएसडीटी’ को कारोबार गरेको पाइएको छ । उनले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क बढाउने, विभिन्न प्रलोभन देखाएर विश्वासमा पार्ने र उनीहरूकै बैंक खाता प्रयोग गरी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ठगी गरिएको रकमलाई उनले क्रिप्टोकरेन्सीमार्फत साटेर अवैध कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी टोलीले उनलाई बिहीबार साँझ पक्राउ…
Read More

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सञ्चालन हुने ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको अनुदान सहयोगमा सञ्चालन हुने यी परियोजनाहरूको कुल अनुमानित लागत करिब ४७.३ करोड रुपैयाँ रहेको छ । सम्झौताअनुसार विभिन्न प्रदेशमा कोल्ड स्टोर, विद्यालय भवन तथा प्रसूति केन्द्र निर्माण गरिनेछ। गण्डकी, कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहमा यी परियोजनाहरू कार्यान्वयन हुनेछन्। परियोजनाअन्तर्गत नवलपुर र तेह्रथुममा कोल्ड स्टोर निर्माण, मुस्ताङ, कैलाली, डोल्पा र बाँकेमा विद्यालय भवन निर्माण तथा रौतहटमा बर्थिङ सेन्टर…
Read More
सुनसरीमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

सुनसरीमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं । सुनसरीको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास गरिएको छ। आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। भारत सरकारको १६.४ करोड रुपैयाँको आर्थिक सहयोगमा केन्द्रको निर्माण हुन लागेको हो। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सुनसरीको दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गरेका छन्। यो नयाँ संरचनाले नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापनलाई प्रवर्द्धन गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्। नजिकका छिमेकीका रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक…
Read More
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्नुभएको छ। प्रधानमन्त्री मोदीले लामिछाने र शाहसँग भएको टेलिफोन संवादमा नेपालमा भएको निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि बधाई दिनुभयो भने दुवै नेतालाई निर्वाचनमा जितप्रति शुभकामना व्यक्त गर्दै अब बन्ने नयाँ सरकारका लागि पनि सफल कार्यकालको शुभकामना व्यक्त गरेको सामाजिक सञ्जालमार्फत मोदीले जानकारी दिनुभएको छ । भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको पनि भारतीय प्रधानमन्त्री मोदीको भनाइ छ । प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध आगामी वर्षहरूमा अझ उचाइमा पुग्ने…
Read More
शान्तिपूर्ण निर्वाचनका लागि मोदीले दिए नेपाली जनता र सरकारलाई बधाई

शान्तिपूर्ण निर्वाचनका लागि मोदीले दिए नेपाली जनता र सरकारलाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली दिदीबहिनी र दाजुभाइहरूले लोकतान्त्रिक अधिकारको उत्साहजनक प्रयोग गरेको टिप्पणी गरेका छन् । उनले नेपालमा सम्पन्न निर्वाचनबाट आफूलाई निकै खुसी लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुङ्गा स्थापित भएको भन्दै यसलाई गौरवको क्षणका रूपमा चित्रण गरेका छन् । छिमेकी देशको रूपमा नेपालको यो उपलब्धिले दुई देशबीचको सम्बन्धमा नयाँ उर्जा थप्ने उनको भनाइ छ । एक निकट साझेदार र छिमेकीका नाताले भारत नेपालको विकास…
Read More
नेपालमा सम्पन्न निर्वाचनबारे भारतको प्रतिकृया के छ ?

नेपालमा सम्पन्न निर्वाचनबारे भारतको प्रतिकृया के छ ?

काठमाडौं । छिमेकी देश भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दैबधाई दिएको छ । भारत सरकारका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको बलमा भएको निर्वाचनले नेपाली नागरिकले लोकतान्त्रिक अधिकारको प्रयोग गरेको बताए । ‘उत्साहजनक सहभागितासहित नेपालका नागरिकहरुद्वारा आज आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको कार्यको हामी स्वागत गर्दछौं । गत वर्ष घटेका असाधारण परिस्थितिहरुका बाबजुद यो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता साथै विभिन्न सरोकारवालाहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ,’ भारत सरकारको तर्फबाट उनले भनेका छन् । भारतले नेपालमा शान्ति, प्रगति र स्थायित्वका लागि निरन्तर सहयोग…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.